Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

१२ दिनमा ओली–प्रचण्ड भेट, तर तय भएन सचिवालय बैठक

काठमाडौं । सरकार र पार्टीभित्रका दर्जनौं मुद्दा किनारा लगाउँदै तिक्ततापूर्ण मनमुटावमा उत्रेका नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १२औँ दिनमा भेट भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कर्णाली विवाद समाधानबारे ४ कात्तिकको बिहान भेट र साँझ टेलिफोनमा तिक्ततापूर्ण संवाद गरेका ओली–प्रचण्डबीच मनमुटाव बढेको थियो । तर, शनिबार भएको संवादमा सचिवालय बैठक बोलाउने विषयमा भने ठोस सहमति भएको छैन ।

भेटमा प्रचण्डले पार्टीभित्र देखापरेका पछिल्ला समस्या र असमझदारीका विषयमाथि केन्द्रीय सचिवालय बैठकमा छलफल गर्न प्रस्ताव गरेका छन् । कर्णाली प्रदेशको समस्या, भारतीय गुप्चतर निकाय ‘रअ’का प्रमुख सामन्त गोयलको नेपाल भ्रमण, पर्सा झडपमा मुकेश चौरसियाको हत्या तथा कोभिड– १९ को समस्याका विषयमा केन्द्रीय सचिवालय बैठकको एजेन्डा बनाएर छलफल गर्नुपर्ने प्रचण्डको प्रस्ताव थियो ।

तर, प्रचण्डको त्यस्तो प्रस्तावप्रति प्रधानमन्त्री ओलीले ठोस जवाफ नदिएको उनीनिकट एक नेताले बताएका छन् । ‘पार्टीभित्र उत्पन्न पछिल्लो समस्या र केही आशंकासहित विवादास्पद बनेका पछिल्ला घटनाक्रमसँग जोडिएका विषयलाई भेटमा उहाँले सचिवालयमै छलफल गर्न प्रस्ताव गर्नुभयो,’ प्रचण्डलाई उद्धृत गर्दै उनीनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘तर, सचिवालय बैठक कहिले बस्ने र के–के विषयमा छलफल गर्ने विषयमा प्रधानमन्त्रीको तर्फबाट कुनै ठोस जवाफ आएको छैन ।’

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्षबीच पछिल्ला घटनाक्रमसहित समसामयिक विषयमै छलफल भएको जानकारी दिए । ‘अहिलेको समसामयिक विभिन्न सन्दर्भलाई लिएर उहाँहरूबीच भेटघाट भयो । शुक्रबारसम्म अर्का अध्यक्ष आइसोलेसनमा बस्नुभएकाले टेलिफोनमा मात्र कुराकानी भइरहेको थियो, त्यसैले शनिबार उहाँहरूबीच भेटघाट भयो र फेरि पनि भेटौंला भनेर छुट्नु भयो,’ नेम्वाङले भने । उनले पछिल्ला घटनाक्रमका विषयमा दुई अध्यक्षबीच निरन्तर संवाद चल्ने समेत जानकारी दिए ।

प्रचण्डसँगको छलफललगत्तै महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता नेम्वाङले प्रधानमन्त्री ओलीसँग बेग्लै छलफल गरेका थिए । गत ४ कात्तिकमा कर्णाली प्रदेशको विवाद समाधानबारे ओली र प्रचण्डका तर्फबाट अलग–अलग प्रेस नोट जारी भएपछि तिक्त बनेको सम्बन्ध संवादहीनतामा रूपान्तरित भएपछि उपनेता नेम्वाङसहित महासचिव पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल संवाद जोड्न सक्रिय भएका थिए ।

२६ भदौमा सम्पन्न स्थायी समिति बैठकको निर्णय कार्यान्वयनका विषयमा केन्द्रित रहेर एक महिनासम्म लगातार भेटवार्ता र छलफल भए पनि कर्णाली प्रदेशको समस्या, मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरूको नियुक्तिलगत्तै सम्बन्ध तिक्त बनेपछि ओली–प्रचण्डले भेटघाट र छलफलको औचित्य नभएको भन्दै संवाद बन्द गरेका थिए । तर, नेम्वाङसहितका नेताहरूको सक्रियतासँगै ओली र प्रचण्डबीच ११ दिनपछि भेटवार्ता भएको हो ।

छलफलमा प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुईपटक सचिवालय बैठक बोलाउन माग गरेको विषयसमेत जानकारी गराएका थिए । श्रेष्ठले गत १ र ९ कात्तिकमा कोभिड– १९, पर्सा झडप र कर्णाली प्रदेशमा उत्पन्न समस्यालगायत विषयमा छलफल गर्न माग गर्दै अध्यक्ष प्रचण्डमार्फत लिखित ध्यानाकर्षण गराएका छन् ।

कर्णाली विवाद, पर्सा घटना, भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख गोयलको नेपाल भ्रमणलगायत मुद्दामा नौ सदस्यीय सचिवालयमा वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच नेता एकैठाउँ छन् । नेपालसहित झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता श्रेष्ठले ती विषयमा छलफल गर्न छिटो सचिवालय बैठकका लागि पहल गर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies