Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

दुई प्रहरीको हत्याले आशंका

धनगढी। कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले केही आशंका उब्जाएको छ । प्रहरीले केराउ (मटर) का मुख्य तस्करलाई पक्राउ गरेको छैन । पक्राउपछि सार्वजनिक गरिएका सात जना अधिकांश भरिया मात्रै पाइएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्ट शनिबार राति १० देखि ११ बजेको बीचमा असइ विक र जवान साउदको हत्या भएको अनुमान गर्छन् । दुवै जना राति १० बजेदेखि नै सम्पर्कविहीन भएका थिए। तर, त्यसबारे जिल्ला प्रहरी कार्यालयमा आइतबार बिहान १० बजे मात्रै खबर गरिएको थियो । माथिल्लो निकायमा समयमै किन खबर गरिएन ? यसबारे जिल्ला प्रहरी प्रवक्ता विष्ट भन्छन्, ‘पालैपालो गस्ती जाने गरिन्छ । गस्तीमा फर्किने समयको ठेगान हुँदैन । त्यसैले ढिलो गरी खबर गरिएको हुन सक्छ ।’

सामान्यतः गस्तीमा रहेका हवल्दारसँग वाकेटोकी हुन्छ । असइको टोलीसँग नहुने कुरै भएन । संवेदनशील क्षेत्रमा दुई जना मात्रै गस्ती गएका बेला असइ विकले माथिल्लो निकायमा जाहेर गरेका होलान् । केही परिहाले आकस्मिक टोलीका लागि कुरा गरे होलान् । तर, प्रहरी यसबारे अनुसन्धान भइरहेको छ भनेर पन्छिन्छ । सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तम सुवेदी यसबारे बोलेका छैनन् ।

सीमा नाकामा हुने चोरी तस्करी र आपराधिक गिरोह समात्न जाने क्रममा स्थानीय कमान्डरले माथिको कमान्डरलाई जानकारी वा सूचना दिने फोर्सको ‘चेन अफ कमान्ड’भित्रै पर्छ । त्यसो हो भने ब्याक फोर्स किन गएन ? एक प्रहरी अधिकृत भन्छन्, ‘असइ विक दुस्साहसी र निडर थिए । चौकीमा थोरै जनशक्ति भएकाले पनि उनीहरू दुई जना मात्र गस्तीमा निस्किए । तस्करसँग सेटिङ गरेको भए उनीहरू बाँच्थे होलान् तर इमानदार भएकाले मारिए ।’

असइ विक र जवान साउद तस्करी भइरहेको सूचनाका आधारमा बेलुकीको खाना खाएर मोटरसाइकल चढी सीमातिर गस्तीमा गएका थिए । उनीहरूले आफू चढेको मोटरसाइकल नजिकैको बस्तीमा एक घरमा राखे । आआफ्नो स्लिपिङ ब्याग समातेर उनीहरू तस्कर ढुक्न बसेको हुन सक्ने प्रहरीको अनुमान छ । उनीहरूले मोटरसाइकल छाडेको स्थानभन्दा घटनास्थल झण्डै २ किमि दूरीमा छ ।

जुगेडा गाउँ धनगढी उपमहानगरपालिका–९, १० र १२ को तल्लो भाग (सीमातर्फको भाग) हो । त्यहाँबाट तस्करी हुने गरेको सबैलाई थाहा छ । प्रहरी त्यसबारे अनभिज्ञ रहने कुरै भएन । अझ त्यो क्षेत्रमा भारत र नेपालका तस्कर हतियारसहित फेला परेका, गोली हानेर भागेका घटना भएकै थिए । त्यसैले प्रहरीले त्यस क्षेत्रलाई अति संवेदनशील क्षेत्रका रूपमा राखेको छ ।

त्यही दिन किन गएन सशस्त्रको गस्ती ?

दुई प्रहरी मारिएको घटनास्थलको पूर्व र पश्चिम सशस्त्र प्रहरीका दुईवटा बीओपी छन् । पूर्वतर्फको बीओपीको दूरी झण्डै एक किमि मात्रै छ । तर, त्यस रात सशस्त्र प्रहरी गस्तीमा गएको देखिँदैन । ‘संयोग हो वा जानी–जानी हो थाहा भएन । सधैं राति गस्तीमा भेट हुने सशस्त्र प्रहरी त्यो दिन भेटिएन’, जुगेडा अस्थायी प्रहरी पोस्टमा कार्यरत एक सुरक्षाकर्मीले भने ।

सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच बेला–बेला विवाद हुने गरेको छ । एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी मारिएको टीकापुर घटनामा पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीको विवाद सतहमै आएको थियो । ‘केराउ (मटर) तस्करले माल पास गराइरहेको सूचना सशस्त्र प्रहरीलाई थियो कि ?’, एक स्थानीयले आशंका गरे, ‘सेटिङ भएका स्थानमा आँखा चिम्लिने परिपाटीले घटना भयो कि वा त्यो संयोग थियो ?’

लकडाउनपछि त नेपाल–भारत सिमानामा सशस्त्र प्रहरीको कडा पहरा छ । सीमा क्षेत्रमा एकबाट अर्को ठाउँको पोस्ट देखिने गरी सशस्त्र प्रहरी तैनाथ छन् । प्रश्न उठ्छ, सशस्त्र प्रहरीले यति ठूलो तस्करी भइरहेको किन थाहा पाएन ?

जुगेडामा थोरै जनशक्ति किन ?

सुदूरपश्चिम प्रदेश प्रहरीको कमान्ड डीआईजी सुवेदीले गरिरहेका छन् । कैलालीको कमान्डमा अनुपशमशेर जबरा छन् । जबरा कोरोना संक्रमित भएका कारण बिदामा छन् । हत्याकाण्डपछि कञ्चनुरको दंगा प्रहरी गणबाट एसपी दिलीपसिंह देउवालाई कैलालीको कमान्ड सम्हाल्न खटाइएको छ ।

डीआईजी सुवेदी र एसपी जबरालाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी चौकीको वर्गीकरणबारे जानकारी नहुने कुरै रहेन । नेपाल प्रहरी र सशस्त्र प्रहरीले जुगेडा आसपास क्षेत्रलाई अति संवेदनशील क्षेत्रका रूपमा राखेका छन् ।

तर, त्यहाँ असइको कमान्डमा ७ जन मात्रै प्रहरी जनशक्ति खटाइएको थियो । हत्याकाण्डपछि त्यस क्षेत्रमा सइको कमान्डमा १५ जनाको जनशक्ति पठाइएको छ । तस्करीको अखडामा प्रहरीको न्यून जनशक्तिका कारण पनि तस्करलाई मौका मिलेको देखिन्छ ।

अस्थायी प्रहरी चौकी रहेको धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष गोविन्द जोशी भन्छन्, ‘जुगेडामा प्रहरी जनशक्ति थप्न एसपी, सीडीओलाई पटक–पटक गुहार ग¥यौं । तर, केही सीप चलेन । अहिले यति ठूलो घटना भयो ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies