


सङ्क्रमणको जोखिम बढेपछि कारागारमा उच्च सतर्कता


-
-
भदौ १८ गते, २०७७ - १६:२९

दमौली । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्ला कारागार तनहुँमा उच्च सतर्कता अपनाइएको छ । दिनदिनै कारागारमा कैदीबन्दी थपिनेक्रम बढेसँगै कारागार प्रशासनले उच्च सतर्कता अपनाएको हो ।
विभिन्न मुद्दामा फरार रहेर पक्राउ परेका प्रतिवादीलाई जिल्ला कारागार तनहुँमा छुट्टै कोठाको व्यवस्था गरिएको छ । कोरोनाको जोखिम बढेपछि कारागार प्रशासनले त्यस्ता व्यक्तिलाई राख्नका लागि कारागारको नयाँ भवनमा दुई वटा कोठा तयार गरेको कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए ।
उनले पक्राउ परेका त्यस्ता व्यक्तिलाई अदालतमा पेश गरेपछि कारागार चलान गर्ने गरिएकाले जोखिम बढेको हुँदा छुट्टै कोठामा राख्न थालिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो समयमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको छ । “पछिल्लो अवधिमा मात्रै ४०–४५ जना फरार प्रतिवादी कारागारमा आएका छन्”, कारागार प्रमुख अधिकारीले भने, “त्यस्ता व्यक्तिबाट कारागारमा कोरोना सङ्क्रमणको जोखिम बढ्ने खतरा भएपछि उनीहरुलाई कारागारका पुराना कैदीबन्दीसँग घुलमिल गराएका छैनौँ ।”
अदालतबाट कारागार चलान भएका फरार प्रतिवादीको आरडिटी मात्रै गर्ने गरिएको छ । “एकैदिनमा पिसिआरको रिपोर्ट आउन सम्भव नभएकाले आरडिटीको रिपोर्टअनुसार उनीहरुलाई कारागारमा ल्याउने गरिएको छ”, उनले भने, “त्यस्ता व्यक्तिलाई १० दिनसम्म छुट्टै राखेर मात्रै अरु कैदीबन्दी भएको ठाउँमा व्यवस्थापन गर्छौं ।” कारागार प्रशासनले गत चैतदेखि नै कैदीबन्दी भेटघाट पूर्णरुपमा बन्द गरेको छ । बाहिरको व्यक्तिलाई पनि कैदीबन्दीसँग भेटघाट गर्न कडाइ गरिएको छ । सबै कैदीबन्दीलाई साबुनपानीले हात धुन, मास्क र स्यानीटाइजर प्रयोग गर्न सचेतना प्रदान गरिएको छ । “बाहिरबाट आउने सामानलाई पनि २४ घण्टा राखेर मात्रै दिने गरिएको छ”, उनले भने, “कोरोनाको जोखिम न्यूनीकरणका लागि सबै उपाय अपनाएका छौँ ।”
कारागारमा हाल १९१ कैदीबन्दी छन् । त्यसमध्ये ६० जना थुनुवा र १३१ जना कैदी छन् । जिल्ला कारागारमा हालै मात्र नयाँ भवन निर्माण सम्पन्न भएको छ । नयाँ भवनको क्षमता ८० जनाको भए पनि ८३ जना कैदीबन्दी राखिएको छ भने ३५ जनाको क्षमता रहेको पुरानो भवनमा १०८ जना राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारका कैदीबन्दीलाई विगतदेखि नै समस्या हुँदै आइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या...मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ
भादगाउँ । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ...पाइपलाइनमा समस्या छैन : आयल निगम
काठमाडौँ । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात...फुटेर होइन जुटेर अगाडि बढौँ : मन्त्री अर्याल
वालिङ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि...मुख्यमन्त्री राउतद्वारा सङ्क्रान्ति तथा माघी पर्वको शुभकामना
जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख,...मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस् : निर्वाचन आयोग
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी...रेलमार्ग विस्तारमा अवरोध
विरगञ्ज । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय...ढोरपाटनका वडाध्यक्ष पुन पक्राउ
बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान...प्रदेश नं. १ मा २५ जना कोरोना सङ्क्रमित थपिए
बझाङ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा...६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ
रसुवा । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका युवामाथि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ...

प्रतिकृया लेख्नुहोस्:
- संसद विघटन विरुद्ध सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्न देउवाको आग्रह
- मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार, पाँच महिनादेखि ज्याला नदिएपछि आन्दोलनमा
- प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै
- ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
- राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज