


विपन्न परिवारलाई सोलार बत्ती वितरण


-
-
मंसिर २३ गते, २०७७ - १०:५३

डोटी । डोटीको बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेका छन् ।
नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका उनले हरेक वर्ष सरकारबाट आफूले पाउने सेवासुविधाको रकमबाट त्यहाँका विपन्न तथा आर्थिक स्थिति कमजोर भएका परिवारलाई निःशुल्क सहयोग गर्दै आएका छन् । सोहीअनुसार वडाध्यक्ष विनाडीले यो वर्ष लाखौँ रकमको लगानीमा सोलार बत्ती वितरण गरेका हुन् ।
आफ्नो वडामा बत्ती नभएर अँध्योरोमा जीविका चलाउँदै आएका विपन्न परिवारको समस्यालाई ध्यानमा राखी आफूले कम्तीमा पनि १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेको वडाध्यक्ष विनाडीले बताए । उनले भने, “गाउँमा बत्ती नभएर अँध्यारोमा बसेका नागरिकको दुःख देखेर मैले वडाबाट पाउने भत्तालगायतका शीर्षकबाट आउने रकमबाट बत्ती जडान गरेको छु, अहिले १० घरपरिवारले उज्यालो पाएका छन्, मसहित उनीहरू पनि खुशी छन् ।”
वडाध्यक्ष विनाडीले सोलार बत्ती वितरण गरेपछि सो वडाका नागरिक निकै खुशी भएको स्थानीयवासी चक्र चन्दले बताए । उनले भने, “विपन्न परिवारलाई विगतदेखि खाद्यान्न, लुगाकपडासहित वितरण गर्दै आउनुभएका वडाध्यक्ष विनाडीले यो वर्ष उज्यालोका लागि सोलार वितरण गर्नुभएको छ, जो आफैँमा राम्रो काम हो ।”
सोलार जडान गरिएपछि उक्त वडाका अधिकांश घर अहिले झिलीमिली बनेको स्थानीयवासी बताउँछन् । बत्ती जडान भएसँगै अहिले त्यहाँका स्कुले बालबालिकालाई राति पढ्न तथा मोबाइल चार्जदेखि घरमा राति उज्यालो बाल्नका लागि सहज भएको अर्का स्थानीय हर्क मगरले बताए । उनले भने, “बत्ती नहुँदा छोराछोरीले सल्लाको दियालो बालेर राति पढ्ने गर्दथे, मोबाइल चार्ज गर्न पनि छिमेकी गाउँमा जानुपथ्र्यो, अहिले बत्ती जडान भएपछि सबै सहज भएको छ ।” सो वडामा अहिलेसम्म पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुग्न सकेको छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाडौँमा गर्ने निर्णय
काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय...बेलायतका राजदूतमा रेग्मी नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य...स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी
गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा...नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया...स्थानीय तहमा वित्तीय पहुँच पुग्दै
बझाङ । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका...वन सुधार गर्न प्राविधिकको माग
काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले...तनहुँ कालिका मन्दिर परिसरमा चौध बोरा फोहर
तनहुँ । गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटनको गन्तव्यका रुपमा सूचीकृत गरेको तनहुँ कालिका मन्दिर...भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती
ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल...सुडान झडपमा ८० भन्दा बढीको मृत्यु
सुडान । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै
उदउपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ...
