Khabar Dabali Logo
  September 21, Mon

अवैध काठसहित ६ जना पक्राउ

नवलपरासी । अवैधरुपमा काठ चोरी पैठारी गरिरहेका अवस्थामा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)बाट छ जना पक्राउ परेका छन् । प्रहरी चौकी बासाबसहीको गस्ती टोलीले सरावल गाउँपालिका–२ देवीनगरस्थित पूर्वपश्चिम राजमार्गबाट अवैधरुपमा काठ ओसारपसार गरिररहेका अवस्थामा आज बिहान काठसहित छ जनालाई पक्राउ गरेको हो ।

बासा प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक महेश रायमाझीको नेतृत्वमा खटिएको टोलीले देवीनगरस्थित उत्तरतर्फको वनबाट छ वटा साइकलमा ल्याउँदै गरेको सात थान अवैध सालको काठसहित ओसारपसारमा संलग्न छ जना र साइकलसमेत नियन्त्रणमा लिएर बुझाएको डिभिजन वन कार्यालय परासीका सूचना अधिकारी प्रज्ञा पौडेलले जानकारी दिए । नियन्त्रणमा लिइएका मानिस, साइकल र काठ आवश्यक कारवाहीका लागि सबडिभिजन वन कार्यालय बर्दघाट सरावललाई बुझाइएको प्रहरीले जनाएको छ ।

भदौ ३१ गते, २०७७ - १३:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्वजनिक यातायात: ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण...   
वालिङ नगरपालिकाको बस्ती विस्थापन गर्ने/नगर्ने भन्नेबारे अध्ययन समिति गठन

वालिङ नगरपालिकाको बस्ती विस्थापन गर्ने/नगर्ने भन्नेबारे अध्ययन समिति गठन

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले बस्ती विस्थापित गर्ने/नगर्ने अध्ययनका लागि समिति बनाएर काम...   

उत्पादित वस्तु बजारीकरण गर्न समस्या

रुकुम । रुकुमका धनीराम कुसारीले घोराही उपमहानगरपलिका–१७ गैरागाउँमा सिद्धबाबा गाई फार्म सञ्चालन...   

हालसम्म कोरोना सङ्क्रमणबाट विदेशमा २४४ नेपालीको निधन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ...   

बाँकेमा कोरोनाबाट थप ५९ वर्षीय पुरुषको मृत्यु

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट गएराति थप एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया...   

अफगानिस्तानका २ जिल्लामा तालिबानको आक्रमण, ४ जना प्रहरीसहित २१ जनाको मृत्यु

फैजाबाद । अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन् ।...   

निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

चितवन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ । साउन २८ गतेबाट जारी...   

उत्पादन भएको मकैले बजार पाएन

दाङ । दाङको गढवा गाउँपालिका­७ मोतीपुरका चोकनाथ चौधरीले उत्पादन गरेको मकै बिक्री हुन सकेको छैन । चौधरीले...   

धनगढी विमानस्थलबाट ६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै

धनगढी । धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको...   

बैतडीमा दादुरा रुबेलाका बिरामी भेटिए

बैतडी । जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखापरेको छ । पाटन र दशरथचन्द...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top