बागलुङ । बागलुङ जिल्लास्थित बरेङ गाउँपालिकाको बरेङ बजारको सडक कालोपत्रे गरिएको छ । दशैं बिदाको समयमा स्थानीय मजदूरलाई प्रयोग गर्दै निर्माण कम्पनीले कालोपत्रे गरेको हो ।
कोरोनाको महामारीका कारण मजदूरहरू पाउन कठिन भएको भन्दै लामो समयदेखि रोकिएको कालोपत्रेको कामले दशैंको समयमा प्राथमिकता पाउँदा झण्डै एक किलोमिटर सडक पक्की बनेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । “बरेङ बजारमा सडक कालोपत्रेको काम ९६ प्रतिशत सकियो” उनले भने, “यो हाम्रो पालिकाको पहिलो कालोपत्रे सडक हो ।”
साँघुरो बजार क्षेत्रलाई फराकिलो बनाएर सडक कालोपत्रे गरिएकामा गाउँपालिकाले यसलाई गौरवको योजना भन्दै प्राथमिकतामा राखेको थियो । यो सडक बरेङ बजारदेखि कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने सडकखण्ड अन्तर्गत पर्छ । नेपाल सरकारको ५० प्रतिशत अनुदान र गाउँपालिकाको ५० प्रतिशत लगानी रहेको एक किलोमिटर लम्बाई र ५.५ मिटर चौडाईको सो सडका लागि रू. तीन करोड ४४ लाखको लागतमा कालोपत्र गर्न केपी कन्ट्रक्सनले बोलपत्रमार्फत स्वीकृति पाएको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: