Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

जिल्लामै पहिलो पटक स्थानीय तहले तयार गर्यो पाठ्यक्रम

गण्डकी । गण्डकी प्रदेशअन्तर्गत लमजुङको एक स्थानीय तहले जिल्लामै पहिलो पटक विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेट्दै पाठ्यक्रम तयार गरेको छ । जिल्लाको मध्यनेपाल नगरपालिकाले आफ्ना नगरभित्रका सबै विद्यालयमा कक्षा एकको लागि स्थानीय पाठ्यक्रम लागू गर्न पाठ्यक्रम पुस्तक तयार गरेको हो । स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका विषयलाई जोड दिईएको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए । उनले भने, “पाठ्यक्रममा पालिका भित्रका ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजङ्गल, जडिबुटी, कृषि, अन्य विविधता समेटिएको छ ।”

नगरपालिका शिक्षा शाखा प्रमुख श्रीप्रसाद भट्टराईका अनुसार हाल कक्षा एकको पाठ्यक्रम निर्माण सम्पन्न भईसकेको र यही शैक्षिक सत्रदेखि पालिका भित्रका ५० विद्यालयमा अध्यापन शुरु गरिने छ । स्थानीय पाठ्यक्रम निर्माणका लागि नगरपालिका प्रमूख प्रशासकीय अधिकृतसहित शिक्षा शाखाका प्रमुख र दुई स्थानीय शिक्षकसहित पाँच सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण समिति गठन भएको थियो । पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीति सङ्गठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधिबाट सुझाव सङ्कलन गरिएको र सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको छ । तयारी सम्पन्न कक्षा एक को पाठ्यक्रम निर्माण भईसकेको र उक्त पुस्तकमा विभिन्न शीर्षकका सातवटा विषयलाई समावेश गरिएको छ ।

यस वर्ष कक्षा २ र ६ को पाठ्यक्रम पुस्तक निर्माण गरी आगामी शैक्षिक सत्रदेखि शुरु गरिने नगरपालिकाले जनाएको छ । सरोकारवालाको सुझावका आधारमा पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनका विषयलाई मुख्य प्राथमिकता दिएको छ । स्थानीय स्रोत साधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवद्र्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तिका चिनारीका विषयवस्तु समावेश गरिएको नगरपालिकाले जनाएको छ । विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले मध्यनेपाल नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा सहयोग पुग्ने विश्वास गरिएको नगर प्रमुख पाण्डको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies