Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

देशैभरका धेरैजसो सडकमा खाल्डाखुल्डी, मर्मतका लागि छुट्टाइएको बजेट किन खर्च हुन सकेन ?

काठमाडौं । देशभरका राष्ट्रिय राजमार्गसहित शहरी सडक र ग्रामीण सडकमा मर्मतको अभावमा अवस्था झन खराब भइरहँदा सडक मर्मतका लागि छुट्टाइएको बजेट भने खर्च हुन सकेको छैन ।

सडक बोर्ड नेपालले गत आर्थिक वर्षमा छुट्टाएको बजेटमध्ये ६४ दशमलव ७२ प्रतिशत मात्रै खर्च भएको पाइएको छ । रणनीतिक सडक मर्मतको काम सडक विभागले गर्दै आएको छ । गत आवमा विभागको आर्थिक प्रगति ७१ दशमलव ५२ प्रतिशत छ भने नगरपलिकाको २४ दशमलव ४३ प्रतिशत छ । त्यस्तै, बोर्डले मर्मतका लागि छुट्ट्याइएको बजेटमध्ये १२ दशमलव ३२ प्रतिशत र स्थानीय पूर्वाधार विभागको १४ दशमलव ६३ प्रतिशत मात्र खर्च भएका छन् ।

सडक विभागलगायत अरु निकायले पनि निर्माणलाई ध्यान दिए पनि मर्मतलाई कम ध्यान दिएकोको बोर्डका प्राविधिक निर्देशक सागर ज्ञवलीले बताए । उनका अनुसार सडक विभागले अझै पनि विकास पुगेन भन्दै नयाँ निर्माणलाई बढी केन्द्रीत हुँदा मर्मतले कम प्राथमिकता पाएको छ । उनले भने, “सडक मर्मत लक्ष्यानुसार नहुनुमा बजेटभन्दा प्राथमिकतामा कमी हो ।”

नियमित सडक मर्मतसम्भारका लागि सुन्तला रङ्गका लुगा लगाएका व्यक्ति नियमित रुपमा सडकमा खटिनुपर्ने प्राविधिक निर्देशक ज्ञवलीले बताए । “नाला सफा गर्ने र सडकलाई दुरुस्त बनाउने जिम्मेवारी भए पनि राजमार्गमा उनीहरुलाई कम देख्ने गरिएको छ”, उनले भने, “यसको मतलब कार्यान्वयन कम भएको हो ।” बोर्डले नियमित, पटके, आवधिक, विशेष, आकस्मिक गरी सडकको अवस्था र आवश्यकताअनुसार मर्मतका लागि बजेट छुट्ट्याउँदै आएको छ । निर्देशक ज्ञवलीका अनुसार खाल्डा पुर्ने कामका लागि माग भएअनुसार नै पैसा दिए पनि खाल्डा टालिएको छैन । आवधिक मर्मत मागानुसार पैसा दिन नसकिएको तर छुट्ट्याइएको रकम समेत खर्च हुन नसकेको उनले बताए। उनले भने, “पाँच सय किमी माग हुँदा तीन सय किमीमा पनि काम भएको छैन् ।”

बोर्डले विनियोजन गरेको बजेट अनुसारको रकम खर्च नहुनुमा अर्को महत्वपूर्ण कारण कम रकममा ठेक्का कबुल हुनु पनि रहेको उहाँको भनाइ छ । काम गर्ने निकाय मात्रै होइन, निर्माण कम्पनीले पनि नयाँ निर्माणभन्दा सडक मर्मतमा कम चासो दिने गरेको पाइन्छ । उहाँले भन्नुभयो, “निर्माणमा थोरै क्षेत्रफलमा काम गर्दा धेरै रकमको काम हुन्छ तर मर्मतमा थोरै रकममा धेरै क्षेत्रफलमा काम हुने भएकाले पनि यसमा सबैको ध्यान कम गएको हो ।”

लक्ष्यानुसार मर्मत हुन नसक्नुका कारण आवश्यक जनशक्तिको कमी भएको सडक विभागले बताउँदै आएको छ । बोर्डको ऐनले स्थानीय सडकको मर्मत नगरपालिका र जिल्ला विकास समितिमार्फत गर्ने उल्लेख छ । सङ्घीय सडकका लागि ७० प्रतिशत र स्थानीय सडकलाई ३० प्रतिशत रकम छुट्ट्याइने गरिएको हो । अहिले पनि नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई पहिलेदेखि दिइँदै आइएको रकम दिएको छ । पहिले जिविसले निर्माण र मर्मत गर्ने ग्रामीण सडकको जिम्मेवारी अहिले गाउँपालिकामा आएकाले त्यो रकम गाउँपालिकालाई दिने गरिएको छ । देश सङ्घीयतामा गएपछि विभिन्न सडक प्रदेशमा हस्तान्तरण भएको छ । बोर्डले भने अहिलेसम्म प्रदेशमा सडक मर्मतका लागि रकम नछुट्ट्याइएको उनले बताए । उनले भने “यो वर्ष छुट्ट्याइने कि भनेर छलफल भइरहेको छ ।”

बोर्डले सडक उपभोग दस्तुर, पेट्रोलियम पदार्थमा सरकारले लिने लेबी, सवारीसाधन दर्ता शुल्कलगायतबाट सडक मर्मतका लागि बजेट प्राप्त गर्दछ । सडक उपभोग दस्तुर सिधैँ बोर्डको खातामा आउने भए पनि अरु रकम सरकारले लिएर छुट्टाएर दिने गरेको छ । उपभोग दस्तुरमध्ये दुई तिहाई रकम त्यही सडकमा खर्च गर्नुपर्छ । बुटवाल–नारायणगढ सडकमा अहिले एशियाली विकास बैँक ९एडिबी० ले विस्तार गरिरहेको छ तर सो सडकमा उठाइएको दस्तुर ऐनअनुसार अन्यत्र लैजान पाइँदैन भनेर रोकिएको बोर्डले जनाएको छ ।

सरकारले विगतमा चार ठाउँमा दस्तुर उठाउँदै आएकामा अरु थप सडकमा समेत विस्तारको लक्ष्य लिएको थियो । तर कोभिड–१९ का कारण सडकमा सवारीसाधन ह्वात्तै घटेकाले उठाइरहेको स्थानमा समेत रोकिएको छ । बोर्डले ‘हाम्रो सडक’ एप्समार्फत आएका गुनासोका आधारमा समेत मर्मत गराउँदै आएको छ । चालू आवमा सरकारले सडकको आवधिक मर्मत र पुनःस्थापनाको लागि सडक बोर्डमार्फ खर्च गर्ने गरी रु आठ अर्ब विनियोजन गरेको थियो । सरकारले सडक मर्मतका लागि बजेट अभाव हुन नदिन पेट्रोल र डिजेलमा थप रु एक लिने समेत निर्णय गरेको थियो । राजमार्ग तथा ठूला सडकको मर्मत सम्भारका लागि दीगो स्रोत सुनिश्चित गर्न सडक प्रयोगकर्ताबाट शुल्क लिने नीति अवलम्बन गर्ने बजेट बक्तव्यमा उल्लेख छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies