


त्रिविमा साढे आठ महिनापछि प्रत्यक्ष कक्षा सञ्चालनको तयारी


-
-
मंसिर १७ गते, २०७७ - ०६:४२

झापा। त्रिभुवन विश्वविद्यालयमा कोभिड–१९ जोखिमबीच पनि सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन हुने भएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – त्रिवि कार्यकारी परिषद् बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर सम्भव भएसम्मका शैक्षिक संस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय लिएको हो । प्रत्यक्ष सम्भव नभएका ठाउँमा अनलाइन कक्षालाई निरन्तरता दिइने निर्णय पनि परिषद्को छ ।
कोभिड–१९ महामारीका कारण गत चैतदेखि शैक्षिक संस्था बन्द भएका थिए । लकडाउन सुरु भएको केही समयपछि अनलाइन कक्षा सञ्चालनमा ल्याइएको थियो । तर, अनलाइन कक्षामा माथिल्लो तह र प्राविधिक विषयमा विद्यार्थीको उपस्थिति राम्रो भए पनि स्नातक तहका गैरप्राविधिक विषयमा सहभागिता न्यून थियो । तल्लो तहका अधिकांश विद्यार्थीको अवस्थासमेत पहिचान हुन सकेको थिएन ।
स्थानीय निकायसँग समन्वय गरी कोरोना जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय गरिएको त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले बताए ।
‘अनलाइनबाट सम्भव नभएका ठाउँमा प्रत्यक्ष कक्षा सुरु गर्ने पहिलो प्राथमिकता हो,’ शिक्षाध्यक्ष भुसालले भने, ‘धेरै जोखिम भएका र प्रत्यक्ष कक्षा सम्भव नभएका ठाउँमा अनलाइन पठनपाठन निरन्तर सञ्चालन हुन्छ ।’
त्रिविले सम्भव भएसम्म प्रत्यक्ष र नभए मात्र वैकल्पिक विधि प्रयोग गरी नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । प्रत्यक्ष कक्षा सञ्चालन नहुँदा विपन्न परिवार र इन्टरनेटको पहुँच नभएका समुदायका विद्यार्थी पठनपाठनबाट वञ्चित थिए । परीक्षालगायत शैक्षिक गतिविधि सञ्चालनमा आएसँगै पठनपाठन पनि प्रत्यक्ष नै सुरु गर्न लागिएको हो ।
रोकिएका परीक्षा धमाधम हुँदै
आठ महिनाअघिदेखि रोकिएका परीक्षा त्रिविले धमाधम लिन थालेको छ । कोभिड महामारीकै बीच स्वास्थ्य सावधानी अपनाएर परीक्षा नियन्त्रण कार्यालय र डिन कार्यालयहरूले परीक्षा लिन थालेका हुन् । परीक्षा केन्द्रमा पुग्न सक्ने कोरोना संक्रमित विद्यार्थीलाई अलग्गै राख्ने र नसक्नेलाई प्रमाणका आधारमा पछि लिने व्यवस्था पनि मिलाइएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २८ मंसिरदेखि वार्षिक प्रणालीका विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन गर्दैछ । पनिकाको परीक्षा केन्द्रबाट आवेदन भरेका सबै संकायका विद्यार्थीको पनि परीक्षा सञ्चालन हुँदैछ ।
गत १६ वैशाखदेखि सञ्चालन हुने तय भएर स्थगित भएका परीक्षा आठ महिनापछि हुन लागेका हुन् । त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायले थोरै विद्यार्थी भएका केही विषयको परीक्षा यसअघि पनि लिएको थियो ।
२८ मंसिरदेखि सुरु हुने परीक्षामा विद्यार्थीहरू घरपायक केन्द्रबाटै सहभागी हुन सक्ने छन् । आवतजावतमा कठिनाइ र कोरोना संक्रमणको जोखिम कम गर्ने उद्देश्यले त्रिविले घरपायक केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएको हो । घरपायकका लागि आवेदन नदिएका परीक्षार्थीले भने तोकिएकै केन्द्रमा पुग्नुपर्नेछ । मंसिर अन्तिम सातादेखि हुन लागेको स्नातकोत्तर तहका सेमेस्टर प्रणालीका परीक्षामा भने डिन कार्यालयअनुसार फरक व्यवस्था गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारत र काँग्रेस भ्रममा
काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...पूर्व राष्ट्रपति यादव भन्छन्, ‘राष्ट्रपति भण्डारीले भूल गर्नु भयो’
काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री...कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या
काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण शुरु भएको झण्डै एक वर्षमा त्यसविरुद्ध बुधबार...सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना
काठमाडौं । नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ...

प्रतिकृया लेख्नुहोस्:
- रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
- इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?
- कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
- ३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला
- ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ