Khabar Dabali Logo
  January 24, Sun

झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङका निर्वाचन क्षेत्रमा योजना बाँडफाँट

इलाम । पूर्वप्रधानमन्त्री एवं इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनाल र संविधानसभाका अध्यक्ष एवं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले संसद् विकास कोषको रकम बाँडफाँट गरेका छन्।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु आठ करोडका कार्यक्रम जिल्लाका १० स्थानीय तहका ५२ योजनामा विनियोजन गरेको हो । खनालकोे निर्वाचन क्षेत्रमा रहेका नगर र गाउँपालिकामा रु चार करोड वडा सङ्ख्याका आधारमा वितरण गरिएको छ ।

खनालले सबैभन्दा धेरै रकम सूर्योदय नगरपालिकालाई रु एक करोड ३५ लाख, इलाम नगरपालिकालाई रु १० लाख, माई नगरपालिकालाई रु ६८ लाख, रोङ गाउँपालिकालाई रु ६० लाख, सन्दकपुर गाउँपालिकालाई रु ६७ लाख र माईजोगमाई गाउँपालिकालाई रु ६० लाख विनियोजन गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नं १ मा ३९ वडा रहेका छन् । वडा सङ्ख्याका आधारमा प्रत्येक स्थानीय तहलाई रकम विनियोजन गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

नेम्वाङको निर्वाचन क्षेत्रका इलाम नगरपालिकालाई रु एक करोड, देउमाई नगरपालिकालाई रु ९० लाख ५६ हजार, माई नगरपालिकालाई रु २८ लाख ५० हजार, माङसेवुङ गाउँपालिकालाई रु ५७ लाख १४ हजार, चुलाचुली गाउँपालिकालाई रु ५७ लाख १४ हजार र फाकफोकथुम गाउँपालिकालाई रु ६६ लाख ६६ हजार विनियोजन गरिएको छ । निर्वाचन क्षेत्र नं २ मा ४२ वडा रहेका छन् । वडा सङ्ख्याका आधारमा प्रत्येक स्थानीय तहमा स्थानीय तहका प्रमुखको उपस्थितिमा बजेट विनियोजन गरिएको बताइएको छ ।

मंसिर १३ गते, २०७७ - १६:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

चिन । चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका...   

सुदूरपश्चिमको नौ वटै जिल्लामा १६ हजार मात्रा खोप आउँदै

सुदूरपश्चिम । सुदूरपश्चिम सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो...   

कोरोनाका कारण विदेशमा एक हप्तामा थप नौ जनाको निधन, दुई हजार सङ्क्रमित

काठमाडौं । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका...   

पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको मृत्यु

बैतडी । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित...   

स्वस्थानी व्रतकथा बिहीबारदेखि : यसवर्ष मेलामा नयाँ नियम

काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिन (यही माघ १५गते) हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको...   

प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै इजलासमा प्रश्न, प्रधानन्यायाधीशले भने– बजारका कुरामा नजानुस्

काठमाडौँ । प्रतिनिधिसभा विघटनबारे सुनुवाइ जारी रहेको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा...   

यसबर्ष हिउँ नपरेपछि चिन्तामा किसान

मनाङ । यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा...   

उखु किसानलाई १७ करोड तीर्न बाँकी राखेका अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन

सर्लाही । धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका...   

कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु

झापा । झापाको कनकाई घाटमा विद्युत् शवदाह गृह निर्माण गर्न पहल शुरुआत भएको छ । अव्यवस्थित दाहसंस्कारबाट...   

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा

चितवन । जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यहाँ रहेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top