Khabar Dabali Logo
  September 27, Sun

कोरोना नियन्त्रणमा ‘कन्टयाक्ट ट्रेसिङ’ अभियान प्रभावकारी बन्दै

काभ्रे । कोभिड–१९ नियन्त्रणका लागि ‘कन्टयाक्ट ट्रेसिङ’ अभियान प्रभावकारी भएको सङ्क्रमणदर न्यूनीकरण तथ्याङ्कले देखाएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले कन्टयाक्ट ट्रेसिङबाट काभ्रेपलाञ्चोकमा कोरोना भाइरस नियन्त्रणमा अपेक्षित उपलब्धी हासिल भएको जनाएको हो ।

हाल जिल्लाका कूल सङ्क्रमितमध्ये ७० दशमलब ५९ प्रतिशत निको भई घर फर्किएका छन् । सक्रिय सङ्क्रमितको स्वास्थ्य अवस्था सुधारोन्मुख भएकाले थप क्षति हुन नदिन पोष्ट र केन्द्र तल्लिन रहेको बताइएको छ । “सङ्क्रमितसँग सम्पर्कमा रहेकाको तत्काल ट्रेसिङ गरी अन्यमा फैलन नदिन पोष्ट र केन्द्रको प्रयासमा ठूलो उपलब्धि हासिल भइरहेको छ, भाइरस नियन्त्रणमा कन्टयाक्ट ट्रेसिङको प्रभावकारितामा जोड दिइ यो अभियानको निरन्तरतामै छौँ” पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा।नरेन्द्र झाले भने ।

उनका अनुसार काभ्रेपलाञ्चोकको प्रमुख शहरमा बाक्लो रुपमा सङ्क्रमण देखिएपछि कन्टयाक्ट ट्रेसिङ प्रक्रियालाई जोड दिइएको हो । उनले भने, “धुलिखेल अस्पतालको चिकित्सक विज्ञ टोलीले कन्टयाक्ट ट्रेसिङको गाइडलाइन बनाए, त्यसलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले पनि अङ्गीकार गरी सोही अनुसार हाल देशैभर कन्टयाक्ट ट्रेसिङलाई कोरोना भाइरस नियन्त्रणको मुख्य आधार बनाउँदै लगिएको छ ।” उनले काभ्रेपलाञ्चोकको सङ्क्रमणको अवस्था, सङ्क्रमणमुक्तको तथ्याङ्क र स्वास्थ्यकर्मीको भूमिकाले कन्टयाक्ट ट्रेसिङलाई कोरोना भाइरस न्यूनीकरण तथा नियन्त्रणको आधार मानिएको दाबी गरे ।

पोष्टका अनुसार कोरोना भाइरसको उच्च जोखिमसँगै सङ्क्रमणदर बढ्दै गएपछि जिल्लाको नगरमा कन्टयाक्ट ट्रेसिङका दुई टोली र गाउँपालिकामा एक टोली खटाइएको थियो । धुलिखेल नगरपालिकामा सङ्क्रमण समुदायमा फैलन थालेपछि एक हजारमा कन्टयाक्ट ट्रेसिङ गरी परीक्षणको प्रक्रिया थालेपछि हाल ‘मास टेष्टिङ’ गर्न थालिएको छ । भैसेंपाटीस्थित इस्पाइनल इन्जुरी अस्पताल, धुलिखेल अस्पताल, जिल्ला प्रहरी कार्यालय, सङ्घीय प्रहरी इकाइ जनागाल, बनेपास्थित शिरमेमोरियल अस्पताल तथा बनेपामा सङ्क्रमण दर बढ्न थालेपछि कन्टयाक्ट ट्रेसिङमार्फत समुदायमा फैलन नदिएको प्रमुख डा।झाको भनाइ छ ।

स्वास्थ्यकर्मी टोलीले कन्टयाक्ट ट्रेसिङ गर्ने र सङ्क्रमितको सम्पर्कमा आएकालाई पिसिआर परीक्षणको अपील गरेका कारण जिल्लामा सङ्क्रमण दर कम भएको पोष्टले जनाएको छ । प्रमुख डा।झाले भने, “कन्टयाक्ट ट्रेसिङका लागि स्थानीय जनप्रतिनिधिको भूमिका उल्लेख्य रह्यो, जसबाट हामी थप सफलता हासिल गर्नेमा विश्वस्त छौँ ।” तीन दिनअघि जिल्लाकै कूल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ५१ दशमलव ०९ प्रतिशत सङ्क्रमित रहेको बनेपामा हाल २१ प्रतिशतमा झरेको छ ।

यसैबीच, काभ्रेपलाञ्चोकमा कूल सङ्क्रमितमध्ये हालसम्म ७० दशमलब ५९ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयता ३९१ सङ्क्रमितमध्ये ७० दशमलब ५९ प्रतिशत अर्थात् २७३ जना कोरोना सङ्क्रमणमुक्त भएका हुन् । हालसम्म २३९ पुरुष र १५२ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १७४ पुरुष र ९९ महिलाले कोरोनालाई जितेको पोष्टले जनाएको छ । कोरोना सङ्क्रमित एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।

जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११५ छ । सङ्क्रमितमध्ये ८१ अस्पतालको आइसोलेसनमा र ३४ जना होम आइसोलेसनमा उपचाररत छन् । होम आइसोलेसनमा बस्नेलाई नियमित स्वास्थ्य जाँच तथा उपचार सेवा पु¥याइरहेको प्रमुख डा।झाले बताए । हाल काभ्रेपलाञ्चोकको एक नगर र छ गाउँपालिकासहित सात स्थानीय तह कोरोनामुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितमध्ये बनेपामा २५, धुलिखेलमा ४८, पनौतीमा चार र पाँचखालमा ११ तथा नमोबुद्ध र भुम्लु गाउँपालिकमा दुई जना छन् । हालसम्म काभ्रेपलाञ्चोकमा नौ हजार ५०८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

भदौ ३० गते, २०७७ - १८:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिमण्डल पुनर्गठनबारे ओली–प्रचण्ड छलफल, ठोस सहमति भएन

मन्त्रिमण्डल पुनर्गठनबारे ओली–प्रचण्ड छलफल, ठोस सहमति भएन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको...   

सिन्धमा भ्यान दुर्घटना हुँदा १३ जनाको मृत्यु

सिन्ध । पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ । प्रहरी...   

चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

बेइजिङ । चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको...   

भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय...   

कोरोनाभाइरसबाट विश्वभर तीन करोड ३० लाख बढी सङ्क्रमित, मृतकको संख्या १० लाख नजिक

पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या...   

यातायातमन्त्री नेम्वाङको प्रश्न : ठेकेदारले बाटो बनाउँदैन्, दोषचाहिँ प्रधानमन्त्रीको टाउकोमा किन ?

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा...   

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । उनले सरकारी...   

एसिड आक्रमण विरुद्ध अध्यादेशको कानून मञ्चद्वारा स्वागत

काठमाडौं । एसिड आक्रमण विरुद्ध मन्त्रिपरिषद्ले दुई वटा अध्यादेश जारी गरेकोमा महिला, कानून र विकास...   

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ

कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई...   

सिन्धुपाल्चोकलाई प्राकृतिक प्रकोपबाट बचाउन नयाँ अभियान, नेकपाद्वारा कार्यदल गठन

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लालाई प्राकृतिक प्रकोपबाट बचाउन नयाँ अभियान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top