Khabar Dabali Logo
  October 29, Thu

दलितमाथि भएको भेदभावका घटनामाथि सरकारले कारवाही नगर्दा यस्ता घटना दोहोरिँयो

काठमाडौं । नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ ।

“घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान गर्न नसकेकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसमक्ष जोडदार माग गर्दछ”, सङ्गठनद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको सङ्गठनले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा०) निकट सङ्गठनका अनुसार घटना विवरणअनुसार बुधबारको दिन खिकालाबाट पशुचौपाया बाँध्न करिब ५ बजे साँझ गएकी बालिका अबेरसम्म पनि घर नफर्केपछि खोजी गर्दै जाँदा स्थानीय शिवमन्दिरभित्र उनको शव क्षतविक्षेत अवस्थामा फेला परेको थियो ।

विज्ञप्तिमा भनिएको छ, “देशैभरि दलितमाथि घटेका हत्या तथा भेदभावका घटनामाथि तत्काल कानून बमोजिम कारवाही नगर्दा यस्ता खाले घटना दोहोरिँदै जाने र अपराधीको मनोबल बढ्दै जाने भएकाले यसखाले घटना दोहोरिन नदिन राज्यका तर्फबाट विशेष कदम चाल्न सरकार समक्ष जोडदार माग गर्दछौं ।”

अशोज १३ गते, २०७७ - १२:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोभिड अस्पतालमा लापरवाहीको कारण बिरामीको मृत्यु भएपछि आकस्मिक अनुगमन

धरान । विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा लापारवाही...   

बाघको आक्रमणबाट बच्न दिगो उपाय खोज्न प्रशासन र जनप्रतिनिधि अग्रसर

बर्दिया । मानव र वन्यजन्तु द्वन्द्वबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि दिगो समाधानका उपाय खोज्न...   
प्रधानमन्त्रीसँग रअ प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह

प्रधानमन्त्रीसँग रअ प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह

कपिलवस्तु । नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री...   

सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने

काठमाडौँ । सरकारले यसवर्ष समयमै धानको न्यूनतम् समर्थन मूल्य तोकेकाले किसानलाई राहत हुने भएको छ । सरकारले...   

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो, १ लाख २४ हजार ८६२ निकाे भए

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या...   

काठमाडौं उपत्यकामा मात्रै १६१५ संक्रमित थपिए

काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा १६१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...   

बिहिबार थप २ हजार ३६४ जनामा कोरोना पुष्टि, ३ हजार ३८ जना निको भए

काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...   

भारतको देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत नेपाली विद्यार्थी...   

नेपालगञ्जमा २९ लाखसहित १० जना जुवाडे पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गएराति नेपालगञ्जमा जुवाको खालमा छापा मारी रु २९ लाखसहित १०...   

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि शुरु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । बङ्गलादेशसँगको मैत्रीपूर्ण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top