


तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक


-
-
मंसिर १५ गते, २०७७ - १५:५१

लमजुुङ । यहाँका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको छ । दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको मानसिक सन्तुलन गुमेपछि उनका परिवारले दाँहिने हातमा फलामको साङ्लोले बाँधेर कोठामा बन्धक बनाएर राखेको छ ।
गुरुङको मानसिक सन्तुलन गुमेपछि परिवारले समाल्न नसकेपछि बाध्य भएर घरकै एक कोठामा फलामको साङ्लोले बाँधेर राखिँदै आएको उनका ठूलो दाइ बेनीराम गुरुङले बताए । उनले भने, “भाइलाई यतिकै छोडिदिँदा परिवारलाई आक्रमण गर्ने जे पाउँछ त्यही फाल्ने, घर भत्काउने गर्ने भएकाले बाध्य भएर साङ्लोले बाँधेर राख्दै आएको हो, यतिकै छोड्दा घर छोडेर भाग्ने र लिन जाँदा आक्रमण गर्ने गर्दा परिवारका सदस्य घाइतेसमेत हुने गरेका थिए ।”
उनी पहिला राम्रै भए पनि १८ वर्षको उमेरबाट मानसिक सन्तुलन गुमेपछि कहिले भैँसी बाँध्ने फलामको साङ्लो त कहिले केही बाँध्ने फलामको साङ्लोले दायाँ हात बाँधेर कोठामै थुनेर राखिएको परिवारको भनाइ छ । परिवारका अनुसार गुरुङ १८ वर्षको उमेरमा भाारतीय सेनाका लागि भर्ती हुनलाई गएका र भर्ती हुन नसकेपछि घर आउने बित्तिकै मानसिक सन्तुलन गुम्न पुगेको थियो ।
मानसिक सन्तुलन गुमेका गुरुङका ठूली भाउजु दबलकुमारी गुरुङले भने, “कतै कसैले सहयोग गरी राखेर उपचार गर्ने मान्छे भेटिएमा भगवान भेटे जस्तो हुथ्यो ।” आर्थिक अवस्था कमजोर भएकाले केही गर्न नसकिएको परिवारले जनाएको छ ।
मानसिक सन्तुलन गुमेका गुरुङले कोठामा निकै कष्टकर जीवन बिताउँदै आएका छन् । राम्रोसँग ओछ््यान लगाइदिए पनि सबै फाल्ने गरेकाले यतिकै राखिँदै आएको परिवारले जनाएको छ । मानसिक सन्तुलन गुमेका गुरुङ दाजुभाइमध्ये कान्छा हुन् । गुरुङका चार दाजुभाइ र छ दिदीबहिनी रहेकामा ठूलो दाई बेनीरामले हेरचार गर्दै आइरहेको परिवारले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
विषम मौसमी घटनाबाट यस शताब्दीमा ४ लाख ८० हजारको मृत्यु
पेरिस । यस शताब्दीको पहिलो २० वर्षको अवधिमा विषम मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट झण्डै चार...विभिन्न चोरीका सामान सहित २६ वर्षीय शर्मा पक्राउ
कास्की । चोरी गरेको विभिन्न समान सहित पोखरा महानगरपालिका २६ बिजयपुर बस्ने पर्वत कुश्मा नगरपालिका...लुटपाट गरेको अभियोगमा २३ वर्षीय सूर्य पक्राउ
काठमाडौं । नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने २५ वर्षीय साजन तामाङको बा.६० प७९१० नम्बरको स्कुटर...आम्दानीको स्रोत भैँसीपालन
चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे...छिमेकीको ढुंगा प्रहारबाट २१ वर्षीय बिकको मृत्यु
दाङ । छिमेकीले ढुंगा प्रहार गर्दा घोराही उपमहानगरपालिका १३ लाते बस्ने २१ वर्षीय रामुबिकको आइतबार...अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
मान्म । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी
कञ्चनपुर । ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । शुक्लाफाँटा...बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार भन्दाबढी
लन्डन । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ । आइतबार...करीव ६ बिघामा लगाइएको गाँजाखेती प्रहरीद्वारा फँडानी गरी नष्ट
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नं १० का विभिन्न स्थानमा करीव छ बिघामा लगाइएको...टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु
जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार...

प्रतिकृया लेख्नुहोस्:
- करीव ६ बिघामा लगाइएको गाँजाखेती प्रहरीद्वारा फँडानी गरी नष्ट
- टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु
- विस्तार गर्ने भनिएको सुर्खेत विमानस्थल निर्माण कार्य अन्योलमा
- नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ : उससभामुख शर्मा
- गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप दिइने