Khabar Dabali Logo
  January 23, Sat

‘सबै नेपालीलाई कोरोना खोप’

काठमाडौं । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार नागरिकको जीवन र जीविका रक्षा दुवैलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट नागरिक जोगाउन स्वास्थ्य सेवा पुर्‍याउने र नागरिक जीविकाको आधार रोजगारी तथा उद्यम व्यवसाय पुनस्र्थापनामा सरकार दत्तचित्त भएर लागेको उनले बताए ।

नेपाल आर्थिक पत्रकार सङ्घको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री पौडेलले सबै नागरिकलाई प्राथमिकताका आधारमा कोभिड विरुद्धको खोपको व्यवस्था गरिने जानकारी दिए ।

‘१४ वर्ष नाघेका सबै नागरिकलाई प्राथमिकताका आधारमा खोप पुर्‍याउने गरी सरकारले ध्यान केन्द्रित गरेको छ’, उनले थपे, ‘गुणस्तरीय, सहज र सस्तो खोप खरिद, पर्याप्त स्रोत व्यवस्थापन गर्न सबै संयन्त्र परिचालन गर्नेछौंं ।’

कोरोना महामारीका कारण अर्थतन्त्र प्रभावित भएको तर सुधारका सङ्केत देखिन थालिसकेको उनको भनाइ छ । महामारी र बन्दाबन्दी प्रभावित उद्यम व्यवसाय पुनरुत्थान र नयाँ सिर्जना गर्न सरकारले विभिन्न राहत तथा सहुलियतका कार्यक्रम ल्याएको भन्दै उनले त्यसको सदुपयोग गर्न र लाभ लिन निजी क्षेत्रलाई आग्रह गरे ।

मंसिर २८ गते, २०७७ - ०८:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो

काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...   

माघ १४ बाट कोरोना खोप लगाइने

काठमाडौं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री...   

प्रधानमन्त्रीलाई गालीको वर्षा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार...   

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा...   

ओली समूहसँग सहकार्य नगर्न देउवामाथि आफ्नै पार्टी भित्रबाट दबाब

प्रदेशमा सत्तासमीकरणबारे कांग्रेस सभापति छलफलमा काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री...   

कांग्रेसमा जुटेन सहमति

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश...   

खोपको सहज पहुँच कहिले ?

चार निजी कम्पनीको निवेदन तर आयात अनुमति तत्काल नदिने सरकारको रणनीति काठमाडौं । भारतले कोभिड–१९ को...   

प्राकृतिक ग्याँस ल्याउन पाइपलाइन बिछ्याउने तयारी शुरु

काठमाडौं । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्याँस (लिक्युफाइड...   

कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने

काठमाडौं । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित...   

सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top