Khabar Dabali Logo
  October 19, Mon

मोरङमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

मोरङ । कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

मृतकलाई स्वासप्रस्वासमा समस्या आई बेहोस अवस्थामा यही असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मृतकको सोही दिन पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

बूढीगङ्गा गाउँपालिका–५ का ७१ वर्षीय वुद्धको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ । मृतकको गएको शनिबार सङ्क्रमण पुष्टि भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा आज मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। दमको पुरानो बिरामी रहेको वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखी उपचारको क्रममा मृत्यु भएको हो ।

अशोज २७ गते, २०७७ - ११:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

काठमाडौं । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध सङ्घीय...   

यातायातमन्त्री नेम्वाङलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको...   

नेकपा केन्द्रीय बैठक हुन अब १२ दिन मात्र बाँकी, सम्भव होला बैठक ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटीको...   

सभामुख सापकोटाले चाडपर्व खर्च कोरोना कोषमा जम्मा गर्ने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्ववापत प्राप्त हुने रकम सरकारले स्थापना गरेको कोरोना...   

कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट...   

थप ३ हजार ७९० लाई कोरोना, देशभर सक्रिय संख्या नाघ्यो ४० हजार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा...   

सोमबार काठमाडौं उपत्यकामा मात्रै २ हजार ३८८ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण...   

सांसद महेश बस्नेतद्वारा दशैंभत्ताको रकम भक्तपुर अस्पताललाई

भक्तपुर । भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्तावापतको...   

सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर(फेस...   

इन्टरनेट कम्पनी र प्राधिकरणको लापरवाहीले आतङ्कित बन्दै विद्यार्थी

भक्तपुर । अनलाइन कक्षामा सहभागी हुँदै आएकी सूर्यविनायक–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस स्कुलकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top