Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

वीर अस्पताल अब कोरोना अस्पतालका रुपमा सञ्चालन गर्ने

काठमाडौँ । सरकारले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य आपत्कालीन कमाण्ड सिस्टमको आज बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनले वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिए । कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने छ । उपत्यकामा कोरोना अस्पतालका रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीका अस्पताल छन् । ती अस्पतालमा कोभिड–१९ बाहेकका अन्य बिरामीको उपचार गरिँदैन ।

यस्तै विभिन्न शिक्षण संस्थामा स्वास्थ्यका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सम्झौता गरी स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ । ती स्वयंसेवकलाई कोभिड–१९ फैलिएको ठाउँमा गई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न परिचालन गरिने मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

कोभिडको मार्गचित्र निर्धारण गर्न समिति

कोभिड–१९ का सन्र्दभमा राष्ट्रिय मार्गचित्र निर्धारण गर्ने सम्बन्धमा प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट डा प्रदीप ज्ञवाली र स्वास्थ्य विपद् व्यवस्थापन एकाइबाट एक सदस्य–सचिव रहने छन् ।

सरकारी प्रयोगशालाले मापदण्डबाहेक नमूना परीक्षण नगर्ने
मन्त्रालयले सबै सरकारी प्रयोगशालाले गर्ने नमूना सङ्ख्याको ५० प्रतिशत नमूना परीक्षण मापदण्डमा नपरेका व्यक्तिको शुल्क लिएर परीक्षण गर्नका लागि अनुमति दिने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले सबै सरकारी प्रयोगशालाले गर्ने परीक्षणको ५० प्रतिशत सरकारको मापदण्डमा परेका सङ्क्रमितको नमूनाका लागि स्वाब निःशुल्क गर्ने र ५० प्रतिशत मापदण्डमा नपरेका व्यक्तिको नमूना परीक्षणमा शुल्क लिने भन्ने निर्णय गरिएको बताए । पचास प्रतिशत नमूना परीक्षणका लागि प्रयोग हुने सम्पूर्ण रिएजेन्ट अस्पताल वा प्रयोगशालाले आफैँले खरिद गर्नुपर्ने छ ।

६० श्यया आइसियुका लागि बजेट निकासा

मन्त्रालयका प्रवक्ता डा गौतमले अर्थ मन्त्रालयबाट ६० श्यया सघन उपचार कक्ष ९आइसियु० का लागि बजेट निकासा भएको जानकारी दिए । ती आइसियु शय्या त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा बन्ने छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies