काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । सरकारमा रहेका केही मन्त्रीलाई फिर्ता बोलाई केही नयाँ अनुहारलाई मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । बालुवाटार स्रोतका अनुसार सञ्चारमन्त्री रेखा शर्मा, ऊर्जामन्त्री शक्ति बस्नेतसहितका केही मन्त्रीलाई हटाएर केही नयाँलाई अवसर दिन खोजिएको हो ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भएर अशोक राईको नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टी (जसपा)का नेतालाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब परेको छ । राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएपछि सो दलले सरकारलाई समर्थन र सहयोग रहनुका साथै प्रचण्ड नेतृत्वको गठबन्धनलाई नै निरन्तरता दिने बताएको छ ।
राई नेतृत्वको जसपाबाट अहिले वन तथा वातावरणमन्त्री रहेका नवलकिशोर साहलाई निरन्तरता दिने र सांसदहरू वीरेन्द्र महतो, प्रदीप यादवलाई मन्त्री बनाउने तयारी छ ।
उपेन्द्र यादव विदेशमा रहेका बेला पार्टी विभाजन भएको थियो । निर्वाचन आयोगले दल दर्ता गरी कानुनी मान्यतासमेत दिइसकेको छ । नेपाल फर्किएपछि मंगलबार यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । उनले आफू विदेशमा रहेका बेला एमाले र माओवादी केन्द्रले मिलेर पार्टी विभाजन गराएको गुनासो पोखे । यता, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानन्त्री प्रचण्ड र एमाले नेताहरूले जसपा विभाजनमा आफूहरूको संलग्नता नरहेको प्रस्टीकरण दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी ९नाउपा० अध्यक्ष रञ्जिता श्रेष्ठलाई समेत मन्त्री बनाउने तयारी गरेका छन् । हाललाई श्रेष्ठलाई बिनाविभागीय वा कुनै मन्त्रालय दिएर मन्त्री बनाउने विषयमा प्रचण्ड आन्तरिक छलफलमै रहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रयासमा वर्तमान गठबन्ध भत्काउने र नयाँ गठबन्धन बनाएर सरकार बनाउने गृहकार्य भएपछि सत्तारूढ दलहरू विभाजन भएका हुन् । जसपा नेपाल विभाजन भइसकेको र केही समयमै नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र नाउपासमेत विभाजन हुनसक्ने चर्चा भइरहेको छ ।
एकीकृत समाजवादीका केही सांसद प्रधानमन्त्री निवास बालुटार पुगी आफूहरूलाई मन्त्री बनाउनुपर्ने दबाब दिँदै पार्टी विभाजन गर्न तयार रहेको बताउने गरेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले पार्टी विभाजन नगर्न र हाललाई मन्त्री बनाउन नसकिने जवाफ दिएपछि ती सांसद कहिले एमाले अध्यक्ष केपी शर्मा ओली निवास त कहिले बालुवाटार धाइरहेका छन् ।
पार्टीलाई विभाजनबाट रोक्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको आन्तरिक छलफलमा जुटेका छन् । एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीचको सम्बन्ध सुमधुर नबनेपछि एमालेकै पहलमा जसपाजस्तै एकीकृत समाजवादी पनि विभाजन गर्नुपर्ने तयारीसमेत भएको छ ।
अहिले एकीकृत समाजवादी, जसपा, रास्वपा, नाउपासहितका दलहरू आन्तरिक किचलोका कारण विभाजन हुने सँघारमा रहेका छन् । यी दलहरूको आन्तरिक बैठक निरन्तर जारी नै रहेको छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: