Khabar Dabali Logo
  October 28, Wed

म्याग्दीका एक गाउँमा ६० किसान मिलेर डेरी सञ्चालन

गलेश्वर । म्याग्दीको एउटा गाउँका ६० किसानले बजारमा दुग्ध सहकारी संस्था तथा डेरी सञ्चालन गरेका छन् । बिचौलियाहरुले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्तालाई महङ्गोमा बिक्री गरी बजारमा एकाधिकार कायम गरेको समयमा बेनी नगरपालिका–४ बास्कुनाका ६० पशुपालक कृषकले डेरी सञ्चालन गरी उपभोक्तालाई सुपथ मूल्यमा दुग्धजन्य पदार्थ बिक्री गर्न थालेका हुन् ।

बेनपा–७, बैंकरोडमा बास्कुना कृषि पशुपक्षी दुग्ध सहकारीद्वारा सञ्चालित डेरीको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले उपभोक्तालाई सस्तो र गुणस्तरीय सेवा दिने गरी डेरी सञ्चालन गर्नुपर्ने बताए । बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले वडाभित्रका किसानले कृषि र पशुपालनबाट मनग्य आम्दानी गरेको बताउँदै अनुदान र सहुलियतमा पहुँचभन्दा आवश्यकताका आधारमा वितरण गर्नुपर्नेमा जोड दिए ।

भेटेरिनरी अस्पताल एवं पशुसेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुम र कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्द कोइरालाले म्याग्दीमा कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिने बताए । किसानले शुरुमा रु तीन लाखको लगानीमा सामग्री खरिद गरेर डेरी सञ्चालन गरेको बास्कुना कृषि पशुपक्षी दुग्ध सहकारी संस्थाका अध्यक्ष तिलक गुरुङले जनाए ।

अशोज २ गते, २०७७ - १०:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top