Khabar Dabali Logo
  October 22, Thu

जीवन बिमाका एजेन्ट गैरकानुनी नेटवर्क मार्केटिङमा

काठमाडौं । कानुनद्वारा प्रतिबन्धित नेटवर्किङ व्यवसायलाई जीवन बिमा कम्पनीहरूले भने संस्थागत गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन २०७४ अनुसार नेपालमा कसैले पनि नेटवर्किङ शैलीमा व्यवसाय गर्न पाउँदैन । तर, जीवन बिमा कम्पनीहरूले एजेन्ट (अभिकर्ता) लाई कमिसन दिन पिरामिड शैलीको नेटवर्किङ शैलीलाई स्थापित गरेका हुन् ।

एक एजेन्टले आफूभन्दा तल विभिन्न तहमा अन्य एजेन्ट थप्दै उनीहरूका माध्यमबाट व्यवसाय बढाउने र तहअनुसार कमिसन दिने काम जीवन बिमा कम्पनीहरूले गरेका छन् । यसमा तल्लो तहका अभिकर्ताले गरेको व्यवसाय माथिल्लो तहका सबै अभिकर्ताले बाँडफाँड गर्छन् ।

नेपालमा सञ्चालित जीवन बिमा कम्पनीहरूले दुई वटादेखि चारवटासम्म तह निर्माण गरेको पाइएको छ । बिमा नियमावलीअनुसार अभिकर्ताले कमिसन र इन्सेन्टिभ पाउँछन् । तर, कम्पनीहरूले कमिसन र इन्सेन्टिभभन्दा पनि बढी आम्दानी हुने गरी अभिकर्ताहरूको नेटवर्क बनाइरहेका छन् ।

वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन २०७४ को दफा ११ मा पिरामिडमा आधारित व्यवसाय कसैले पनि गर्न पाइँदैन भन्ने उल्लेख छ । उक्त ऐनले आकर्षक उपहार दिई वा कमिसनको प्रलोभन देखाई सदस्य बनाउने वा महँगो वस्तु खरिद गर्न सञ्जाल बनाउन नपाइने भनेर स्पष्ट व्याख्या समेत गरेको छ ।

ऐनअनुसार दफा ११ बमोजिमको कसुर गरेमा ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षदेखि ५ वर्षसम्म कैद वा दुवै सजायसमेत हुन सक्ने व्यवस्था गरिएको छ । तर, जीवन बिमा कम्पनीका अभिकर्ताहरूको नेटवर्कमा विभिन्न प्रलोभन देखाई अभिकर्ताहरूलाई टार्गेट दिइने गरिन्छ ।

कम्पनीले व्यवसायको र नयाँ अभिकर्ताको समेत टार्गेट दिने गरेका छन् । टार्गेट पूरा गरेका अभिकर्ताहरूले बिमा समितिले निर्धारण गरेको कमिसनबाहेकको थप कमिसन, इन्सेन्टिभ र उपहार प्राप्त गर्दै आएका छन् ।

बिमा ऐनअनुसार एसएलसी उत्तीणर् गरेको र समितिले सञ्चालन गरेको अभिकर्ता तालिममा सहभागी भएको प्रमाणपत्र भएपछि कुनै पनि व्यक्ति अभिकर्ता बन्न योग्य हुन्छ ।

कम्पनीअनुसार जीवन बिमा अभिकर्ताहरूले चारवटासम्मको तह अभिकर्ता, एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर, स्टार एजेन्सी म्यानेजरसम्म बनाउने गरेका छन् । कम्पनीअनुसार अभिकर्ताको तहको नाम भने फरक-फरक राखेको पाइन्छ ।

पहिलो चरणको अभिकर्ताले औसतमा ५ लाखसम्मको कारोबार गरेपछि माथिल्लो तह अभिकर्ता एजेन्सी म्यानेजर बन्न सक्छन् । एजेन्सी म्यानेजरले औसतमा १ करोडको व्यवसाय गरेपछि सिनियर एजेन्सी म्यानेजर बन्न सक्छन् । सिनियर एजेन्सी म्यानेजरले ५ करोडसम्मको व्यवसाय गरेपछि अर्को तह स्टार एजेन्सी म्यानेजर बन्न सक्छन् ।

कम्पनीअनुसार व्यवसाय रकम भने फरक-फरक तोकिएको छ । यस्ता अभिकर्ताले आफूले गरेको व्यवसायको कमिसन र इन्सेन्टिभ पाउँछन् । माथिको प्रत्येक तहका एजेन्सी म्यानेजरहरूले पहिलो अभिकर्ताले गरेको व्यवसायबाट ४ प्रतिशत कमिसन पाउँछन् भने इन्सेन्टिभबापत कम्पनीबाट मासिक रूपमा तलब र विभिन्न स्किम समेत पाउँछन् ।

बिमा कम्पनीहरूअनुसार एजेन्सी म्यानेजरहरूको मासिक तलब फरक-फरक छ । त्यस्तै, कम्पनीहरूले अभिकर्तालाई विभिन्न खालका पुरस्कार, नगद र विदेश भ्रमणसमेत गराउँछन् । बिमा नियमावली २०४९ मा बिमा अभिकर्ताले पाउने कमिसन तोकिएको छ ।

ऐनअनुसार औसतमा २० वर्ष वा सोभन्दा बढी अवधिको बिमा पोलिसीमा अभिकर्ताले पहिलो, दोस्रो र तेस्रो वर्ष २५ प्रतिशत कमिसन पाउने व्यवस्था छ । त्यस्तै, चौथो वर्ष २० प्रतिशत र पाँचौँ वर्ष ५ प्रतिशत पाउँछ ।

१५ देखि १९ वर्षको अवधिमा पोलिसीमा पहिलो वर्ष २५, दोस्रो वर्ष २०, तेस्रो वर्ष १५, चौथो वर्ष १५ र पाँचौँ वर्ष ५ प्रतिशत कमिसनको व्यवस्था छ । १० देखि १४ वर्षसम्मको बिमा अवधिमा पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष नै १५ प्रतिशत कमिसन पाउँछ र पाँचौँ वर्षमा ५ प्रतिशत कमिसन अभिकर्ता पाउँछ ।

८ देखि ९ वर्षको अवधिमा पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष १० प्रतिशत र पाँचौँ वर्षमा ५ प्रतिशत कमिसन पाउने व्यवस्था छ । ५ देखि ७ वर्षे अवधिमा पहिलो र दोस्रो वर्ष १० प्रतिशत कमिसन, तेस्रो, चौथो, पाँचौँ वर्षमा ५ प्रतिशत कमिसनको व्यवस्था गरेको छ ।

बिमा समितिले कम्पनीहरूले पहिलो बिमाशुल्कको १८ प्रतिशत रकम व्यवसाय प्रवद्र्धनमा खर्च गर्न पाउने व्यवस्था गरेको छ । जसमा प्रचारप्रसार, विज्ञापन तथा इन्सेन्टिभ पनि समावेश गरेको छ । तर, अधिकांश कम्पनीहरूले व्यवसाय प्रवद्र्धनका लागि अन्य खर्च नगरी १८ प्रतिशत पूरै रकम अभिकर्ता इन्सेन्टिभ खर्च गर्ने गरेको पाइएको छ ।

बिमा समितिको तथ्यांकअनुसार गत आव ०७६र७७ मा जीवन बिमा कम्पनीहरूले प्रथम बिमाशुल्कबापत २४ करोड ७२ लाख ८९ हजार रुपैयाँ संकलन गरेका छन् । यसको १८ प्रतिशत अर्थात् ४ करोड ४५ लाख १२ हजार रुपैयाँ हुन आउँछ ।

जीवन बिमा कम्पनीहरूमा बनेका अभिकर्ताहरूको पिरामिड शैलीले बिमितहरूले पाउने प्रतिफलमा प्रत्यक्ष असर परेको छ । बिमा कम्पनीहरूले बिमितबाट संकलन गरेको रकम विभिन्न क्षेत्रमा लगानी गर्छन् । लगानी गरिएको रकमबाट प्राप्त प्रतिफलका आधारमा नै बिमितलाई बोनस निर्धारण गरिन्छ ।

तर, कम्पनीले संकलन गरेको बिमाशुल्कबाट नै अभिकर्तालाई थप इन्सेन्टिभ र विभिन्न उपहार दिइन्छ, जसले गर्दा अभिकर्ताले पाउनु पर्ने भन्दा कम प्रतिफल प्राप्त गर्ने बिमा समितिका पूर्वअध्यक्ष डा. फत्तबहादुर केसीले बताए ।

अशोज १९ गते, २०७७ - ०८:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुख्यात वन्यजन्तु तस्कर निटुपविरुद्ध रेड नोटिस

कुख्यात वन्यजन्तु तस्कर निटुपविरुद्ध रेड नोटिस

काठमाडौं । नेपालबाट संगठित रूपमा वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न ‘मोस्ट वान्टेड’ निटुप लामाविरुद्ध...   

फेरि सुर्खेत फर्कियो कर्णाली विवाद : मुख्यमन्त्रीले बोलाए शुक्रबार संसदीय दलको बैठक, कँडेल पक्ष अनुपस्थित हुने

महेन्द्रनगर । संघीय राजधानीमा एक साता लामो गृहकार्य र छलफल गर्दा पनि सहमति नजुटेपछि नेकपाको कर्णाली...   

कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

काठमाडौं। कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र...   

गृहमन्त्रीको भाषण सुनेर प्रहरीहरु हाँसिरहे…

काठमाडौं । नेपाल प्रहरीको ६५ औं स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी तथा गृहमन्त्री...   
बडादशैंको आज पाँचौ दिनमा स्कन्दमाताको पूजा आरधना गरि मनाउदैँ

बडादशैंको आज पाँचौ दिनमा स्कन्दमाताको पूजा आरधना गरि मनाउदैँ

काठमाडौं । हिन्दू नेपालीहरुको महान पर्व बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजा आरधना तथा दर्शन...   

बुटबलमा कोरोना संक्रमित थप २ जनाको मृत्यु

बुटवल । बुटवलमा कोरोनाले थप २ जनाको ज्यन गएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा...   

दसैं भत्ता : बागमती प्रदेशमा कांग्रेसले विपन्न र दलितलाई बाँड्ने, प्रदेश–२ मा जसपाका सांसदहरू पार्टीलाई बुझाउँदै

काठमाडौं । कोभिड–१९ महामारीमा पनि जनप्रतिनिधिले दसैं भत्ता बुझेको बताउँदै चौतर्फी आलोचना भइरहँदा...   
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी

जुम्ला । डिन नियुक्तिको विरोध गर्दै कर्मचारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी...   

जनताको उपचारमा पैसा छैन तर साधारण खर्च तीन महिनामा १ खर्ब ९१ अर्ब, विकासतर्फ जम्मा १९ अर्ब

काठमाडौं । महामारीको वेला जनताको उपचार गर्न र मृतकको लास उठाउन समेत नसक्ने घोषणा गरेको सरकारले साधारण...   

दसैंमा घर जानेबाट कोरोना गाउँ–गाउँ फैलिने जोखिम

काठमाडौं । दसै नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढिरहेको छ । बाहिरिने र भित्रिनेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top