Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

नेपाल–भारत उडान दिनभित्रमा सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने जानकारी दिए ।

उनले भने,“उडान खुल्ने टुङ्गो लाग्यो, कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई कूटनीतिक माध्यमबाट उसले पठाएको एयर बबल अवधारणाको सकारात्मक ‘रेस्पन्स’ पठाउँछौ, त्यसपछि दुबै देशका एयरलाइन्सलाई उडान तयारीका लागि आग्रह गर्छौ, यो सब गरी बढीमा दश दिनजति समय लाग्छ उडान शुरु हुन ।” सहसचिव लामिछानेका अनुसार शुरुआती चरणमा काठमाडौँ–दिल्ली दुई उडान मात्रै हुनेछन् । एउटा नेपाली वायुसेवा कम्पनीको र अर्को भारतीय एयरलाइन्सले उडान गर्नेछन् । पछि दुबै देशले आवश्यकताको आधारमा उडान अभिवृद्धि गर्न सकिनेछ ।

कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो । छिमेकीमुलुक भारतमा भने कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । गत मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।

अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्डयन निकायसँग उडानसम्बन्धी मापदण्ड बनाएपछि उडान हुने जनाइएको छ । प्राधिकरणका अनुसार अहिले नेपालबाट भारतसहित बङ्गलादेश, भुटान र थाइल्याण्डमा उडान रोकिएको छ । अन्य गन्तव्यमा उडान भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले विभिन्न १६ मुलुकका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय उडान घट्यो

भदौ १६ देखि नियमित रुपमा शुरु भएको अन्तर्राष्ट्रिय उडान शुरुताका दैनिक २० देखि २५ वटासम्म उडान भए पनि अहिले मुश्किलले करिब २० वटा मात्र उडान हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडान बढ्नुको साटो क्रमशः घट्दै गएको बताए । उनका अनुसार अहिले अन्तर्राष्ट्रियतर्फ दैनिक २० वटासम्म मात्रै उडान हुने गरेको छ । यो आगमन र प्रस्थान दुबै गरेर हो । यो सङ्ख्यामा पनि अहिले केही घटेको छ । भदौको दोस्रो साताबाट खुलेको नियमित अन्तर्राष्ट्रिय उडानमा खाडी मुलुकबाट एयरलाइन्सले दैनिक दुई वटा उडान गर्ने गरेकामा अहिले दैनिक एउटा उडान गर्छन् । यता नेपालबाट जापानको नारिताको उडान पनि अहिले अवरुद्ध भएको छ । हङ्कङको पटक–पटक अवरुद्ध भएको उडान अहिले सञ्चालनमा छ । नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को व्यावसायिक हिसाबले राम्रो गन्तव्य रहेको हङ्कङमा केही यात्रुको पिसिआर रिपोर्ट त्यहाँको परीक्षणमा पुनः पोजेटिभ देखिए पनि नेपाल एयरलाइन्सलाई तीन पटकसम्म उडान रोकेको थियो ।

त्यस्तै पछिल्लो पटक जापानमा पनि केही यात्रुमा पिसिआर परीक्षणको नतिजा पोजेटिभ देखिएपछि जापानको उडान नियामक निकायले नेपाल एयरलाइन्सलाई सचेतपत्र पठाएको थियो ।

आन्तरिकमा उत्साहवद्र्धक उडान

अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान भने उत्साहवद्र्धक रहेको विमानस्थल कार्यालयले जनाएको छ । अहिले ८५ देखि ९० प्रतिशत उडान अकुपेन्सी रहेको छ । ठूला एयरलाइन्स बुद्ध, यती र श्री एयरलाइन्सको उडान अकुपेन्सी झण्डै ९० प्रतिशत रहेको सम्बन्धित कम्पनीले जनाएका छन् । बुद्धले मात्र अहिले दैनिक चार हजार ८०० सम्म यात्रु बोक्ने गरेको छ । जबकी बुद्धले सामान्य अवस्थामा दैनिक पाँच हजार ५५५ देखि ६ हजारसम्म यात्रु बोक्ने गरेको थियो । उक्त कम्पनीले अहिले दैनिक दुईतर्फी ८२ उडान गरिरहेको छ । यती एयरलाइन्स र श्री एयरलाइन्सको गन्तव्य अनुसार उडान अकुपेन्सी राम्रो रहेको जनाइएको छ । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies