


कोरोना बीमा थप प्रभावकारी बनाइँदै


-
-
भदौ २१ गते, २०७७ - १७:४८

काठमाडौँ । कोरोना बीमाको मापडदण्डमा भएको व्यवस्थाअन्तर्गत बीमा दाबीका लागि हाल भएको व्यवस्थामा थप परिमार्जन गर्ने विषयमा छलफल भएको छ । कोरोना बीमालाई थप प्रभावकारी बनाउने उद्देश्यले आज बीमा समितिले बीमा कम्पनीका प्रतिनिधि, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल बीमक सङ्घलगायत संस्थाका पदाधिकारीबीच छलफल गरेको हो ।
बीमा दाबीका लागि स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत निकायबाट पिसिआर परीक्षण गर्दा सङ्क्रमण पोजेटिभ प्रमाणित भएमा दाबी योग्य हुने व्यवस्थाका बारेमा छलफल भएको थियो । छलफलमा आज सम्ममा बीमा कम्पनीमा प्राप्त दाबीमध्ये स्वास्थ्यमन्त्रालयअन्तर्गतका निकायबाट पिसिआर परीक्षण भएका दाबीलाई सात दिनभित्र भुक्तानी दिने सहमति भएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायभन्दा बाहेकको प्रयोगशालाबाट प्राप्त दाबीको विस्तृत छानबिन गर्न बीमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरी सो समितिको सुझावका आधारमा निर्णय गर्दै जाने सम्बन्धमा बैठकमा सहमति भएको छ ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयले निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न अनुमति प्रदान गरेको अवस्थामा के कस्तो ‘अन्डरराइटिड’ प्रक्रिया अवलम्बन गरी मापदण्ड संशोधन गर्न सकिन्छ भन्ने विषयमा कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरोकारवाला पक्ष र निजी क्षेत्रसमेतको प्रतिनिधित्व रहने गरी सुझाव सङ्कलन समिति गठन गर्ने र प्राप्त सुझावका आधारमा कोरोना बीमा मापदण्ड, २०७७ को संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।
कोरोना बीमा मापदण्ड, २०७७ संशोधन नभएसम्मका लागि कोरोना बीमालेख खरिद गरेका बीमितलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका निकायमा पिसिआर परीक्षण गर्न अनुरोध गर्ने निर्णय भएको छ ।
छलफलमा परिसङ्घका उपाध्यक्ष सुलभ अग्रवालले निजी क्षेत्रबाट प्राप्त सुझावलाई सकारात्मक रुपमा लिई पूर्वाधार सम्पन्न स्वास्थ्य संस्थालाई पिसिआर परीक्षण गर्न दिएमा निजी क्षेत्रले प्रभावकारीरुपमा कार्य सम्पन्न गरी सरकारलाई सहयोग पुर्याउने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
विषम मौसमी घटनाबाट यस शताब्दीमा ४ लाख ८० हजारको मृत्यु
पेरिस । यस शताब्दीको पहिलो २० वर्षको अवधिमा विषम मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट झण्डै चार...विभिन्न चोरीका सामान सहित २६ वर्षीय शर्मा पक्राउ
कास्की । चोरी गरेको विभिन्न समान सहित पोखरा महानगरपालिका २६ बिजयपुर बस्ने पर्वत कुश्मा नगरपालिका...लुटपाट गरेको अभियोगमा २३ वर्षीय सूर्य पक्राउ
काठमाडौं । नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने २५ वर्षीय साजन तामाङको बा.६० प७९१० नम्बरको स्कुटर...आम्दानीको स्रोत भैँसीपालन
चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे...छिमेकीको ढुंगा प्रहारबाट २१ वर्षीय बिकको मृत्यु
दाङ । छिमेकीले ढुंगा प्रहार गर्दा घोराही उपमहानगरपालिका १३ लाते बस्ने २१ वर्षीय रामुबिकको आइतबार...अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
मान्म । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी
कञ्चनपुर । ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । शुक्लाफाँटा...बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार भन्दाबढी
लन्डन । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ । आइतबार...करीव ६ बिघामा लगाइएको गाँजाखेती प्रहरीद्वारा फँडानी गरी नष्ट
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नं १० का विभिन्न स्थानमा करीव छ बिघामा लगाइएको...टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु
जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार...
