Khabar Dabali Logo
  October 1, Thu

झापाका विपन्न नागरिकका लागि छानो फेर्न १ अर्ब ३६ करोड ५० लाख बजेट

झापा । झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो । यसका लागि सरकारले रु एक अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटले सबै विपन्न नागरिकको घर निर्माण गरिने छ ।

विपन्न नागरिकलाई लक्षित गर्दै नागरिक सुरक्षा आवास कार्यक्रम, जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रम सञ्चालनमा छन् । सञ्चालित कार्यक्रम मध्ये दुई हजार ७३० परिवारका लागि यो वर्ष खरको छानो परिवर्तन गरेर जस्तापाता लगाइने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।

झापा क्षेत्र नम्बर ५ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो । यो निर्वाचन क्षेत्र भित्र पर्ने दमक नगरपालिकामा ६१६ र गौरादह नगरपालिकामा ६६३ विपन्नका लागि छानो फेरिँदैछ । त्यस्तै कमल गाउँपालिकामा ८३० र गौरीगञ्ज गाउँपालिकामा ६२७ परिवारको छानो फेर्ने कार्यक्रम रहेको बताइएको छ । जस्ता पाता फेर्नका लागि प्रत्येक घरलाई रु ५० हजार उपलब्ध गराइने भएको छ ।

त्यस्तै घर नभएका विपन्न नागरिकका लागि घर बनाएर दिने कार्यक्रम अन्तरगत ‘जनता आवास कार्यक्रम’ मार्फत १२० वटा घर निर्माण गरिने भएको छ । एक घर निर्माणका लागि रु तीन लाख ५० हजार प्रदान गरिने र बाँकी अपुग रकम स्थानीय तह र सम्बन्धित घरधनीको जनश्रमदान रहने थापाले बताए ।

दमक र गौरादह नगरपालिकामा ३२÷३२ वटा र गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा २८÷२८ वटा घर निर्माण हुने भएका छन् । यसका लागि लागि रु ४२ करोड खर्च हुने बताइएको छ ।

यता सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत दमकमा १५ र गौरीगञ्जमा १३ वटा नमूना घर निर्माण हुने भएका छन् । आवास योजनाअन्तरगत नै तराई मधेश समृद्ध कार्यक्रममार्फत पनि गौरीगञ्ज र गौरादह नगरपालिकामा विपन्न नागरिकका लागि घर निर्माण गरिने भएको छ ।

भदौ ३१ गते, २०७७ - १०:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन बाहिरिन अझै एक साता लाग्ने

काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम...   

बन्द रहेको पोखरा–दिल्ली बस सेवा पुनः सञ्चालनमा आउने

कास्की । कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली...   

धान खेती छाडेर कागती खेतितर्फ आकर्षित किसान

कावासोती । धान खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित...   

बाजुरामा नागरिकता बनाउनेको भीड

मार्तडी । जिल्ला प्रशासन कार्यालय बाजुरामा नागरिकता बनाउनेको भीड लाग्न थालेको छ । कोरना भाइरसका...   
बागलुङ बजारबाट नाङ्गा र गुजुल्टा तार हट्दै

बागलुङ बजारबाट नाङ्गा र गुजुल्टा तार हट्दै

बागलुङ । बागलुङ बजार अब नाङ्गो ताररहित हुने भएको छ । उच्च अदालत पोखराले दिएको आदेशको दुई वर्षपछि मात्र...   

ट्रम्प र वाइडेनको पहिलो प्रत्यक्ष बहस: कोरोना, अर्थतन्त्र र अदालतमा केन्द्रित

क्लिभल्याण्ड । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार पहिलो प्रत्यक्ष...   

भिडन्तको क्रममा २ हजार ३०० भन्दा बढी आर्मेनियाली सेना मारिएको अजरबैजानको दाबी

बाकु । नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा दुई हजार ३०० भन्दा बढी सैनिकहरु हताहत भएको...   
सुनिन छाड्यो सारङ्गीको सुमधुर धुन, अपमान र छुवाछूतकै कारण पेशाबाट विस्थापित

सुनिन छाड्यो सारङ्गीको सुमधुर धुन, अपमान र छुवाछूतकै कारण पेशाबाट विस्थापित

पाल्पा । सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लोभ्याउँछ । सारङ्गीको धुनसँगै गन्धर्व जातिले...   

अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाएको खुलासा

गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले अनुदानमा दिएको ट्र्याक्टरबाट सप्लायर्सको जिम्मेवारी...   

आलेख : सुदूरपश्चिममा घट्यो कोरोना सङ्क्रमण, जनजीवन सहज बन्दै

डोटी । दुई महिनाअघिसम्म कोरोना विस्फोटकरुपमा कोरोना सङ्क्रमणमा वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top