Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

आत्महत्या रोकथाम दिवस : आत्महत्या रोक्न जनचेतनामूलक कार्यक्रम गर्दै

काठमाडौँ । आज ‘विश्व आत्महत्या रोकथाम दिवस’ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनले “आत्महत्या रोकथाममा सबैको सहकार्य” भन्ने मूल नारा तय गरेको छ । नेपालमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित गैरसरकारी संस्थाहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाइरहेका छन् । कोरोना भाइरसका कारण मन्त्रालयले भर्चुअल माध्यमबाट जनचेतनामूलक कार्यक्रम गरिरहेको छ ।

आफ्नो शरीरको हत्या व्यक्ति स्वयंले गर्नुलाई आत्महत्या भनेर बुझिन्छ । मनमा धेरै पीडा बढ्दै गएपछि व्यक्तिलाई बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडाबाट मुक्ति आत्महत्या गरेपछि मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि व्यक्तिले आत्महत्या गर्ने बाटो रोजेको पाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो आँकडाअनुसार विश्वभरमा एक वर्षमा लगभग आठ लाख मानिस वा हरेक ४० सेकेण्डमा विश्वमा कतै कुनै एक मानिसको आत्महत्याको कारण ज्यान गइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरसको समयमा २० देखि ३० प्रतिशत बढी आत्महत्या हुने गरेको बताए । उनले मन्त्रालयले आत्महत्या रोकथाम गर्नका लागि केही नीति ल्याएर लागू गरेकोसमेत बताए । कोभिड–१९ सङ्क्रमणको अवस्थामा साथीभाइसँग कुराकानी र छलफल गर्ने वातावरण बनाउनसमेत आग्रह गरे ।

नेपाल प्रहरीको आर्थिक वर्ष २०६१/०६२ देखि २०७१/०७२ सम्म गरी १० वर्षको तथ्याङ्क हेर्दा २९ हजार ९०५ जनाले आत्महत्या गरेको पाइएको छ । २०७५/०७६ मा पाँच हजार ७५४ जना र २०७६/०७७ मा ६ हजार २७९ व्यक्तिले आत्महत्या गरेको तथ्याङ्क छ । नेपालमा एक दिनमा करिब १६ देखि १८ जना मानिसको मृत्यु आत्महत्याको कारणले भएको छ । गत चैतदेखि साउनसम्ममा दुई हजार २१८ जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले आत्महत्या रोक्नका लागि साताव्यापी जनचेतनामूलक कार्यक्रम गरिएको बताए । मङ्गलबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले आत्महत्या रोक्नका लागि के गर्न सकिन्छ भनेर मनोचिकित्सकसँग छलफलसमेत गरेका थिए ।

यस्तै महाशाखाले आत्महत्या रोकथामका लागि नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखासमेत गठन गरिएको छ । उक्त शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले कोभिड–१९ का कारणले भौतिकरूपमा उपस्थित हुन नसकेकाले भर्चुअल माध्यमबाट जनचेतनामूलक कार्यक्रम गरिरहेको बताए । । उनले आत्महत्याबाट बच्न र आत्महत्याको सोच आउन कम गराउने बारेमा जनचेतना जगाइरहेको जानकारी दिए । उनले आजैदेखि पाटन मानसिक अस्पताल र त्रिवि शिक्षण अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइनसमेत सञ्चालन गर्न थालिएको जानकारी दिए ।

पछिल्लो समयमा विश्वमै फैलिएको कोभिड–१९ भाइरसका कारण आफूलगायत परिवारका सदस्यमा सङ्क्रमित हुने र यसका कारण आफूलगायत परिवारका सदस्य पनि मर्नसक्ने वा अरू खालका स्वास्थ्य समस्यामा जटिलता आउनेलगायतका भय त्रासले मानिसमा मानसिक स्वास्थ्य समस्या वृद्धि भएको पाइन्छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख डा सरोजप्रसाद ओझाले आत्महत्या रोकथामका लागि सरकारले नीति ल्याउनुपर्ने बताए । उनले आत्महत्याका लागि प्रयोग हुने किटनाशक औषधि, डोरी र मादकपदार्थ सजिलै विक्रीवितरण गर्नमा नियन्त्रण गर्नुपर्ने धारणा राखे ।

कोभिड–१९ का कारणले रोजगारीमा आएको कटौती, व्यापार व्यवसायमा आएको मन्दी, शैक्षिक क्रियाकलापमा आएको अन्योललगायतका कारणले मानिसमा नकारात्मक सोचाइको विकास हुने गरेको पाइन्छ ।

विभिन्न अनुसन्धानले विश्वमा महामारीका कारण उत्पन्न आर्थिक क्षेत्रमा पारेको नकारात्मक प्रभावका कारण रोजगारमा कटौती आई थुप्रै बेरोजगारीको अवस्था हुने र त्यसले आगामी दिन मानसिक स्वास्थ्यका निम्ति त्यति सहज नहुने जनस्वास्थ्यविद्ले बताउँदै आएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies