Khabar Dabali Logo
  January 18, Mon

होसियार ! उपभोक्ता ठगे मुद्दा लाग्नेछ

बैतडी । उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ । खाद्य ऐन, नियम उल्लङ्घनसम्बन्धीको मुद्दा दायर गरेर कारवाही गरिन थालिएको हो ।

चालु आर्थिक वर्षमा चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, “दुई मुद्दाको फैसला भइसकेको छ भने दुई विचाराधीन अवस्थामा छन्, फैसला भएका मुद्दामा एक मिठाइ पसले र एक होटललाई रु पाँच/पाँच हजार जरिवानाको फैसला भएको छ ।” फैसला हुन बाँकी मुद्दा पनि खाद्य पदार्थवाला रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

यस्तै सातवटा दर्ता तयारीमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। उनले भन्नुभयो, “बजार अनुगमनका क्रममा २७ वटा नमूना सङ्कलन गरिएका थिए, सङ्कलित नमूनामध्ये प्रयोगशालामा परीक्षण गर्दा सातमा कैफियत रहेकाले मुद्दा दर्ताको तयारी भएको हो ।”

संयुक्त बजार अनुगमन टोलीले अनुगमनकै क्रममा तत्काल चार व्यापारीलाई रु सात हजार ५०० जरिवाना गरिएको जनाएको छ । अनुगमन टोलीले चालु आवको हालसम्म बजार अनुगमनका क्रममा रु आठ लाख बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको जनाएको छ । जिल्लाको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाहेकका अन्य स्थानीय तहमा पहिलो चरणको अनुगमन सम्पन्न गरेको जनाइएको छ । अनुगमन कार्यलाई केही दिनमै निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

व्यापारी आफैँले गरे अखाद्य वस्तु नष्ट

बैतडीका एक व्यापारीले म्याद नाघेको रु एक लाख बराबरको पेयपदार्थ आफैँ नष्ट गरेका छन् । नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटका व्यापारी रघुवीर थापाले आफ्नो पसलको गोदामघरमा रहेका रु एक लाख बराबरको पेयपदार्थ आफैँले नष्ट गरेको हो । लकडाउनका कारण लामो समयदेखि पसल बन्द हुँदा म्याद नाघेपछि आफैले नष्ट गरेको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले जानकारी दिए । उनले भने, “लकडाउन हुनुभन्दा पहिला नै भारतबाट ल्याइएको पेयपदार्थ पिउनयोग्य नभएपछि नष्ट गरिएको हो । नष्ट गरिएको पेयपदार्थमा कोक र फेन्टा छन् ।” पैँतालीस पेटीभन्दा बढी म्याद नाघेर पिउनयोग्य नभएपछि उक्त पेयपदार्थ व्यापारी आफैँले नष्ट गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

पछिल्लो समय जिल्लाका बजार अनुगमन कार्य कडाइका साथ गरिएकाले व्यापारी सचेत हुन थालेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए । उनले भने, “अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएमा व्यापारीलाई मुद्दासमेत चलाउन थालेपछि व्यापारी सचेत हुने थालेका छन्, व्यापारी आफैँमा चेतना आएर म्याद नाघेको सामान आफैँ नष्ट गर्ने गरेका छन् ।”

मंसिर ३० गते, २०७७ - ०९:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ, म कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल¬नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री...   

सडकका विषयमा विवाद चर्किएपछि वडाध्यक्षमाथी ढुङ्गा प्रहार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उहाँ सख्त घाइते हुनुभएको छ...   

अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...   

तत्कालीन प्रम कोइरालालाई जस्तो विघटनको अधिकार वर्तमान प्रमलाई नभएको जिकिर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...   
संविधानविद् आचार्य र न्यायाधीशहरूबीच सवाल-जवाफ: ओलीलाई संसद् विघटनको ‘व’ उच्चारण गर्ने अधिकार छैन

संविधानविद् आचार्य र न्यायाधीशहरूबीच सवाल-जवाफ: ओलीलाई संसद् विघटनको ‘व’ उच्चारण गर्ने अधिकार छैन

काठमाडौं । प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। विघटनविरूद्ध...   

ओलीलाई प्रचण्डले भने : तपाई जनताले बनाएको प्रधानमन्त्री हैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षका अध्यक्ष प्रचण्डले...   

प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटे

काठमाडौं । आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई र प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका...   

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौं । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा...   

प्रधानन्यायाधीशले भने- आवश्यक परे संविधान सभामा भएको छलफलको रेकर्ड मगाउँछौं

काठमाडौँ । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर...   

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा बहस सुरु

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । सर्वोच्चको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top