Khabar Dabali Logo
  October 23, Fri

पथरैया नदीको बेलुवाघाटमा पुल नहुँदा सास्ती

कैलाली । कैलालीको भजनी नगरपालिका–८ स्थित पथरैया नदीको बेलुवाघाटमा पुल नहुँदा नागरिकलाई सास्ती भएको छ । 

भजनी–८ स्थित दैलेखीटोल, जनकपुर, झवहीबाट जनकपुरसम्मका नागरिकको किनमेल गर्ने बजार टीकापुरको सत्ती, बेलुवा, भजनी र टीकापुर हो । यी बजार आउजाउ गर्न बेलुवाघाटमा पुल नहुँदा हजारौँ नागरिक समस्यामा परेका छन् । 

पुल हुँदा दुई किलोमिटर दूरी पार गरे सत्ती पुगिने त्यहाँका नागरिकलाई अहिले १० किलोमिटर दक्षिणपट्टि वा १५ किलोमिटर झवही गएर नदी पार गर्नुपरेको छ । पुल नहुँदा समस्या भएको भजनी–८ जनकपुरका अजय तिमिल्सिना बताउछन् ।

‘पुल नभएर नागरिकलाई निकै कठिन छ । दुई किलोमिटरमा टीकापुर पुग्न सकिन्छ तर पुल नभएकै कारण १५ किलोमिटरसम्मको यात्रा गर्न बाध्य छौं,’ तिमिल्सिनाले भने, ‘धेरै समयदेखि पुल निर्माणको माग गरिरहेका छौँ तर बनाउन पहल भएको छैन ।’

यो बाटो कृषि प्रयोजनका लागि प्रयोग हुन्छ । मलवारा क्षेत्रका नागरिक धेरैले खेतीपाती गर्छन् । यो बाटो भएर दैनिक हजारौं नागरिक हिँडडुल गर्छन् । यहाँका करिब १० हजार नागरिकले यो बाटोको प्रयोग गर्छन् । 

यतिबेला धान बिक्री गर्ने सिजनमा पुल नहुँदा समस्या भएको जनकपुरका खेमराज चौधरीले बताए । ‘हाम्रो धान खरिद बिक्री गर्ने बजार सत्ती र टीकापुर हो । गल्ला व्यापारीले धान खरिद शुरु गरेका छन्’, चौधरीले भने, ‘धान बिक्री गरेर घर खर्च चलाउने हामीलाई बिक्री गर्न लैजान समस्या भएको छ । पुल भए कति सहज हुने थियो ।’

चौधरीले पुल नभएकै कारण ढुवानी खर्च बढेको, समय बढी खर्च हुने गरेको बताए । ‘भजनी र टीकापुरका आठ गाउँका मानिसले प्रयोग गर्ने बाटोमा पुल छैन । विगतमा हिउँदमा पानी घटेर नदी वारपार गर्न सकिन्थ्यो,’ चौधरीले भने, ‘पछिल्ला वर्ष नदीमा पानीको बहाव घटेको छैन । नदी वारपार गर्न सकिँदैन ।’ पुल निर्माणका लागि धेरै पहल गरे पनि निर्माणमा कसैले ध्यान नदिएको उनीहरुको गुनासो छ ।
 
यहाँका स्थानीय तह टीकापुर र भजनीलाई जोड्ने यो घाटबाट दैनिक हजारौँ मानिसको आवतजावत हुन्छ, तर पुल नहुँदा यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन, व्यापारिक विकास गर्न पनि कठिन भएको स्थानीय ज्ञानबादुर रावलको भनाइ छ ।

‘पुल भएको भए यहाँको व्यापारिक विकासमा सहयोग पुग्ने थियो,’ रावल भन्छन्, ‘पुल बने यहाँ उत्पादन भएको तरकारीले समेत बजार पाउने थियो ।’

बाटो र पुलको समस्याले यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन कठिन भएको छ । महिलालाई सुत्केरी तथा गर्भवती अवस्थामा सेवा लिन कठिन भएको निर्मला तिमिल्सिनाको गुनासो छ । 

‘शल्यक्रिया गर्नुपर्ने बिरामीले बाहिर जानुपर्ने हुन्छ तर बाटोको समस्याले सेवा लिन कठिन भएको छ,’ उनले भने, ‘बाढीका कारण भएको बाटो पनि यातायात चलाउन कठिन छ । यहाँका महिलाले बढी समस्या भए यही ज्यान जाने अवस्था छ ।’

दुई स्थानीय तह टीकापुर र भजनीलाई जोड्ने यो घाटमा पुल निर्माणका लागि प्रदेश सरकारसँग माग गरिएको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताए । 

‘स्थानीय तहले आफैँले बनाउन सक्ने अवस्था छैन, दुवै स्थानीय तहले प्रदेश सरकारसँग माग गरेका छौं,’ चौधरी भन्छन्, ‘आश्वासन पाएका छौँ, अब पुल बन्छ ।’ नगरप्रमुख चौधरीले पुल निर्माण भएमा यहाँको व्यापारिक, आर्थिक र सामाजिक विकासमा सहयोग पुग्ने बताए । रासस

अशोज २३ गते, २०७७ - ०८:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटना : १६ घाइते, दुईको अवस्था गम्भिर

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै भएको सवारी दु्र्घटनामा परी १६ जना घाइते भएका छन् भने दुईको अवस्था...   

तेह्रथुममा सैनिक जवानको करेन्ट लागेर मृत्यु

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको ज्यान गएको छ ।सैनिक जवान बराइली...   

बागलुङमा सुत्केरी महिला सहित ९ जनामा कोरोना पाेजिटिभ देखियाे

बागलुङ । बागलुङका एक सुत्केरी महिला सहित ९ जनामा कोरोना पाेजिटिभ देखिएको छ । क्षयरोग उपचार केन्द्र...   

दाङमा दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना

दाङ । दाङमा दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार काठमाडौँबाट...   
गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा । गोरखा दरबारस्थित दसैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको...   

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुंगा । ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार...   

स्वास्थ्य सुरक्षाका लागि बसभित्र मौन बसौं

काठमाडौं । सरकारको आग्रहलाई बेवास्ता गरी दसैं मनाउन बस चढेर घर जाँदै हुनुहुन्छ ? त्यसो हो भने स्वास्थ्य...   

निर्मला हत्या प्रकरणः पुराना फाइल पल्टाउँदै प्रहरी

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले...   

खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले...   
दुई प्रहरीको हत्याले आशंका

दुई प्रहरीको हत्याले आशंका

धनगढी। कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top