


चियाको गुणस्तर बढाउन परियोजना सञ्चालन हुने


-
-
मंसिर २८ गते, २०७७ - १३:३३

इलाम । चियाको गुणस्तर बढाउन इलामसहित १२ जिल्लामा सीप विकास परियोजना सञ्चालन गरिने भएको छ । केन्द्रीय चिया सहकारी सङ्घको आयोजनामा उद्योगी, किसान र श्रमिकलाई दक्ष बनाउन ‘गुणस्तरीय चिया उत्पादनका लागि सीप विकास परियोजना’ शुरु हुने भएको हो । सो परियोजना युरोपेली सङ्घको लगानी र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा सञ्चालन हुनेछ ।
कार्यक्रम चिया उत्पादन हुने इलामसहित पाँचथर, झापा, ताप्लेजुङ, मोरङ, धनकुटा, तेह्रथुम, उदयपुर, भोजपुर, सङ्खुवासभा, रामेछाप, ललितपुरका जनशक्तिलाई दिइनेछ । परियोजनाद्वारा सञ्चालित तालीममा इलाम पाँच, पाँचथर दुई, झापा, धनकुटा, तेह्रथुम, ललितपुर, सङ्खुवासभामा एक÷एक वटा तालीम स्थान रहनेछ ।
तालीम १५ महिना अवधिको रहनेछ । सीप विकास तालीमबाट तीन सय दक्ष युवा जनशक्ति उत्पादन गरिनेछ । गुणस्तरीय चिया उत्पादनका लागि आवश्यक पर्ने टोली नेता, वित्त अधिकृत, सञ्चार तथा तथ्याङ्क अधिकृत, तालीम तथा तथ्याङ्क अधिकृत, प्रशासन तथा परियोजना सहायक, मुख्य, सहायक प्रशिक्षक र स्थानीय व्यवस्थापन सहयोग सहायक (तह १) को सीप तालीममा सिकाइने छ ।
छनोटमा परेका सबैलाई परियोजनाको स्थानीय साझेदार रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) मापदण्डको तालीम गराउने परियोजनाका डा सुमित अधिकारीले बताए । डा अधिकारीका अनुसार २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक तालीम हुनेछ ।
परियोजनाअन्तर्गत एक पटकमा २० जनालाई तालीम गराइनेछ । विभिन्न ठाउँमा गरेर परियोजनाअन्तर्गत रु तीन करोड ११ लाख ५६ हजार ४६३ खर्च गरिनेछ । कूल लागतमा रु दुई करोड १५ लाख ५० हजार तीन सय कार्यक्रममा खर्च गरिनेछ ।
यस्तै रु पाँच लाख १० हजार छ सय सञ्चालन खर्च गरिनेछ । रु १८ लाख ६५ हजार ५६३ प्रत्यक्ष खर्च गरिनेछ । रु दुई करोड ८५ लाख १६ हजार ४६३ दक्षताको कोष सहयोग, कार्यक्रम कार्यन्वयन गर्ने संस्था केन्द्रीय चिया सहकारी सङ्घ लिमिटेडको रु २६ लाख ४० हजार योगदान रहने सङ्घका अध्यक्ष गोविन्द दाहालले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आगोले नै निभायो आगो
मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजारभन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी...सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ...अघि बढ्यो कोटेश्वर–जडीबुटी सडक निर्माण
काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार...चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो
सिजियाङ । चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु...अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या
काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या...इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
जाकार्ता । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या...शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे
काठामाडौँ । सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया
काठमाडौँ । मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया...घरेलु तथा साना उद्योग महासङ्घमा नयाँ नेतृत्व
दमौली । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित...
