Khabar Dabali Logo
  October 23, Fri

एसिड छ्यापे अब २० वर्ष कैद र १० लाख जरिवाना, मन्त्रिपरिषद्‍बाट अध्यादेश पारित

आजै राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित हुने

काठमाडौँ । एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको छ । एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुङ्बाहाम्फेले अध्यादेश शुक्रबार नै राष्ट्रपतिबाट जारी भई राजपत्रमा प्रकाशित गरिने जानकारी दिइन् । उनले भनिन्, ‘अध्यादेश आजै राष्ट्रपतिमार्फत् प्रमाणीकरण भई राजपत्रमा प्रकाशित हुन्छ ।’

तेजाव आक्रमणका दोषीलाई कारबाही, पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्ने प्रावधान समेटेर फौजदारी अपराध संहिताका दफा संशोधन गरिएका हुन् ।

मुलुकी अपराध संहिता ऐन–२०७४ अनुसार एसिड प्रहारबाट कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग भए अधिकतम ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै एसिड प्रहारसम्बन्धी कसुरमा अभियुक्तविरुद्ध ज्यान मार्ने उद्योगमा पनि सजाय हुन सक्ने व्यवस्था छ । ज्यान मार्ने उद्योगमा अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यी दुवै कानुनी प्रावधान कमजोर भएको भन्दै सरकारले अध्यादेशमार्फत् एसिडसम्बन्धी छुट्टै कानुन बनाउन लागेको हो ।

नयाँ कानुनअनुसार एसिड अपराधमा संलग्नलाई कसुरको नेगेटिभ सूचीमा राखेर सजाय माफी मिनाहा नहुने व्यवस्था गरिएको छ ।

अशोज ९ गते, २०७७ - १५:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्याे, यस्ताे छ मन्त्रिपरिषद्को अन्य निर्णय

सरकारले विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्याे, यस्ताे छ मन्त्रिपरिषद्को अन्य निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त...   

मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना पुष्टि

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री...   

विनाभेदभाव कोरोनाको निःशुल्क उपचार गर्न प्रधानमन्त्रीलाई सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क...   

भियतनामको बाढी र पहिरोमा ११४ को मृत्यु, २१ वेपत्ता

भियतनाम । भियतनाममा व्यापक वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा...   

उपत्यकामा १ हजार ५५२ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक

काठमाडौं । काठमाडौँ उपत्यकामा थप १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौँमा...   

कोरोनाबाट निको हुनेको संख्या १ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ८१२

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ३ हजार २१५ जना कोरोना...   

बिहिबार ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

काठमाडौँ । बिहीबार देशैभर थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

सहकारीले दियो एकल पुरुष र महिलालाई भत्ता

काठमाडौं । यहाँको एउटा सहकारीले एकल महिला र पुरुष दुवैलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता...   

तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रदेश सरकारको राहत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नियमित गस्तीका क्रममा तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरी...   

देशकै हालसम्मकै ठूलो सबस्टेशन निर्माण सम्पन्न : १२ सय मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने

काठमाडौं । काठमाडौं देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top