Khabar Dabali Logo
  December 1, Tue

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा । गोरखा दरबारस्थित दसैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।

विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ बजेर मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

‘गत वर्ष भक्तजनहरूको ठूलो भिडभाड लाग्ने गर्थ्यो,’ उनले भने, ‘यो पटक त्यो हुन सकेन, सामान्यरूपमा विधि पुर्‍याएर फूलपाती पठाएका छौं ।’

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैंको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरबारको दसैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाइएको हो ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण भक्तजनहरुको सहभागिता बिना नै यो पटक विधिपूर्वक दरबारस्थित दसैंघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाई गरिएको उनले बताए ।

सतिपिपलसम्म बोकेर ल्याइएको फुलपाती राखेर हनुमान ढोकामा फुलपाती पठाइएको हो । गोरखा दरबारको दसैंघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।

कात्तिक ७ गते, २०७७ - ११:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफन्तबाटै छोरीचेली असुरक्षित

रौतहट । प्रदेश २ का दुई जिल्लामा बाबुबाटै ‘कन्ट्रयाक्ट किलर’ (भाडाका हत्यारा) मार्फत छोरीको हत्या...   
सलबलाए राजावादी

सलबलाए राजावादी

काठमाडौं । सरकार र व्यवस्थाको विरोधमा सडकमा नाराबाजी लाग्ने क्रम बढ्दो अवस्थामा छ । गणतन्त्रविरुद्ध...   

देशभर तीन हजार किमि सडक मर्मत गरिँदै

काठमाडौं । मुलुकभरको गरी तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिने भएको छ । ‘समृद्ध नेपालका लागि सडक,...   

समुदायमा संक्रमण : काठमाडौँको संक्रमण दर ५.९७ प्रतिशत रहेको एन्टिजेन परीक्षणको प्रारम्भिक नतिजा

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा कोरोनाको अवस्था पत्ता लगाउन एन्टिजेन परीक्षण थालेको छ । तर,...   
प्रहरी महानिरीक्षककै ब्याचीहरू एसएसपी मात्र, जुनियर अधिकृत विश्वराज पोखरेल एआइजीमा सिफारिस

प्रहरी महानिरीक्षककै ब्याचीहरू एसएसपी मात्र, जुनियर अधिकृत विश्वराज पोखरेल एआइजीमा सिफारिस

आगामी चुनावमा आफू अनुकूल आइजिपी बनाउन दरबन्दी थपेर एआइजी बढुवा काठमाडौं । चेन अफ कमान्डमा चल्ने प्रहरी...   

राज्य व्यवस्था समितिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था सुशासन समितिले नेपालको नाम ‘संघीय लोकतान्त्रिक...   

वाग्मती प्रदेशले अघि बढायाे रिक्त कर्मचारी व्यवस्थापनको काम

काठमाडौं । कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि वाग्मती प्रदेश सरकारले रिक्त कर्मचारी...   

बैतडीको दशरथचन्द नगरपालिका प्रमुखसहित १८ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार...   
चीनका रक्षामन्त्री वेई आज नेपाल आउँदै

चीनका रक्षामन्त्री वेई आज नेपाल आउँदै

काठमाडौँ । आज चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपाल आउँदै छन् । २०७६ कात्तिक १...   

प्रहरी अधिकारीविरुद्ध चार महिनामै ३१२ उजुरी

काठमाडौं । प्रहरी अधिकारीविरुद्धका उजुरी बढ्दै गएका छन् । पछिल्लो चार महिनामा मात्र प्रहरीविरुद्ध...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top