Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

फाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका आज भिड्दै

काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ । जमैकाले राति ७ः४५ बजे सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । नाइट राइडर्स समूह चरणको सबै खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने जमैका चौथो स्थानमा रहँदै सेमिफाइनलको यात्रा तय गर्न पुगेको हो ।

उक्त खेलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै छ । उनले समूह चरणका सबै खेलमा बलिङ गर्ने अवसर पाए । सन्दीपले नौ खेलमा १२ विकेट लिइसकेका छन् । शीर्ष स्थानको नाइट राइडर्सका लागि ब्याटिङ फाइनल पुग्ने आधार हो भने जमैकाको बलिङ मजबुत छ । त्यसमा मुख्य गरी जमैका बलिङका लागि सन्दीप र अफगानिस्तानका खेलाडी मुजिबउर रहमान माथि निर्भर रहने छ ।

नाइट राइडर्सले ब्याटिङकै सहारामा सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । यद्यपि उसको बलिङलाई पनि कम आँक्न मिल्दैन । ब्याटिङमा नाइट राइडर्स डेरेन ब्राभो, लेन्डले सिमोन्स, कलिन मुनरो, कप्तान केरोन पोलार्ड, डिवाने ब्राभो र सुनिल नराइनेमाथि निर्भर रहने छ । कलिन मुनरो र डिवाने ब्राभोले समूह चरणका खेलमा दुई दुई अर्ध शतक प्रहार गर्नुभएको छ । डेरेन, सिमोन्स, पोलार्ड, डिवाने । सुनिलले पनि अर्ध शतक हानिससकेका छन् । डेरेन ब्राभोले समूह चरणका १० खेलमा २३९ रन बनाएका थिए । यस्तै सिमोन्सले नौ खेलमा २१८ रनको योगदान दिएका थिए ।

जमैका भने ब्याटिङका लागि जेरमिन ब्ल्याकउड, आन्द्रे रसेल, ग्लेन फिलिप्समाथि भर पर्ने छ । आन्द्रे रसेलले समूह चरणका १० खेलमा तीन अर्धशतक प्रहार गरेका थिए । यस्तै ब्ल्याकउड र फिलिप्सले एक एक अर्धशतक बनाएका थिए । फिलिप्सले समूह चरणका १० खेलमा जमैकाका लागि ३१४ रनको योगदान दिएका थिए । आन्द्रे रसेलले आठ खेलमा २२० रन बनाएका थिए ।

यसैगरी नाइट राइडर्स जमैकाविरुद्धको सेमिफाइनलमा समूह चरणका खेलमा जस्तै बलिङका लागि फवार्ड अहमद, डिवाने ब्राभो, जेडेन सेल्स, सिकन्दर राजा र खेइरे पियरेमाथि निर्भर रहने छ । फवार्डले समूह चरणका १० खेलमा १०, ब्राभोले ९, सेल्सले ८ तथा सिकन्दर र पियरेले सात सात विकेट लिसकेका छन् ।

यस्तै जमैका भने समूह चरणका खेलमा जस्तै मुख्यतया सन्दीप लामिछाने र मुजिबउर रहमानमाथि भर पर्ने छ । रहमानले हालसम्म सीपीएलमै सर्वाधिक १५ विकेट लिएका छन् । यस्तै सन्दीपले १० खेलमा १२ विकेट लिएका छन् । उनी सीपीएलकै सबैभन्दा किफायती बलर हुन् । यस्तै जमैकाका लागि कार्लोस वर्थह्वाइट र फिडेल इडवार्ड भरपर्दा बलर हुन् । कार्लोसले समूच चरणका १० खेलमा १० तथा इडवार्डले नौ विकेट लिएका थिए ।

समूह चरणका सबै खेलमा अपराजित रहेको नाइट राइडर्सको मनोबल उच्च रहेको छ । उसले समूह चरणका दुवै खेलमा जमैकालाई पराजित गरेको थियो । नाइट राइडर्स आफूलाई उपाधिको प्रमुख दाबेदारका रुपमा प्रस्तुत गरिसकेको छ । यस्तो अवस्थामा जमैकाले फाइनल प्रवेशका लागि यसअघिका खेलहरुमा ब्याटिङमा गरेको गल्ती सुधार गर्नुपर्ने छ अन्यथा उसको उपाधि चुम्ने इच्छा सहजै पूरा हुने देखिँदैन । यद्यपि विगतमा जस्तै सन्दीप र मुजिबउर रहमानले बलिङमार्फत नाइट राइडर्सको पारी ध्वस्त पारेको खण्डमा सीपीएलको उपाधि नजिक पुग्नबाट जमैका पनि टाढा रहने छैन ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies