


नेप्सेमा झिनो गिरावट : ५ अर्बको कारोवार


-
-
पुस १ गते, २०७७ - १८:०५

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.२० बिन्दुले ओरालो लागेर २०५५.२२ मा पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक ०.४३ बिन्दुले घटेर ३८६.९८ मा ओर्लेको छ । कूल १९९ कम्पनीको एक करोड पाँच लाख ५८ हजार ३९१ कित्ता शेयर रु पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ०.९५, व्यापार २४.१६, होटल ७.२७, विकास बैंक ९.६, उत्पादन २०.७२, लघुवित्त ७६.५७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै, जलविद्युत् २४.३६, वित्त २.१, निर्जीबन बीमा १३८.४२, अन्य २६.०२ र जीवन बीमा १६०.८५ बिन्दुले ओरालो लागेको छ ।
कारोवारका आधारमा आज एनसिसी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३९ करोड ४३ लाख ९५ हजार ३६२ बराबरको कारोवार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स रु ३१ करोड ९१ लख ७६ हजार ९३०, नेपाल पुनरबीमा कम्पनी रु २४ करोड ३९ लाख ६९ हजार १४६, नबिल बैंक रु १८ करोड ४८ लाख ५९ हजार ९७५, शिखर इन्स्योरेन्स कम्पनी रु १४ करोड ७६ लाख ४४ हजार, हिमालयन डिस्टिलरी रु १३ करोड नौ लाख १७ हजार ७७१, नेपाल इन्भेस्टमेन्ट बैंक रु १२ करोड ९७ लाख ६५ हजार ३१७, आरएमडिसी रु १२ करोड १३ लाख ८३ हजार र एनआइसी एशिया बैंक रु ११ करोड ३९ लाख ४५ हजार ८१५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा छ्याङदी हाइड्रोपावर १०, माहुली सामुदायिक लघुवित्त १०, समिट लघुवित्त ९.९९, नारायणी डेभलपमेन्ट बैंक ९.९८, आरएमडिसी ९.९५, माउण्टेन इनर्जी ९.८८, सूर्योदय लघुवित्त ९.८८, एनसिसी बैंक ८.३३ र साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.८७ प्रतिशतले कमाए ।
यसैगरी एनएमबी ५० का लगानीकर्ताले ४.४८, शिखर इन्स्योरेन्सले ३.३३, गुडबिल फाइनान्सले ३.२६, रिडी हाइड्रोपावरले ३।२१, चिलिमे हाइड्रोपावरले २.९६, तारागाउँ रिजेन्सी होटलले २.७४, सानिमा माई हाइड्रोपावरले २.७३, नेपाल पुनरबीमा कम्पनीले २.६४ र सर्पोट माइक्रो फाइनान्सका लगानीकर्ताले २.४८ प्रतिशतले गुमाए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने
भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला
कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...डेढ वर्षीय बालकको डुबेर मृत्यु
रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...

प्रतिकृया लेख्नुहोस्:
- मुख्यमन्त्रीहरुविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे कांग्रेसको छलफल
- ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
- व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
- मलेशियाबाट १७ जना नेपालीको शव काठमाडौं ल्याउँदै
- मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश