Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

किसानहरू ८०० रुपैयाँ सस्तोमा बेच्न बाध्य, बिचौलियालाई मस्ती

काठमाडौं । किसानलाई प्रोत्साहन र सुनिश्चित बचतको ग्यारेन्टी गर्न भन्दै सरकारले २०७७ असार २ मा धानको न्यूनतम समर्थन मूल्य तोक्यो । धानबाली लगाउनुअगावै पहिलो पटक मोटा धानको प्रतिक्विन्टल २७ सय ३५ र मध्यम धानको २८ सय ८५ रुपैयाँ मूल्य निर्धारण भयो ।

आजको कान्तिपुर दैनिकमा खबर छ - आर्थिक वर्ष २०७६–७७ को तुलनामा यो प्रतिक्विन्टल २ सय रुपैयाँ बढी हो तर किसानले धान बेच्ने बेला समर्थन मूल्य पाउँदैनन् । उनीहरूलाई धानको लागत उठाउनै मुस्किल परेको छ । सरकारी संयन्त्र गाउँगाउँमा नहुँदा सरकारले निर्धारण गरेको दरभन्दा क्विन्टलमै करिब ८ सय रुपैयाँसम्म सस्तोमा धान बेच्न किसान बाध्य छन् ।

कञ्चनपुरमा भदौ अन्तिमसम्म धानको मूल्य २९ सय रुपैयाँ प्रतिक्विन्टल पुगेको थियो, जब धान उत्पादन भएर कृषकले बिक्री गर्न थाले, १९ सयसम्म झर्‍यो । ग्रामीण भेगमा अहिले मिल सञ्चालक तथा गल्ला खरिदकर्ताहरूले मनपरी हिसाबले मूल्य तोकेर धान खरिद गरिरहेका छन् । उनीहरूले १९ सय ५० देखि २ हजार ५० सम्ममा किनिरहेका छन् ।

कञ्चनपुरको वेदकोट नगरपालिका–६ मुसेपानीका रोशन चौधरीले असोज दोस्रो साता धान थ्रेसिङ गरिसकेका थिए । बिक्री गर्ने धान बोरामा हालेर ठिक्क पारेका थिए । भाउ बढ्ला र मिलमा बिक्री गर्न लैजाउँला भन्ने सोचमा उनी थिए ।

भाउ बढ्नेभन्दा पनि घट्न थालेपछि उनले गत वर्षभन्दा सस्तोमा धान बिक्री गरे । चौधरीले गत वर्ष प्रतिक्विन्टल २२ सयमा धान बिक्री गरेका थिए । यस पटक डेढ सय सस्तोमा धान बेचेको उनले बताए । ‘दसरपन्ध्र दिनअघि नै धान चुटिसकेको थिएँ,’ उनले भने, ‘भाउ बढ्ला भनेर कुरेको थिएँ, फेरि धेरै दिनसम्म राख्न ठाउँ पनि थिएन, अनि सस्तोमै बिक्री गरें ।’

चौधरीले ३५ क्विन्टल धान प्रतिक्विन्टल २ हजार ५० का दरले मिलमा बिक्री गरे । खेत जोताइ, मलबीउ खरिदका लागि पनि खर्च नहुँदा उनले चाँडै बेच्नुपरेको बताए ।

समर्थन मूल्यको फाइदा बिचौलियाले उठाइरहेको किसानको गुनासो छ । ‘सरकारले धानको मूल्य तोक्दा खुसी थियौं तर बेच्न कहाँ जाने ?’ बाराका किसान अशोक कलवारले भने, ‘त्यसको फाइदा बिचौलियाले उठाइरहेका छन् । किसानले प्रतिक्विन्टल २१ सयदेखि २३ सय रुपैयाँमा बिक्री गरिरहेका छन् ।’

कलवारका अनुसार त्यस क्षेत्रमा मोटा धान २१ सयदेखि २२ सय र मध्यम २१ सयदेखि २३ सय रुपैयाँमा बिक्री भइरहेको छ । गाउँकै गोला (गाउँकै काँटा) मा प्रतिक्विन्टल २१ सय रुपैयाँका दरले १३ क्विन्टल धान बिक्री गरेको उनले जानकारी दिए ।

‘गोलामा मनोमानी रेट छ, किसानले त्यहीं बिक्री गर्नुपर्ने बाध्यता छ, त्यसपछि बिचौलियाले मिलमा कतिमा बेच्छन्, किसानलाई थाहा हुँदैन,’ उनले भने, ‘सरकारी दरभाउ देऊ भन्दा धान किन्नै मान्दैनन्, किसान धेरै मारमा परे ।’

प्रतिक्विन्टल बिक्री गर्दा आउने २१–२२ सय रुपैयाँ मल, श्रमिक, सिँचाइमै सकिने किसान बताउँछन् । सिरहाका किसान रामविलास सदाको दुखेसो पनि उस्तै छ । १० टन धान प्रतिक्विन्टल २२ सय रुपैयाँमा बिक्री गरेको उनले सुनाए । ‘त्यो मूल्यमा बचत नै हुँदैन तर किसानको समस्या सरकारले बुझेन,’ सदाले भने, ‘बाध्यताले काँटावालालाई बेच्नुपरेको छ ।’

बिचौलिया, काँटावाला र मिलले बढी नाफा लिए पनि नियमन गर्ने निकाय छैन । यसअघि समर्थन मूल्य तोकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्दै आएको थियो तर लक्ष्यअनुसार कहिल्यै किनेन । कम्पनीले गत वर्ष ३० हजार टन धान किन्ने लक्ष्य लिएकामा करिब २२ हजार टनमात्रै खरिद गरेको थियो । सीमित जिल्लामा मात्रै कार्यालय हुँदा गाउँगाउँका किसानले समर्थन मूल्यको लाभ लिन सकेका छैनन् ।

यस वर्ष ६० हजार टन खरिद गर्ने योजना रहेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिइन् । १२ वटा कार्यालय (तराईमा ११ वटा कार्यालय) अन्तर्गत रहेर धान खरिद गरिने उनको भनाइ छ तर धान खरिद प्रक्रिया राजापुरबाहेक अन्य क्षेत्रमा सुरु भएको छैन । राजापुरमा कात्तिक १४ देखि मात्रै सुरु भएको छ । प्रवक्ता न्यौपानेले भने अब तत्काल महेन्द्रनगर, धनगढी, नेपालगन्जलगायत क्षेत्रमा खरिद सुरु गरिने बताइन् । त्यसलगत्तै पूर्वका जिल्लाबाट पनि खरिद गरिने उनले बताइन् ।

खाद्यले धान खरिद प्रक्रिया ढिलाइ गर्दा गोलारमिलले सस्तो दरमा धमाधम किनिरहेका छन् । खाद्यको पहुँच नभएको क्षेत्रमा बिचौलियाकै मनोमानी चलिरहेको किसानको गुनासो छ । सदाका अनुसार आफ्नो गाउँबाट करिब १३ किलोमिटर टाढा रहेको लहानमा प्रतिक्विन्टल २३ सय रुपैयाँमा धान बिक्री भइरहेको छ तर सिरहामा प्रतिक्विन्टल २२ सय रुपैयाँ मात्रै छ ।

रौतहटका किसान ऋषि तिवारीको भनाइ पनि उस्तै छ । उनले आठ क्विन्टल धान प्रतिक्विन्टल २१ सय रुपैयाँका दरले बेचे । ‘हामीलाई पैसाको खाँचो हुन्छ, त्यही भएर पनि सस्तोमा बेच्न बाध्य भयौं,’ उनले भने । ‘भण्डारण नहुँदा धान बिग्रिने सम्भावना हुन्छ तर मिलले बढी मूल्य दिँदैन,’ उनले भने । रौतहटका किसानले प्रतिक्विन्टल २१ सयदेखि २२ सय रुपैयाँसम्ममा धान बेचिरहेको उनले गुनासो गरे ।

बारा, सिरहा, कैलाली, कञ्चनपुर, बाँकेलगायत क्षेत्रमा सस्तो दरमा धान बिक्री भइरहेको राष्ट्रिय कृषक समूह महासंघ अध्यक्ष नवराज बस्नेतले जानकारी दिए । ‘कतिपय मिलले किसानले धान नदिए भारतबाट ल्याउने धम्की दिएर सस्तोमा किनेका छन्,’ उनले भने, ‘किसानको धान बिक्री नभए थप समस्या हुन्छ । बाध्य भएर उनीहरूले सस्तोमै भए पनि बेच्नुपरेको छ ।’

सरकारले निर्णय गरेर नियमन नगरिदिँदा किसानलाई समस्या भएको उनको भनाइ छ । कार्यविधि बनाउन ढिलाइ गर्दा किसानले मूल्य पाउन नसकेको अध्यक्ष बस्नेतले बताए । ‘किसानको नजिकको सरकार भनेकै स्थानीय तह हो, केन्द्रले समर्थन मूल्य तोकेपछि पालिकाहरूले खरिद गर्ने, भण्डारण गर्ने, स्थानीय क्षेत्रमै खपत नभए अन्य पालिकामा खपत गराउने गर्नुपथ्र्यो,’ उनले भने, ‘तर कार्ययोजना नबन्दा समस्या देखियो । समर्थन मूल्यको फाइदा बिचौलियालाई भयो ।’

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का जनक धामीले पनि प्रतिक्विन्टल २१ सयका दरले धान बिक्री गरे । उनले पनि खर्च नभएर सस्तोमै धान बिक्री गर्नुपरेको बताए । ‘मल, बीउ र जोताइको लागत हरेक वर्ष बढ्छ तर धानको भाउ घट्छ,’ धामीले भने, ‘सरकारले समयमै मूल्य नतोक्दा पनि हामीले भाउ पाउँदैनौं ।’

जिल्लास्थित प्राथमिक खरिद समितिले स्थानीय स्तरमा दररेट निर्धारण नगर्दा किसान सस्तोमै धान बेच्न बाध्य भएका हुन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिले जिल्लाको वस्तुस्थिति, उत्पादनको अवस्था र बजार भाउका आधारमा मूल्य निर्धारण गर्ने गर्दछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साविकको खाद्य संस्थान) धान खरिद गर्न सुरु गरेपछि मात्रै मूल्य निर्धारण हुने गरेको छ । कञ्चनपुरमा दसैंलगत्तै मूल्य निर्धारण गरेर धान खरिद सुरु हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरका प्रमुख तपेन्द्र उपाध्यायले बताए ।

‘सरकारले निर्धारण गरेकै मूल्यको सेरोफेरोमा हामीले पनि निर्धारण गर्छौं,’ उनले भने, ‘हामीले मूल्य निर्धारण गरेपछि खरिद सुरु गर्नुपर्छ, अहिले प्राविधिक रूपमा धान खरिद गर्न सकिने अवस्था छैन ।’ उनका अनुसार अहिले धानमा चिस्यानको मात्रा बढी छ । चिस्यान बढी भएको धान खरिद गर्दा लामो समय स्टोर गर्न सकिँदैन ।

लिमिटेडले धानमा चिस्यानको मात्रा १८ प्रतिशतसम्म भए मात्रै खरिद गर्दछ । अहिले चिस्यानको मात्रा २२ प्रतिशतसम्म भेटिएको उपाध्यायले बताए । ‘बढी चिस्यान भएको धान लामो समय स्टोर गर्न सकिँदैन,’ उनले भने, ‘हामीले १०र१२ वर्षसम्म पनि स्टोर गर्नुपर्ने हुन्छ, यस्तो अवस्थामा चिस्यान बढी भएको धान गोदाममै कुहिन सक्छ ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका २०७७ मार्फत व्यवस्थित गरिने बताउँछन् । किसानले उत्पादन गरेको धान सहकारीमार्फत खरिद गरिने उनको भनाइ छ ।

‘किसानलाई पैसा चाहिन्छ, साहुले होल्ड गरेर राखेको हुन्छ, त्यो खालको सम्बन्ध पनि देखिन्छ,’ उनले भने, ‘अब धान बेच्नेलाई निर्देशिकाले काम गर्छ ।’ निर्देशिकाअनुसार सहकारीले किसानबाट न्यूनतम मूल्यमा धान खरिद गर्दा प्रतिक्विन्टल १ सय १२ रुपैयाँ अनुदान दिइने उल्लेख छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies