Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

कोरोना नियन्त्रण र उपचारमा टोखा नगरपालिकाको चार करोड खर्च

काठमाडौं । टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि रु चार करोड ७५ हजार ७७३ खर्च गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि उक्त रकम खर्च गरेको हो । नगरपालिकाका आर्थिक प्रशासन शाखाप्रमुख ज्ञानबहादुर अधिकारीले सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि गरेको बन्दाबन्दीेदेखि हालसम्म कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि उक्त रकम खर्च गरेको जानकारी दिए।

टोखाले विपन्न परिवारको राहतका लागि रु एक करोड ४१ लाख ११ हजार ३६५, जनप्रतिनिधि र कर्मचारीको कोभिड बीमाका लागि रु दुई लाख ३५ हजार ६६०, कन्ट्याक ट्रेसिङका लागि रु ३५ हजार, स्वयम्सेवक, खाना तथा खाजा र अनुगमका लागि रु १७ लाख ९८ हजार ३७०, होम आइसोलेसन पोषण भत्ताका लागि रु २६ लाख ४० हजार ३०० खर्च गरेको छ ।

यस्तै, प्राविधिक÷सुरक्षाकर्मी सरसफाइ पारिश्रमिक रु पाँच लाख ४३ हजार ५०२, सूचना सन्देश प्रसारणका लागि रु चार लाख २९ हजार ७८६, आइसोलेसन सामग्रीका लागि रु २६ लाख ८४ हजार ७१८, आइसोलेसन वार्डमा श्यया खर्च रु नौ लाख ६६ हजार ८०५, आइसोलेसन÷क्वारेन्टिनमा खाना तथा खाजाका लागि रु १३ लाख ७८ हजार ३८२, जोखिम प्रोत्साहन भत्ताका लागि रु एक करोड ८० हजार ९७९ खर्च भएको छ ।

यसैगरी, ह्यान्ड वास स्टेशन निर्माणका लागि रु सात लाख ३२ हजार ३२१, माक्स, क्लोरिन, स्यानिटाइजर, पिपिई, थर्मल गन खरीदका लागि रु ३५ लाख ८१ हजार ८८६, सर्जिकल सामान खरिदका लागि रु चार लाख ९९ हजार ९६८, चीन सरकारबाट प्राप्त सामानको भन्सार खर्चका लागि रु २० लाख ६ हजार ७३१ र पिसिआर ल्याब शुल्कका लागि रु एक लाख ५० हजार खर्च भएको आर्थिक शाखाप्रमुख अधिकारीले बताए ।

कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि टोखा नगरपालिकासँग रु पाँच करोड ८२ लाख ६ हजार ३५८ रकम रहेको छ जसमध्ये नगरपालिकाको कोषमा रु दुई करोड ५० लाख, वाग्मती प्रदेश सरकारबाट प्राप्त रु १२ लाख, टोखाका शिक्षक कर्मचारीबाट सहयोग रु नौ लाख ३१ हजार ८९५, टोखाका सहकारी संस्थाबाट सहयोग रु एक लाख ६६ हजार २११ रहेको छ ।

यसैगरी, स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट रु तीन करोड २४ लाख, विभिन्न सङ्घसंस्थाबाट सहयोग रु दुई लाख ३० हजार, आधारभूत परीक्षा सञ्चालनको भत्ता र पारिश्रमिक अन्य कोषबाट हस्तान्तरण गरेको रु तीन लाख ८७ हजार रहेको नगरपालिकाले जनाएको छ । टोखा नगरपालिकामा हाल ४१९ सक्रिय सङ्क्रमित रहेका छन् भने दुई हजारभन्दा बढी सङ्क्रमित निको भएर घर फर्किसकेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए । टोखाले हालसम्म ६ हजार ५५ जनाको पिसिआर परीक्षण गरिसकेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies