Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

फुटबल प्रशिक्षण खुला गर्न एन्फाको सरकारसँग माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले आज राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु निकै मारमा परेकाले उनीहरुलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनुरोध गरेका हुन् । विस्तारै सवै क्षेत्र खुला गर्दै गएकाले अब खेलाडीको प्रशिक्षण पनि सरकारले खुला गर्नुपर्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । उनले खेल क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले प्रशिक्षणको अनुमति दिनुपर्ने उल्लेख गरे ।

प्रारम्भमा सरकारले प्रशिक्षणको बाटो खोली दिनुपर्ने अध्यक्ष शेर्पाको माग थियो । खेलाडीलाई अभ्यासमा फर्काउन अब ढिला गर्न नहुने उनको भनाइ थियो । विश्वका विभिन्न मुलुकमा जस्तै नेपालमा पनि बिना दर्शक प्रतियोगिताहरु सञ्चालन गर्न सकिनेतर्फ एन्फाले सरकारको ध्यानाकर्षण गराएको छ । सो अवसरमा राखेप सदस्य सचिव सिलवालले खेलाडीका लागि प्रशिक्षणको वातावरण बनाउन आफुले सक्दो पहल गर्ने आश्वासन दिए ।

एन्फा प्रवक्ता किरण राईले केही देशले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि एन्फालाई प्रस्ताव गरेको जानकारी दिए । आगामी नोभम्बर र डिसेम्बर महिनामा मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव आएको उनले बताए । बङ्गलादेश, मङ्गोलियालगायत देशले खेलका लागि प्रस्ताव गरेको छ । उक्त प्रस्तावबारे एन्फाले छलफल अघि बढाएको प्रवक्ता राईको भनाइ छ ।

सरकारले गत चैत महिनादेखि बन्द प्रशिक्षण अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भदौ १ गतेदेखि खुला गर्ने निर्णय गरेको थियो । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेपछि फुटबलको प्रशिक्षण रोकिएको थियो । एन्फाले खेलाडीलाई प्रशिक्षण शुरु गराउन भन्दै खेलाडीलाई क्वारेन्टिनमा राखेको थियो । सो क्रममा खेलाडीहरुको पिसिआर परीक्षण समेत गरिएको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies