Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

जडीबुटी सङ्कलन गर्न जुम्लीवासी पाटनतिर

जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ राँस गाउँका दानबहादुर रावत अहिले १३ जना समूहको नेतृत्व गर्दै जडीबुटी सङ्कलन गर्न पाटनतिर लागेका छन् । हरेक वर्ष कालापहाडको कमाइबाट परिवारको खर्च जुटाउने उनी यसपालि कोरोनाले भारत तथा अन्य ठाउँमा जान नपाएपछि अहिले पाटनतिर हिडेका हुन् ।

रावत केही युवाको समूह लिएर जडीबुटी सङ्कलनमा जुटेका छन् । “आम्दानीको कुनै स्रोत छैन”, उनले भने, “परिवारकोे गुजारा चलाउन हम्मेहम्मे भइरहेको छ । लगाएको खेतीबालीले छ महिना पनि खानै पुग्दैन । ” त्यसैले पैसा कमाउनका लागि जडीबुटी सङ्कलन गर्न पाटनतिर गएको उनको भनाइ छ ।

रावतजस्तै अहिले जुम्लाका थुप्रै विपन्न नागरिक जडीबुटी सङ्कलनमा निस्किएका छन् । उनीहरू यो समयमा सेतोचिनी ९खिरौला० र पदमचाल जस्ता जडीबुटी सङ्कलन गरी खर्च जुटाउन पाटनतिर लागेका हुन् । तिला गाउँपालिकाकै खाम्म रावत पनि १४ जनाको टोलीमा जडीबुटी सङ्कलन गर्न हिडेका छन् । उनले दुई दिनको पैदल यात्रापछि पाटनमा पुगिने बताए । एक दिनमा सेतोचिनी सङ्कलनबाट न्यूनतम रु एक हजारसम्म आम्दानी गर्न सकिने उनीहरु बताउँछन् । सेतो चिनी सुकाएको प्रतिकिलो रु ५०० र काँचो प्रतिकिलो रु २५ मा बिक्री हुन्छ । एक दिनमा एक जनाले एक क्विन्टलसम्म कोर्न सक्ने ती युवाको अनुभव छ । सेतोचिनी कोर्न भने धेरै दुःख हुने उनीहरू बताउँछन् ।

जडीबुटी सङ्कलनका लागि आवश्यक खाद्यान्न, नून, तेल, भाँडाकुँडा र लत्ताकपडा बोकेर जानुपर्छ । स्थानीय एक युवक भन्छन्, “सबै बोकेर लानुपर्छ, दाउरा र पानी पनि टाढाबाट बोक्नुपर्छ । अचानक बिरामी हुँदा समस्या हुन्छ । पाटनमा चट्याङको डर पनि उत्तिकै हुन्छ । ” ज्यानको बाजी थापेर खर्च जुटाउन भए पनि पाटनतिर जान बाध्य भएको ती युवकले सुनाए ।

तातोपानी–७ सर्मीका प्रेम कुँवर पनि दशैँ खर्च जुटाउनका लागि एक महिना पाटनमै बस्ने योजनामा हुनुहुन्छ । अव्यवस्थित ढङ्गले सेतोचिनी सङ्कलन हुँदै जाँदा अहिले नजिकनजिक पाउन छाडेको उनले बताए । उनका अनुसार यसको बीउ नपाक्दै सङ्कलन गर्नाले लोप हुने खतरा बढेको छ । कात्तिकदेखि मङ्सिरसम्म राख्ने हो भने यसको बीउ पाक्छ तर आजभोलि नै सङ्कलन गर्ने प्रतिस्पर्धा चलिरहेको उनले बताए ।

जुम्लामा अत्यधिक दोहन र चोरी निकासीका कारण लेकाली वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी लोप हुन थालेको छ । अवैध चोरी निकासीका कारण पर्याप्तमात्रामा पाइने सेतोचिनी, धुपी, पाँचऔँले, सतुवा, पदमचाललगायत थुप्रै जडीबुटी पछिल्लो समय लोप हुँदै गएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies