Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पर्यटक आकर्षणको केन्द्र बन्यो गुराँस भ्यूटावर

कर्णाली । दैलेख–सुर्खेत सडकखण्डमा पर्ने गुराँसे आफैँमा रमणीय क्षेत्र हो । यात्रुहरु गुराँसेमा एकछिन रोकिएर आनन्द नलिई सायदै कोही पनि गन्तव्यतिर लाग्दैनन् । प्राकृतिक रुपले मनमोहक यहाँ भ्यूटावर९दृश्यावलोकन स्तम्भ० तथा गुराँस उद्यान बनेपछि झन् यात्रुहरुको आकर्षण बढेको छ ।

माथिल्लो कर्णाली जाने यात्रुहरुले समेत यही सडक प्रयोग गर्ने हुँदा गुराँसेमा यात्रुहरुको बाक्लो चाप हुने गर्दछ । कोरोना भाइरसको त्रासका बीच पनि यात्रुहरुको रोजाइँमा भ्यूटावर बन्ने गरेको छ । अग्लो डाँडा, त्यसैमाथि भ्यूटावर, फूलसहितको गुराँसको रुख, रुखमा बसेका डाँफेलगायतका चराको आकृति देख्न पाइन्छ यहाँ । भ्यूटावर निर्माण समितिका अध्यक्ष मानबहादुर घर्तीले गुराँसको प्रवद्र्धन गर्ने उद्देश्यले उद्यान निर्माण गरेको बताए। “गुराँसैगुराँसको जङ्गल भएकाले गाउँपालिकाको नामकरण गुराँसबाट गरियो, गुराँस नफुल्ने याममा समेत गुराँस देखाउन उद्यान बनाएका हौँ”, उनले भने, “यसले गर्दा पर्यटकको आकर्षण बढ्यो ।”

भ्यूटावरबाट सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिमका विभिन्न भूभागदेखि सुदूरपश्चिमका अपिसैपाल हिमालको अवलोकन गर्न सकिन्छ । प्रदेश राजधानी वीरेन्द्रनगरबाट घुमफिरका लागि त्यहाँ पुग्नेहरुको सङ्ख्या उत्तिकै हुन्छ । अझ यो सङ्ख्या बिदाका दिन बढी हुने गरेको स्थानीयवासी बताउँछन् । भ्यूटावर तथा उद्यानका कारण चहलपहल बढ्नुका साथै आसपासका होटल व्यवसायले गति लिन थालेका छन् ।

गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गुराँस उद्यान गाउँपालिकाको पहिचानसँग जोडिएको बताए । “फोटो/सेल्फी लिनेको थामिनसक्नु भीडभाड हुन्छ, यहाँ आउनेहरु सबै आनन्दित भएर फर्कने गरेका छन्”, उहाँले भन्नुभयो । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमा डिभिजन वन कार्यालय दैलेखले उपभोक्ता समितिमार्फत भ्यूटावर निर्माण गरेको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies