


डा. खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक


-
-
भदौ १७ गते, २०७७ - ०८:३३

काठमाडौं । डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ । तर, त्यसरी मन्त्री भएको व्यक्तिले पदलाई निरन्तरता राख्न ६ महिनाभित्र कुनै सदनको सदस्य भइसक्नुपर्ने प्रावधान धारा ७८ (२) मा छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ – मन्त्री भएको ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्न नसकेमा सो व्यक्ति हाल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर पुनः मन्त्री हुन नसक्ने संवैधानिक प्रावधान छ ।
खतिवडालाई संविधानको धारा ८६ (२) (ख) बमोजिम २०७४ सालको फागुन २१ गते राष्ट्रिय सभाको सदस्य मनोनीत गरिएको थियो । मनोनित भएपछि उनी अर्थमन्त्री भएका थिए । गोला प्रथाबाट उनको कार्यकाल २०७६ साल फागुन २० गते सकिएको थियो । उनलाई संविधानको धारा ७८ ९१० बमोजिम पुनः मन्त्री पदमा मात्र नियुक्ति दिइएको हो ।
संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली एकपटक कार्यकाल सकिएको व्यक्ति पुनः मन्त्री बन्ने मात्र होइन, संसद्को सदस्य बन्नका लागि नै अयोग्य हुने बताउँछन् । मन्त्री खतिवडाको मन्त्री पद सकिएपछि उनलाई राष्ट्रिय सभामा सदस्य बनाई लाने चर्चा चलिरहेको छ ।
संविधान तथा राष्ट्रिय सभा नियमावली, २०७५ ले एक जना व्यक्तिको राष्ट्रिय सभाको सदस्यको कार्यकाल बढीमा ६ वर्ष तोकेको उल्लेख गर्दै संविधानविद् वरिष्ठ अधिवक्ता डा. ज्ञवाली दुई वर्षमा कार्यकाल सकिएको व्यक्तिलाई मनोनित गर्दा उसको कार्यकाल ८ वर्षको हुने बताउँछन् । त्यस्तै ४ वर्षमा सकिएर अवकाश हुनेको कार्यकाल १० वर्षको हुने जुन संविधान तथा नियमावली विपरीत हुने उल्लेख गरे । राष्ट्रिय सभा स्थायी सदन हुने र शुरु गठन हुँदा मात्र यसका सदस्यको कार्यकाल २, ४ र ६ वर्ष गरी छुट्याइएको हो ।
एकपटक कार्यकाल सकिएकोलाई ६ वर्ष पूरा नहुँदै पुनः मनोनयन गर्ने हो भने सरकारले नै संविधान संशोधन गरेको ठहरिने वरिष्ठ अधिवक्ता डा. ज्ञवालीले भने । यदि सरकारले त्यस्तो गरिहालेमा अदालतले परीक्षण गर्नका लागि बाटो खुला हुने पनि उनले उल्लेख गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारत र काँग्रेस भ्रममा
काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...पूर्व राष्ट्रपति यादव भन्छन्, ‘राष्ट्रपति भण्डारीले भूल गर्नु भयो’
काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री...कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या
काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण शुरु भएको झण्डै एक वर्षमा त्यसविरुद्ध बुधबार...सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना
काठमाडौं । नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ...

प्रतिकृया लेख्नुहोस्:
- विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
- ‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
- विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
- सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने
- पूर्व राष्ट्रपति यादव भन्छन्, ‘राष्ट्रपति भण्डारीले भूल गर्नु भयो’