Khabar Dabali Logo
  December 5, Sat

उपल्लो डोल्पालीले चामल मागेको दुई महिना बित्यो, ढुवानी हुने लक्षण छैन

डोल्पा । उपल्लो डोल्पामा हिमपातको मौसम नजिकिँदै छ । त्यसक्षेत्रका बासिन्दाले दुई महिनादेखि दुई छाक टार्न चामल मागिरहेका छन् । तर, सरकारले सुनेको छैन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – छार्काताङसोङ गाउँपालिकामा दुई वर्षदेखि सरकारी अनुदानको चामल पुगेको छैन । शे–फोक्सुन्डो गाउँपालिकामा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल नपठाएको १८ महिना बित्यो । कम्पनीले नियमित चामल नपठाएपछि स्थानीयवासी महँगो मूल्यमा बजारको चामल किनेर उपभोग गर्न बाध्य भएको बताएका छन् ।

छार्काताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङका अनुसार स्थानीय बजारमा एक क्विन्टल चामलको मूल्य १२ हजारदेखि २० हजार रुपैयाँसम्म पर्छ । गाउँपालिकामा झन्डै तीन हजार जनसंख्याको बसोवास छ ।

‘स्थानीयवासी भोकमरीको चपेटामा पर्दा पनि संघीय सरकारले चामल पठाएन,’ उनी भन्छन्, ‘चामल माग्दै हामी काठमाडौंसम्म पुग्यौँ, तर सधैँ बेवास्ता गरियो ।’ अत्यधिक हिमपात हुने क्षेत्र भएकाले उपल्लो डोल्पामा वर्षमा एक बाली मात्र उत्पादन हुन्छ । गुरुङका अनुसार त्यस क्षेत्रका बासिन्दालाई आफ्नो उत्पादनले तीन महिना पनि खान पुग्दैन ।

शे–फोक्सुन्डो पनि डोल्पामा न्यून खाद्यान्न उत्पादन हुने क्षेत्र हो, जहाँ चीनबाट चामल ढुवानी हुन्छ । ‘चीनले कोरोनाको कारण देखाउँदै चामल ढुवानी गर्न दिएन,’ गाउँपालिका अध्यक्ष टसीतुन्डुप गुरुङ भन्छन्, ‘हाम्रा जनताले चाडबाडमा पनि चामल पाएनन् ।’

जिल्ला खाद्य व्यवस्था समितिको निर्णयअनुसार यस वर्ष माथिल्लो डोल्पाका तीन स्थानीय तहमा एक हजार सात सय क्विन्टल चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पठाउने भनेको थियो ।

कोरोनाका कारण चीनबाट आउन नसक्ने र चिसो बढ्न थालेकाले चामल ल्याउन वैकल्पिक माध्यम अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनार बताउँछन् । भन्छन्, ‘हिमपातअघि नै चामल ढुवानी नभए माथिल्लो डोल्पामा खाद्यान्न संकट हुने पक्का छ । दुनैसम्म गाडी र त्यहाँबाट पालिका केन्द्र र वडासम्म खच्चडमार्फत ढुवानी व्यवस्था गर्न कम्पनीलाई पत्राचार गरेका छौँ ।’

डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखासहित चार डिपो र दुई बिक्री केन्द्र छन् । तर, ती सबै तल्लो भेगमै छन् । त्यसैले उपल्लो डोल्पामा चामल सहजै पुुग्दैन । अहिले दुनैमा एक सय ८०, जुफालमा ४३, सर्मीमा एक सय ३१ र काइगाउँ डिपोमा एक सय ५० क्विन्टल चामल मौज्दात छ । सहरतारा र लिकुस्थित बिक्री केन्द्रमा सम्बन्धित ठेकेदारले नै चामल बिक्री गर्छन् ।

जिल्ला समन्वय समिति, डोल्पाले कात्तिकभित्र उपल्लो डोल्पामा खाद्यान्न पुर्‍याउन आग्रह गर्दै विभिन्न मन्त्रालय र खाद्य कम्पनीलाई पत्राचार गरेको छ । तर, सरकारबाट चामल आउने सम्भावना नदेखेपछि जाजरकोटबाट घोडा र खच्चडमार्फत ढुवानी गर्ने तयारीमा स्थानीय बासिन्दा छन् ।

कात्तिक २३ गते, २०७७ - ०७:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले सरकारविरुद्ध सडकमा उत्रने गर्याे निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारको पछिल्लो कदमविरुद्ध सडकमा उत्रने भएको छ। कोरोना...   

भिजिट भिसामा मानव तस्करी भएको आशंकामा गृहले थाल्याे छानबिन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’ मा मानव तस्करी भइरहेको आशंकामा गृह मन्त्रालयले...   
करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा : रातारात जग खनियो

करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा : रातारात जग खनियो

वीरगञ्ज । वीरगन्जको मुख्य व्यपारिक केन्द्र घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक...   

‘भारतीय गुप्तचर संस्थाका प्रमुखको भ्रमण अपारदर्शी छैन’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय गुप्तचर संस्था (रअ) प्रमुखको भ्रमणले थुप्रै...   

नेकपा विवाद : दुवै पक्षको अडान कायमै

सहमतिको आधार खोज्न ओली पक्ष दौडधुपमा काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको...   

चिकित्सा शास्त्र प्रवेश परीक्षा नहुँदा अन्योल

काठमाडौं । चिकित्सा शास्त्र स्नातकोत्तर तहमा प्रवेश परीक्षा नहुँदा अध्ययन गर्न तयारी अवस्थामा रहेका...   
दक्षिण एसियाकै ठूलो म्याग्नेसाइट उद्योग २२ वर्षदेखि बन्द

दक्षिण एसियाकै ठूलो म्याग्नेसाइट उद्योग २२ वर्षदेखि बन्द

दोलखा। दोलखा र सिन्धुपाल्चोक जिल्लामा फैलिएको छ, ओरियन्ड म्याग्नेसाइट उद्योग । यो दक्षिण एसियाकै...   

हुम्लामा जीप दुर्घटना हुदाँ चारको मृत्यु, सात जना घाइते

हुम्ला । हुम्लामा बिरामी बोकेको बोलेरो जीप दुर्घटना हुदाँ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका...   

कोरोना महामारीका कारण सन् २०२० मा पर्यटक आगमन ८० प्रतिशतले घट्यो

काठमाडौं। कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा सन् २०२० को ११ महिनामा ८० प्रतिशतले पर्यटक आगमनमा...   
हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला । आज(बिहीबार) बिहानै हुम्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top