Khabar Dabali Logo
  October 29, Thu

संक्रमित भन्दा निको हुने बढी

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २०४ जनालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ देशका विभिन्न प्रयोगशालामा १० हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २०४ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

अघिल्लो दिनको भन्दा शनिबार सङ्क्रमण घटेको छ । शुक्रबार देशभर दुई हजार २० जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

शनिबार थपिएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९६ पुगेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार १२९ छ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ४४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या ४५ हजार २६७ पुगेको छ । डा. गौतमले शून्य सङ्क्रमित रहेका जिल्ला सात वटा र पाँच सयभन्दा माथि उपचाररत सङ्क्रमित जिल्ला नौवटा रहेको बताए । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र रुपन्देही छन् ।

यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला छन् । देशभरका क्वारेन्टाइनमा सात हजार ७३५ जना र होम आइसोलेसनमा सात हजार ९७६ जना छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा नौ हजार १५३ जना छन् ।

अशोज ४ गते, २०७७ - ०८:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तास र कौडा खेल्न २० जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ...   

बलात्कारीलाई मृत्युदण्डः आवश्यकता कि बाध्यता ?

काठमाडौँ । बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा...   

सरकारले स्थानीय तहसम्मै पक्की सडकसञ्जाल जोड्ने

काठमाडौँ । सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि...   

हेर्नुहाेस्, आजको तपाईंको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक १३ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर २९ तारिख । नेपाल संवत् ११४०...   

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top