Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कोरोनाकाे कारण हालसम्म यी पाँच वरिष्ठ चिकित्सककाे मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाएका छन्। पछिल्लोपटक गत शनिबार काठमाडौंको ओम अस्पतालका वरिष्ठ जनरल ७८ वर्षीय र्सजन डा. धु्रब मुडभरीको निधन भएको थियो। उपचारका क्रममा शनिबार साँझ निधन भएको मुडवरी ओम अस्पतालका पूर्व संस्थापक भएको डा. भोला रिजालले जानकारी दिए। अस्पतालका अनुसार मुडभरीमा ९ दिनअघि कोरोना पुष्टि भएसँगै ओम अस्पतालमै उपचाररत थिए। उपचारको पाँचौं दिन खोपको मात्रा पुरा भएपछि डिस्चार्ज भएर घर गएकै भोलिपल्ट बेहोस भएपछि फेरि उनलाई ओम अस्पतालमै लगेर उपचार गरिएको थियो। दोस्रोपटक भर्ना गरेको तीन दिनमै उनको मृत्यु भएको हो।

आजको नागरिक दैनिकमा खबर छ - कोरोनाले फोक्सोमा क्षतिपुगेपछि श्वास–प्रश्वासमा अवरोध भई निधन भएको डा. रिजालले जानकारी दिए। ओम अस्पतालको स्थापनाकालदेखि नै सेवारत डा. मुडभरीको निधनले चिकित्सा सेवामा क्षति पुगेको र आफूलाई दुखी तुल्याएको डा. रिजालले बताए। स्वर्गीय मुडभरीले ओम अस्पतालमा ३१ वर्ष सेवा गरेका थिए।

कोरोना संक्रमणको कारण चिकित्साशास्त्र अध्ययन संस्थानका वरिष्ठ प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. सुनिलचन्द्र झाको पनि एक साताअघि मृत्यु भएको थियो। त्रिविवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। उनको कोरोनाको कारण बहुअंग बिगे्रर भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको थियो।

त्यसैगरी इशान अस्पतालका डा. तथा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. नारायणबहादुर थापाको कोरोना संक्रमणको कारण मृत्यु् भएको हो। उनको गत कात्तिकको अन्तिम साता मृत्यु भएको थियो।

असोज १५ गते कोरोना संक्रमणको कारण सुर्खेत अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. हरिप्रसाद सापकोटाको मृत्यु भएको थियो। गत कात्तिक १६ गते वरिष्ट चिकित्सक डा. निलम अधिकारीको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डा. अधिकारीसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेमा हालसम्म ५ जना चिकित्सकको मृत्यु भएको तथ्यांक प्राप्त भएको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। पाँचजना चिकित्सकसहित हालसम्म १२ जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको अधिकारीले जानकारी दिए। ‘अहिलेसम्म हामीलाई यति मात्र जानकारी प्राप्त भएको छ, थप पनि हुन सक्छन् ’ उनले भने। कोरोना भाइरस संक्रमणले समुदायमा मृत्यु बढ्दै गएपछि चिकित्सकहरुको पनि पेशाको कारण संक्रमित हुन गई मृत्यु भएको उनले बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies