Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

दशक अघि निर्माण थालिएको महाकाली करिडोरले अझै गति लिन सकेन

महेन्द्रनगर/दार्चुला । तराईको उर्वर फाँटदेखि उत्तरमा हिमालसम्म जोड्ने योजनासहित दशक अघि निर्माण थालिएको महाकाली करिडोरको निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिम प्रदेशको लाइफलाइन मानिएको करिडोरको निर्माण कछुवा गतिमा अघि बढेको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रह्मदेवबाट सुरु हुने करिडोर निर्माण अझै यहाँबाट शुरुआत हुन सकेको छैन् ।

करिव ४२५ किलोमिटर लम्बाइ भएको करिडोर अन्र्तगत ब्रह्मदेवदेखि जोगबुडासम्म ११ किलोमिटर क्षेत्र पर्छ । “ब्रह्मदेवबाट दुई÷तीन किलोमिटरपछि जंगल शुरु हुन्छ ।” महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले भने, लामो समय सो क्षेत्रको वातावरणीय प्रभाव मुल्याङ्कन हुन नसक्दा काम शुरु भएन ।”उनले वातावरणीय प्रभाव मुल्याङ्कनको काम सकिएको र उक्त क्षेत्र निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए। नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि करिडोर निर्माणको अवधारणा अगाडि सारिएको भएपनि करिडोर अन्र्तगत डडेल्धुरा, बैतडी र दार्चुला क्षेत्रमा पनि निर्माणको काम सन्तोषजनक छैन ।“लकडाउन भएकाले तीन वटै प्याकेजको काम गर्न निर्माण कम्पनीलाई ६ महिना ९मङसीर० सम्मको समय थपिएको छ ।” उनले भने–“अब छिट्टै ब्रह्मदेवबाट पनि ठेक्का भएर काम सुरु हुनेमा आशावादी छौं ।”

तीन बर्षअघि करिडोर अन्र्तगत चार जिल्लामा ट्रयाक खोल्न ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । कोरोना भाइरस सङ्क्रमण न्युनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण योजनाको काममा आंशिक प्रभाव परेको जनाइएको छ । “ मजदुरहरु सबै स्थानीय भएकाले काममा त्यतिधेरै बाधा पुुगेन ।” उनले भने“ बर्षात्का बेला भने काम रोकिएको थियो ।”०६५ सालदेखि निर्माण शुरु भएको दार्चुला तिंकर सडकलाई ०७२ सालमा महाकाली करिडोर अन्तर्गत गाभिएको हो । करिडोरअन्तर्गत डडेल्धुरामा ११ किलोमिटर, बैतडीमा ५७ किलोमिटर र दार्चुलामा कुल ६७ किलोमिटर सडक खण्डको ट्रयाक खुलाइएको छ । साविकको दार्चुला तिंकर सडक खण्डको कुल १३४ किलोमिटर मध्ये ठेक्का नलागेको ८७ किलोमिटर व्यास गाउँपालिका–२ कोठेधारदेखि तिंकरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

यस्तै दार्चुला तिंकर सडकको ठेक्का लागेको ४७ किलोमिटरमध्ये ४३ किलोमिटर सडक खण्डमा ट्रयाक खुलाइएको इन्जिनियर रैखोलाले जानकारी दिए ।यस्तै कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरासम्मको सडक खण्डको ठेक्का लाग्न बाँकी छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको ढिलाइले काम पनि हुन सकेको थिएन् । अहिले करिडोरको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन आएको छ । सबैभन्दा ढिलाई दार्चुला तिंकर सडक खण्डमा भइरहेको छ । करिव १२ वर्षमा ४३ किलोमिटर सडकखण्डको ट्रयाक खुलाइएको भएपनि सबै क्षेत्रमा अहिले सवारी साधन चल्न सक्ने अवस्था छैन् । बर्खायाममा यस सडक खण्ड पूरै अवरुद्ध छ । सडकको चार किलोमिटर सडकको ट्रयाक खुलाउन अमर सूर्यसँग ०६९÷०७० मै ठेक्का भएको हो । पाँच पटक म्याद थप भइसकेको छ । अझै काम सुचारु भएको छैन् । सडक योजनाले निर्माण काम ढिलाई गरेको जनाउँदै सरकारले गत वैशाख १४ गते निर्णय गरेको हो ।

यस्तै चालू आर्थिक वर्षमा सडक सुधार गर्ने भन्दै हिकिलाको पोखरा भीर, पिपलचौरीको विजयपुर भीर, हुतीको तङ्ले भीर र धौलाकोटको चुकपानी भीरको लागि चार वटा ठेक्का लगाइएको छ । यस क्षेत्रमा सडक र भीर सुधारको लागि बझाङको सुर्मा सरोवर निर्माण सेवाले ठेक्का पाएको छ ।महाकाली करिडोर दार्चुला तिंकर सडक योजनालाई बहुबर्षीय ठेक्का लगाउने गरी कागजी प्रक्रिया अघि बढाइएको इन्जिनियर रैखोलाले बताउनुभयो । उद्योग बाणिज्य संघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्णप्रसाद पाठकले महाकाली करिडोर निर्माण गरेर कैलाशमानसरोवरलाई जोड्ने सके सुदूरपश्चिमको मुहार फरिने बताए ।“कृषि, पर्यटन र जलविद्युतमा यहाँ तमाम सम्भावनाहरु छन् ।” उनले भने–“समृद्धिका लागि करिडोर चाँडो बन्नु जरुरी छ ।” उनले नीजि क्षेत्रले संघीय र प्रदेश सरकारलाई पटक पटक यस विषयमा कुरा उठाउँदै आएको जानकारी दिए । “हिजोका दिनमा महाकाली नदीमा सरकारले पक्की पुल बनाउन सक्छ र भन्थे त्यो अहिले बन्दैछ ।” उपाध्यक्ष पाठकले भने–“सरकारको इच्छा शक्ति भए करिडोर बनेर राष्ट्रिय अर्थतन्त्रमै टेवा पुग्न सक्छ ।”

निर्माणको सुरसारमा सेना

दार्चुलादेखि चीनसँग जोडिएको तिंकर गाउँसम्म ८७ किलोमिटर सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ । मन्त्रिपरिषद्ले गत वैशाखमा महाकाली करिडोरको दार्चुला तिंकर सडक योजना अन्तर्गत यस सडक निर्माणको जिम्मा सेनालाई दिएको हो ।सडक खण्ड निर्माणको जिम्मा पाएको सेनाले विस्तृत आयोजना प्रतिवेदन ९डिपीआर०को काम सुरु गरेको जनाएको छ । सैनिक मुख्यालयका अनुसार मोटर बाटोको डिपीआर तयार पार्न विकास निर्माण गणबाट प्रमुख सेनानी रमेश गुरुङ्गको नेतृत्वमा सैनिक टोली गत साउन २३ गते दार्चुला सदरमुकाम खलंगा पुगिसकेको जनाइएको छ ।

अहिले विकास निर्माण दलको टोली सदरमुकाम खलगामा रहेको सेनाको गुल्म परिसरमा बसिरहेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले बाटोको केही सयम अगाडि स्थलगत निरीक्षण गरेका थिए ।

यस ठाउँमा सडक निर्माण गर्न पनि कठिन ठाउँ छ । भौगलिक विकटता छ । दार्चुला तिंकर सडकले खोलेको ४७ किलोमिटर भित्र पनि राम्रोसँग गाडी चल्न सक्दैन । सेनाले निर्माण गर्ने सडक त्यो भन्दा माथि हो । धेरै ठाउँमा ब्लास्टिङ गर्नुपर्ने स्थिति छ, । महाकाली नदी किनारै किनार भएर सडक निर्माण गर्नुपर्ने छ । “सडक निर्माण गर्न सक्यो भने व्यासीहरुको सपना पूरा हुन्छ ।” नेपालकै बाटो भएर व्यासको छांगरु तिंकर पुगेका दीपक खाती भन्नुभयो“सडक मात्रै बन्नुपर्छ, यो क्षेत्रको धेरै विकास हुन्छ ।”

यस क्षेत्रमा धार्मिक पर्यटनको निकै सम्भावना छ । कैलाश पर्वत दर्शन, चीन सँगको व्यापार, अपिहिमाल लगायतका थुप्रै पर्यटकीय क्षेत्रहरु यस क्षेत्रमा छन् । यहाँ उत्पादन हुने स्याउँले सिधै बजार पाउने सम्भावना छ । अहिले यस क्षेत्रमा स्याउँ खेती बढ्दै गएको छ ।“चाँडो भन्दा चाँडो व्यास जोड्ने गरी सडक निर्माण गर्न सके व्यास बासीहरुले भारतीय बाटोको परनिर्भरता हट्ने थियो” व्यासका स्थानीय मुकेश बुढाथोकीले भने“ आफ्नो भूमिमा सडक नहुँदा भारतीय थिचोमिचो सहेर हिडडुल गर्नुपर्ने बाध्यता छ ।” दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले उक्त सडक खण्ड सेनाले निर्माणको जिम्मा पाएपछि समयमै सम्पन्न हुनेमा आशा पलाएको बताए ।“यो सडक खण्ड बने ताक्लाकोटसितको व्यापारदेखि स्थानीय उत्पादनले पनि बजार पाउँछ ।” उनले भने“अब विकास निर्माणमा सरकारले कुनै खालको प्रक्रियागत कारण देखाएर ढिलाई गर्न हुन्न् ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies