Khabar Dabali Logo
  January 18, Mon

२ वर्षे कार्यकाल सफल रहेको प्रधानसेनापति थापाको दाबी

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो दुई वर्षको कार्यकाल शत प्रतिशत सफल रहेको दाबी गरेका छन् । दुई वर्षको कार्यकाल पूरा भई तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित वरिष्ठ सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई कार्यान्वयन वर्षको रुपमा र आगामी वर्षलाई सङ्गठन सुदृढीकरण र दिगोपनाको वर्षको रुपमा अगाडि बढाएको उल्लेख गरे ।

शान्ति सुरक्षा, स्थायित्व, विकास र समृद्धिका लागि नागरिक, सेना र सरकारको त्रिकोणीय सम्बन्ध रहनु पर्नेमा जोड दिँदै प्रधानसेनापतिले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने विषयमा संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा आम नेपालीको भावनालाई सेनाले सदैव प्रतिविम्बित गर्दै आएको उल्लेख गरे । “संविधान प्रदत्त दायित्वको पालना गर्दै नेपाली सेना राष्ट्रिय स्वार्थ, राष्ट्रहित र राष्ट्रिय सुरक्षालाई सर्वोपरि मानेर अघि बढ्दै आएको छ”, उनले भने, “राष्ट्रको भूगोलको रक्षा गर्न नेपाली सेना कटिबद्ध रहेको र हामी सदैव राष्ट्रको सीमा सुरक्षा र भौगोलिक अखण्डता सुनिश्चित गर्न तत्पर रहेका छौँ ।”

शान्ति सुरक्षाको दायरा फराकिलो हुँदै गएको सन्दर्भमा सुरक्षाको दायित्व सबैको उत्तिकै महत्वपूर्ण रहने बताउँदै उनले नेपाली सेनालाई राष्ट्रिय शक्तिको भरपर्दो सङ्गठनको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । सेनाको लोकतान्त्रीकरण गरी व्यावसायिक रुपमा अगाडि बढाउँदै लगिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले नागरिक सर्वोच्चताको बारेमा सबैको बुझाइ एउटै हुनु पर्दछ भने । देशका सबै जिल्लामा सेनाको उपस्थिति रहँदा स्रोत र साधन अपर्याप्त हुने हुँदा सेनाको व्यारेक स्तरोन्नति र स्तरीकरण गर्ने दीर्घकालीन सोचसहित प्रदेश नं २ को बर्दिवासमा एकीकृत व्यारेक प्रणाली शुरु गरिएको र यसै वर्ष घनगढीमा पनि कार्यारम्भ हुन लागेको जानकारी दिए ।

प्रधानसेनापति थापाले सेनाको महत्वबारे नागरिकलाई अनुभूत गराउन नागरिक सैनिक सम्बन्धलाई गहिरो बनाउन विभिन्न तहमा अन्तरक्रिया र सामाजिक कार्यलाई तीब्रता दिइएको उल्लेख गरे । उनले राष्ट्रिय सुरक्षा र नागरिकको सूचनाको हक अन्तरसम्बन्धित रहेको बताउँदै पारिस्परिक सम्बन्ध र समन्वयबाट मात्रै राष्ट्रिय लक्ष हासिल हुन सक्दछ भने । मिडिया र सैनिकबीचको सम्बन्धलाई घनिष्ट तुल्याउन केन्द्रदेखि बाहिनीपति र युनिट तहसम्म उपयुक्त संस्थागत संरचना निर्माणमा जोड दिइएको उनले बताए ।

सन्तुलित, खोजपूर्ण र यथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्दै उनले नागरिकले अपेक्षा गरेको सेना बनाउन सञ्चार क्षेत्रले पनि मियोको रुपमा काम गर्नसक्ने विश्वास व्यक्त गरे । उनले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड—१९ को नियन्त्रणमा आइसोलेन, क्वारिन्टिन व्यवस्थापनदेखि औषधि आयात, सीमा नियन्त्रण, तेस्रो मुलुकबाट आएका यात्रुको व्यवस्थापन, शव व्यवस्थापनलगायत विभिन्न कार्यमा सेनाले अन्य सुरक्षा अङ्ग र सरकारी निकायसँगको सहकार्यमा कार्यहरु गर्दै आएको बताए ।

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा औषधि आयातको क्रममा रक्षा मन्त्रालयसँग कुनै विवाद नरहेको स्पष्ट गर्दै उनले भने, “सरकारको निर्णयवमोजिम नै रक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार प्रक्रियागतरुपमा खरिद गरिएको हो, यसमा कुनै द्वीविधा छैन ।” कोभिड नियन्त्रणका लागि सेना परिचालन हुन लागेको हो भन्ने अर्को जिज्ञासामा प्रधानसेनापतिले भने, “सेना राष्ट्रिय विपद्को अवस्थामा परिचालन गरिनुपर्छ, अहिले पनि राज्यलाई त्यस्तो महशूस भएको खण्डमा सेना परिचालन हुन सक्दछ ।”

भदौ २४ गते, २०७७ - १९:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाडौँमा गर्ने निर्णय

काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय...   

बेलायतका राजदूतमा रेग्मी नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य...   

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा...   

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि

काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया...   

स्थानीय तहमा वित्तीय पहुँच पुग्दै

बझाङ । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका...   

वन सुधार गर्न प्राविधिकको माग

काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले...   

तनहुँ कालिका मन्दिर परिसरमा चौध बोरा फोहर

तनहुँ । गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटनको गन्तव्यका रुपमा सूचीकृत गरेको तनहुँ कालिका मन्दिर...   

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल...   

सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

सुडान । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...   

बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै

उदउपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top