Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

रामेछापमा आन्तरिक राजस्व कार्यालयको शाखा सञ्चालन

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा आन्तरिक राजस्व कार्यालयको शाखा सञ्चालन भएपछि यसअघि काभ्रेको धुलिखेलबाट सेवा लिनपर्ने रामेछापवासीको बाध्यता हटेको छ । जिल्लामा शाखा कार्यालय सञ्चालन भएपछि करिब पाँच हजार ७०० करदातालाई १०० किलोमिटरको यात्रा गरेर आन्तरिक राजस्व कार्यालय धुलिखेल जानु नपर्ने भएको छ ।

करदाता सेवा कार्यालय रामेछापका प्रमुख तुलसीराम पन्थलीका अनुसार जिल्लाबाट सेवा शुरु भएसँगै करदाता सङ्ख्या थपिने र साना व्यवसायी पनि करको दायरामा आउने हुँदा अर्को वर्ष करदाता हजार नाघ्ने आनुमान गरिएको छ ।

उद्योग वाणिज्य सङ्घ रामेछापका अध्यक्ष केशव घिमिरेले राजस्व तिर्नका लागि रामेछाप उद्योग वाणिज्यको तर्फबाट सबै खाले सहयोग हुने बताए । “पहिला पनि राजस्व तिर्नका लागि आवश्यक सहयोग गरेकै थियौँ, अब पनि सबै व्यवसायीलाई करको दायरामा ल्याउन सहयोग गर्छौँ”, उनले बताए ।

मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले कर तिर्नका लागि धुलिखेल जानुपर्ने बाध्यता हटेको बताए । “कार्यालय अब नागरिकको हित हुनेगरी सधैँ सेवामा समर्पित हुनुपर्छ”, उनले बताए । राजस्व कार्यालय सञ्चालनाम आएसँगै व्यक्तिगत पान, व्यवसायिक पान, भ्याट, रजिष्टे«शन गर्ने, व्यवसाय दर्ता, खारेज, करचुक्ता प्रमाणपत्र प्रदान गर्ने, कर विवरण, आय विवरण, अन्तःशुल्क, विवरण बुझाउनेलगायतका सेवा लिन जिल्ला बाहिर जानु पर्दैन ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies