


शुद्ध र सहज ‘वैदिक श्राद्ध पद्धति’ सार्वजनिक


-
-
मंसिर १६ गते, २०७७ - ०९:४४

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले गर्ने धार्मिक कर्मका पुस्तकमा अशुद्धि वृद्धि हुँदै जान थालेपछि शुद्ध पुस्तक प्रकाशनका लागि अभियान चलाउने युवा देखा पर्न थालेका छन् ।
वाल्मीकि विद्यापीठमा कर्मकाण्ड प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीले बजारमा पाइने पुस्तक अशुद्ध भएको थाहा पाएपछि समूह बनाई शुद्ध पुस्तक प्रकाशन गर्न थालेका छन् । प्रशिक्षार्थी सुदीपकुमार पौडेलको नेतृत्वमा पहिलोपटक ‘वैदिक श्राद्ध पद्धति’ नामक पुस्तक बजारमा ल्याइएको छ । बजारमा पाइने पुस्तकमध्येमा शुद्ध र सहजरूपमा बुझ्न सकिने गरी दुई वर्ष लगाएर पुस्तक सम्पादन गरिएको उनले जानकारी दिए ।
यसअघि बजारमा आएका श्राद्धलगायत कर्मकाण्डका पुस्तकमा विभिन्न ग्रन्थबाट ल्याइएका मन्त्रलाई सम्पादकले नै लेखे जसरी लेखक भन्ने गरिएकामा यसमा भने सङ्कलक उल्लेख गरिएको छ । वेदका मन्त्रसमेत ‘मैले लेखेको हुँ’ भन्ने सन्देश दिने लेखकका बीच पुस्तकमा भने स्रोत सामग्री पनि उल्लेख गरिएको छ । पुस्तकमा कुन मन्त्रलाई कुन वेदबाट ल्याइएको हो भन्ने समेत खुलाइएको छ ।
पुस्तकमा छ वटा श्राद्ध विधि दिइएको छ । यसअघि बजारमा आएका पुस्तकमा चारवटासम्म मात्र श्राद्धविधि दिइएको हुन्थ्यो । पुस्तकमा एकोद्दिष्ट, पार्वण, एकापार्वण, तीर्थ, अभिधवा मातृनवमी र त्रिपिण्डी श्राद्ध विधिका साथै श्राद्धमा प्रयोग हुने विभिन्न वैदिक सूक्त पनि दिइएको छ ।
तर्पण क्रम, श्राद्ध सामग्री, तर्पण गर्ने र श्राद्ध गर्ने स्थलको सचित्र वर्णन गरी प्रकाशित पहिलो पुस्तक भएकाले संस्कृतको अध्ययन नगरी पुरोहित काम गराउने र गर्ने दुवैका लागि उपयोगी पुस्तकका रूपमा आएको छ । दुई सय ५६ पृष्ठको पुस्तकको मूल्य रु ३५५ तोकिएको छ ।
पुस्तक तयार पार्न वाल्मीकि विद्यापीठका कर्मकाण्ड प्रशिक्षक नारायणप्रसाद कोइराला, पौडेल, विष्णुप्रसाद खनाल र बालमुकुन्द अर्यालको समूह लागि परेको हो । पुस्तकका लागि सामग्री सङ्कलन भने मणिराम कोइरालाले गरेका हुन् । पुस्तकमा श्राद्धमा प्रयोग हुने विभिन्न शब्दका रूप र विभक्तिसमेत उल्लेख गरिएको छ ।
वैदिक शास्त्रमा ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः’ अर्थात् ‘पितृले वाक्य शुद्ध उच्चारण चाहन्छन्, देवताले भने भावमात्र भए पनि चित्त बुझाउँछन्’ भनी उल्लेख गरिएको छ । वाक्य शुद्ध नभए श्राद्ध गरे वा गराए दुवैको फल नपाइने पनि शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यसैले बजारमा भएजस्ता श्राद्धका पुस्तक दुई महिनामै प्रकाशन गर्न सकिने भए पनि दुई वर्ष लगाएर सबै विषयलाई समेटिएको प्रकाशन समूहले जनाएको छ ।
विद्यापीठमा प्रशिक्षण लिइरहेको समूहले सनातन धर्ममा देखिएका विकृति अन्त्य हुने गरी शुद्ध र सहज पुस्तक प्रकाशन गरेकामा प्राचार्य गणेशप्रसाद घिमिरेले खुसी प्रकट गरेका छन् । सामान्य पढेलेखेकाले पनि विधिपूर्वक श्राद्ध कर्म गर्न पुस्तक उपयोगी हुने उनको विश्वास छ ।
समूहले विभिन्न कर्मका लागि आवश्यक अन्य १० पुस्तक पनि प्रकाशनको तयारी गरिरहेको जनाइएको छ । अग्निस्थापना, दुर्गा पूजा विधि, जन्मोत्सव पूजाविधि, स्वस्थानी पूजाविधि, हरितालिका पूजाविधि, जातकर्म विधि, दशगात्रविधि, पूर्वाङ्ग विधि, पुरुषोत्तम पूजा विधि र सरस्वती पूजा विधि पनि प्रकाशनको तयारी भएको जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने
भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला
कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...डेढ वर्षीय बालकको डुबेर मृत्यु
रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...

प्रतिकृया लेख्नुहोस्:
- पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा
- भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक
- एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा
- ‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
- दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन