Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सिन्धुपाल्चोकका ७७ हजार ९ सय ६६ परिवार नयाँ घरमा

सिन्धुपाल्चोक । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबारविहीन हुन पुगेकामध्ये सिन्धुपाल्चोकका ७७ हजार ९६६ परिवार नयाँ घरमा बसाइँ सरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका अनुसार निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका पछिल्लो गुनासोसहित जम्मा लाभग्राही ९० हजार ९०४ मध्ये ८८ हजार १२३ लाभग्राही कायम भएका छन् ।

भूकम्पबाट जिल्लामा ७८ हजार ३३७ घर पूर्णरूपमा क्षति पुगेको थियो तर सरकारले निर्माण गरेको नीति निर्माण र कार्यान्वयनले भत्किएका घरमध्ये १२ हजार ५०० बढी लाभान्वित बनेका छन् । लाभग्राही कायम भएकाले घर बनाउन नसकिरहँदा हालसम्म पनि जिल्लामा दुई हजारको हाराहारीमा पुनरावेदन पेश गर्न सदरमुकाम धाइरहेका छन् ।

लाभग्राही कायम भएकामध्ये ८८ हजार ११० जनाले मात्रै घर बनाउनका लागि सम्झौता गरेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख प्रेमप्रसाद गौतमले बताए ।

भूकम्प प्रभावित लाभग्राही सूचीमा रहेका सिन्धुपाल्चोकका तीन हजार ५८९ ले सम्झौता गरेर पनि अझै आवास निर्माण नगरेको पाइएको छ । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पमा परी सिन्धुपाल्चोकमा तीन हजार ५७३ जनाले ज्यान गुमाएका थिए भने ९५ प्रतिशत घर भत्किएको थियो । भूकम्पपछि सिन्धुपाल्चोकमा कुनै घर तथा सरकारी भवन, शैक्षिक संस्थाहरु बस्नलायक रहेका थिएनन् । घर बनाउन सम्झौता गरेर रु ५० हजार लिएकामध्ये ३६ लाभग्राहीले पहिलो किस्ता फिर्ता गरे पनि हालसम्म तीन हजार ५८९ जनाले हालसम्म पनि निर्माणको थालनी नगरेको कार्यालयले जनाएको छ ।

\"\"

कोरोना कहरका बीच विश्व नै आक्रान्त बनिरहेको बेला जिल्लामा पुनःनिर्माणको कार्यले भने निरन्तरता पाएको छ । जिल्लामा गत चैत ११ गतेपछि मात्रै ९८६ लाभग्राही नयाँ घरमा सरेको पाइएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयसँग तथ्याङ्क छ । कार्यालयको तथ्याङ्कका अनुसार लकडाउनयता मात्रै ४२९ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । यसैगरी ४८१ लाभग्राहीले दोस्रो किस्ता हासिल गरेका छन् ।

नब्बे हजार ९०४ लाभग्राही ठहर भएकोमा अनुदान सम्झौता गरेर ८८ हजार ११० लाभग्राहीले पहिलो किस्तावापतको रकम लिएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयसँग तथ्याङ्क छ । हालसम्म पहिलो किस्ता लिएकामध्ये ८४ हजार ४८५ जनाले दोस्रो किस्ता हासिल गरेका छन् । पहिलो किस्ता लिएकामध्ये हालसम्म ८४ हजार १२६ लाभग्राहीले दोस्रो किस्ता हासिल गर्नका लागि सिफारिस गरिएका छन् भने हालसम्म ७८ हजार ३०२ जनाले मात्रै तेस्रो किस्ता हासिल गर्नका लागि मापदण्ड पूरा गरेका जिल्ला आयोजना कार्यान्वय एकाइ भवनका आयोजना प्रमुख सन्तोष निरौलाले बताए ।

जिल्लामा भूकम्पपछिको पुनःनिर्माण शुरु भएयता एकीकृत बस्ती निर्माणको अभियान शुरु भएको देखिन्छ । जिल्ला हालसम्म २२ वटा एकीकृत बस्ती निर्माण तयारी भएको र १५ वटा एकीकृत बस्तीको भवन निर्माणको कार्यसम्पन्न भएको छ । चारवटा निर्माणाधीन रहेको र तीनवटा बस्ती शुरु गर्ने तयारीमा रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ ९भवन० का सूचना अधिकारी कृष्ण ज्ञवालीले जानकारी दिए।

सरकारले कडा र प्रभावकारी नीति बनाउन नसक्दा धेरै समस्या देखिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ ९भवन० का प्रमुख निरौलाले बताए । “सरकारले नीति कडा र प्रभावकारी बनाउन सकेन तसर्थ पुनःनिर्माणको सवालमा धेरै चुनौती र समस्याहरु पैदा भएका छन्”, उनले भने ।

त्यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भौगर्भिक अध्ययन तथा जग्गा व्यवस्थापन शाखाले जिल्लाका विभिन्न निकायसँगको समन्वय गरी २४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको निष्कर्ष निकालेको थियो भने ७५ स्थान सुरक्षित, ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिइएको थियो । यसअनुसार स्थानान्तरण नहुँदा पनि पुनःनिर्माणमा समस्या पैदा भएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies