Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिने बढ्दै

डोटी । जिल्लामा पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्न थालेको छ । सुरक्षित गर्भपतन सेवालाई नेपाल सरकारले २०५९ सालमा कानूनी मान्यता दिएसँगै अहिले जिल्लामा सुरक्षित रुपमा गर्भपतन सेवा लिने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टका अनुसार आर्थिक वर्ष २०७६/७७ मा निःशुल्क सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या एक हजार १२७ जना रहेको छ । चालु आवको साउन महिनामा मात्र जिल्लाभरिका स्वास्थ्य संस्थाबाट कुल १७२ जना महिलाले निःशुल्क रुपमा सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

पछिल्लो समयमा मेडिकल तथा औषधि पसलहरुमा बिक्री हुने गर्भपतन गराउने औषधिको प्रयोग गर्नेहरु पनि धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । डोटीमा सुरक्षित गर्भपतन सेवा कार्यक्रम सञ्चालन गर्दै आएको संस्था सामुदायिक विकास मञ्च डोटीकी कार्यक्रम अधिकृत दीपा सिंहले गर्भपतनलाई परिवार नियोजनको साधनको विकल्पको रुपमा हेर्न नहुने बताए । उनले भने, “दम्पतीको पहिलोे प्राथमिकता परिवार नियोजनको साधनमा नै हुनुपर्छ, सकेसम्म महिलाले सुरक्षित गर्भपतन सेवा लिनै परे सुरक्षित र विश्वासका साथ सेवा लिनसक्ने वातावरण हुनुपर्छ, गर्भपतन सेवा अस्थायी साधनका रुपमा लिनु हुँदैन ।”

कोभिड–१९ को सङ्क्रमणको महामारीको त्रासका कारण कामका लागि भारत गएका धेरैजसो स्थानीय अहिले घर फर्किएका छन् । घर फर्किएका स्थानीयवासीले आफ्ना श्रीमतीसँग शारीरिक सम्पर्क राख्दा अस्थायी साधन प्रयोग नगर्ने गरेका कारण यहाँका महिलाले अनिच्छित रुपमा रहेको गर्भलाई पछि गर्भपतन गर्न थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् । गर्भपतन सेवाले महिलाको स्वास्थ्यमा दीर्घकालीन असर गर्ने भएपनि बाध्यता तथा विभिन्न समस्याका कारण पनि गर्भपतन गर्न बाध्य हुने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयमा मात्रै नभएर यहाँको आदर्श गाउँपालिकामा रहेको मौवानगरदह स्वास्थ्य चौकीमा पनि सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या निकै बढेको पाइएको छ । सो स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी यशोदा ओझाका अनुसार यस आर्थिक वर्ष २०७७/७८ को साउनदेखि भदौ २३ सम्म ५३ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सुरक्षित गर्भपतन सेवाको लागि सो स्वास्थ्य चौकी सूचीकृत भएसँगै गर्भपतन सेवा लिन आउनेको सङ्ख्या बढेको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies