Khabar Dabali Logo
  December 3, Thu

बट्टाई पालनमा आकर्षित गुरुङ

लमजुङ । बेँसीशहर नगरपालिका–७ का खेमजङ्ग गुरुङले व्यावसायिकरूपमै बट्टाई चरा पाल्न थालेका छन । भारतीय सेनाबाट सेवा निवृत्त भएपछि उनले आफ्नै घरमा शुरु गरेको यो व्यवसायबाट राम्रो आम्दानी हुनाका साथै समयको पनि सदुपायेग हुने भएकाले यसलाई व्यावसायिकरूप दिन थालेका हुन ।

पछिल्लो समय बट्टाईको माग बढ्दै गएकाले बजारको मागलाई दृष्टिगत गरी रू ५० लाख लगानी गरेर ७०० वटा बट्टाई अट्ने खोर निर्माण गरी पहिलो चरणमा २०० वटा चल्लाबाटै व्यवसाय शुरु गरेको उनको भनाइ छ । गुरुङ भन्छन, “राम्रो हुँदै गएमा आगामी दिन यो व्यवसायलाई विस्तार गर्दै लानेछु । अहिले चल्ला ठूलो भएर अण्डा उत्पादन गर्न थालेको र बिक्री वितरणसमेत शुरु भैसकेको छ । दैनिक एक हजार अण्डा उत्पादन भइरहेको र अण्डासँगै माउ पनि बिक्री हुन थालेको छ ।”

अहिले बट्टाईको अण्डा प्रतिगोटाको रू १०दे खि रू १५सम्म पर्छ । त्यस्तै एक जोडी माउको रू ५०० पर्छ । बट्टाईको अण्डा तथा मासु स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले पछिल्लो समय यसको माग पनि बढेको हो । सामान्यत बट्टाईले ४० दिनदेखि ४४ दिनभित्र अण्डा दिने गरेको छ । यसको अण्डा तथा मासुले विभिन्न प्रकारका रोगसमेत निको हुने बताइएकाले स्थानीयबासीको रोजाइमा पनि उक्त चराको अण्डा तथा मासु पर्न थालेको छ ।

कात्तिक १९ गते, २०७७ - १२:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस वर्षको हिउँदमा गैँडा गणना हुने

चितवन । गत दुई वर्ष चाहेर पनि गणना हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ । नेपालमा...   

कारागारबाट कैदी फरार घटनामा २ जना प्रहरी निलम्बित

चितवन । जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा...   

इलाममा चियाको अध्ययन तथा परीक्षण केन्द्र शिलान्यास

पशुपतिनगर । नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले इलाममा चिया...   
२० महिनापछि बोइङ ७३७ म्याक्सले अमेरिकामा उडान सुरु गर्दै

२० महिनापछि बोइङ ७३७ म्याक्सले अमेरिकामा उडान सुरु गर्दै

बोइङ ७३७ म्याक्सले सन् २०१९ मा दुई ठूला दुर्घटना व्यहोरेसँगै अवरुद्ध उडान सेवालाई बुधबारदेखि सञ्चालनमा...   

ट्रम्पद्वारा सन् २०२४ मा पुनः निर्वाचन लड्नसक्ने भनाइसहितको भिडियो सार्वजनिक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्याकालको लागि भएको निर्वाचन दौडमा पराजित...   

नेकपा फुट्नका लागि बनेको पार्टी होइन : मुख्यमन्त्री राई

इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको...   

विदेशी पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि, प्रवद्र्धन रणनीति बनाउँदै बोर्ड

काठमाडौँ । कोभिड–१९ महामारीको जोखिम कायम रहँदा पनि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामा क्रमशः...   

मापदण्ड नपुगेका ८ उद्योगको उत्पादन रोक्का, एकको फुकुवा

कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन...   

नूनको गुणस्तर अनुगमन

कैलाली । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा आयोडिनयुक्त नून आपूर्ति गर्ने संस्था साल्ट ट्रेडिङ्...   

मालपोत कार्यालयविरुद्ध उच्च अदालतमा रिट

कर्णाली । जिल्ला मालपोत कार्यालय सुर्खेतका विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । कार्यालयमा सेवाग्राहीले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top