Khabar Dabali Logo
  October 25, Sun

माधव, झलनाथलाई प्रचण्डको ब्रिफिङ : मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा पुगेँ

काठमाडौं । बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति बन्दै रहेछ । तर, पञ्चायतका उदार र अनुदार पञ्च भनेजस्ता प्रधानमन्त्रीको कोटरीका दुईखाले तत्वबीचको तीव्र अन्तरविरोध, अनि शीर्ष नेताको सम्झौताले देशले व्यहोर्नै लागेको अनिष्टबाट मुक्ति पाएको खुलासा भर्खरै भएको छ ।

आजको जनआस्था साप्ताहिकमा खबर छ – नेकपा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले के–के र कस्ता–भित्री सम्झौता गर्नुभयो भन्ने कुराको घुनपुत्लो केलाउने क्रममा यस्तो कुराको खुलासा भएको हो । शंका थियो, झलनाथ र माधवलाई धोका दिएर प्रचण्डले केपीसँग एक्लाएक्लै लेनदेनका कुरा गर्नुभयो । हैन भने किन एकाएक प्रधानमन्त्री हटाउने सहमतिबाट पछि हट्नुभयो ? यी प्रश्नसाथ करिव आधा दर्जन नेकपा नेताबीच चलेको गम्भीर छलफलका क्रममा प्रचण्डले सुनाउनुभएको प्रसंग हो यो ।

जतिबेला पार्टीको ९ सदस्यीय सचिवालयभित्र प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा दिनुपर्दैन भन्नेमा ईश्वर पोखरेलमात्र थिए, संसदीय दल, स्थायी र केन्द्रीय कमिटीमा पनि त्यही गणित निस्कियो– यस्तो स्थितिमा प्रधानमन्त्री ‘ना रहे बाँस, ना बाजे बाँसुरी’ को रणनीतिसाथ अग्रसर भइसकेको एउटा प्रसङ्ग प्रचण्डले सुनाए । अर्थात्, कानुन, संविधान र परिस्थिति भाँडमै जाओस्, तर संसद भंग गर्दै संकटकाल लागु गरेर अगाडि बढ्ने ।

यो काम गरिहाल्नुपर्छ भन्नेमा कर्ण थापा, महेश बस्नेत, गोकुल बाँस्कोटाजस्ता भित्रियाहरूको अचम्मको उक्साहट थियो । कर्णले त भाषण नै गरेका थिए, ‘बरु मुलुक भाँडमा जाओस्, तर कुनै हालतमा केपी हट्दैनन् ।’ तर, यो सुल्टो बाटो हुँदैन, देशकै लागि उल्टो र आत्मघाती हुन्छ भन्नेमा थिए– शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङहरू ।

यस्तो सूचना सबैतिर दिँदै कुरा गर्ने अवस्था पनि थिएन । त्यसमाथि माधव, झलनाथलाई पुस्तैनी दुश्मनझैँ ठान्ने प्रवृत्ति छ । त्यसैले शंकर, प्रदीप, विष्णु, पृथ्वीमध्येका नेताले प्रचण्डलाई सबै कुराको बेलिविस्तार लगाए ।

उक्त छलफलका क्रममा प्रचण्डले भने, ‘मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा म पुगेँ । त्यो काम रोक्नका निम्ति भए पनि अलिकति पछाडि हट्नु परेको हो । माधव, झलनाथजीहरू तर्सिनु पर्दैन । तपाईंहरू नहुँदा म के हुन्छु भन्ने पनि बुझिसकेको छु । यसकारण मबाट जानाजान धोका हुन्छ भन्ने त कल्पना पनि नगर्नुस् ।’

उहाँले केपी ओली दृष्टिकोणविहीन नेता भएको र हावादारी मानिसहरूको हुल जम्मा पारेर उनीहरूकै उक्साहटमा चल्ने शैलीबाट आफू आजित भएको भन्दै माधव नेपालसँग शान्ति प्रक्रियाको प्रारम्भकालदेखि काम गरेको स्मरण पनि गर्नुभएको बताइन्छ ।

अशोज ७ गते, २०७७ - ०८:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि...   

कोरोनाले पर्यटन क्षेत्र थिलथिलो, व्यवसायीलाई बैंकको ब्याज तिर्नै समस्या

मोरङ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । कोरोनाका कारण बाह्य र...   

कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास

कपिलवस्तु । कपिलबस्तुमा एक बालिकामाथि सामूहिक बलात्कारको असफल प्रयास भएको छ । कपिलबस्तुको शुद्धोधन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top