


उपत्यकामा ट्राफिक सचेतनाका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम


-
-
भदौ १६ गते, २०७७ - १७:५८

काठमाडौँ । महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिका लागि पुनः विभिन्न जनचेतनामूलक कार्यक्रम शुरु गरेको छ । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन र सडक दुर्घटना न्यूनीकरण गर्न महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानका काल्पनिक ट्राफिक प्रहरी (डमी प्रहरी) बनाएर राखेको छ ।
डमीका हातमा ट्राफिक नियम उल्लङ्न गरेमा रू ५०० देखि १० हजारसम्म जरिवाना हुनेजस्ता सन्देशमूलक जानकारीसहित बोर्डसमेत राखिएको छ । टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।
नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने विश्वास गरिएको उनले बताए । उनका अनुसार ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव पर्ने छ । जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने विश्वास लिइएको छ ।
महाशाखाका पहलमा काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी डमी प्रहरी राखिएको हो । मुख्यगरी सिहंहदरबार आसपास माइतीघर, नयाँ बानेश्वर, बालुवाटार, प्रज्ञाप्रतिष्ठान घुम्ती, लैनचौर, भोटाहिटी, रणोद्वीप, भद्रकाली, थापाथली, कालिमाटी, कलङ्की, जडिबुटी, कोटेश्वर, गौशाला, पुरानो बानेश्वर, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय घुम्ती, नागढुङ्गा र जगातीमा राखिएका छन् ।
त्यस्तै महाशाखाले काठमााडौँ उपत्यकाका विभिन्न सडकखण्डमा कोरोना सङ्क्रमणबाट जोगिने उपाय लेखिएका ६० फ्लेक्स बोर्ड पनि राखेको छ । उक्त बोर्डमा सामाजिक दूरी कायम राखौँ, कोरोनाविरूद्धको स्वास्थ्य मापदण्ड सधैँ पालना गरौँ, जोरबिजोर नियमको पालना गरौँ, सधैँ मास्क लगाएर हिँडौँ, अनावश्यक हिँडडुल नगरौँ, ट्राफिक नियमको पालना गरौँजस्ता सन्देश लेखिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा २ अर्ब ३२ करोड बढी राजस्व असुली
कोहलपुर । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा रु दुई अर्ब ३२ करोड बढी राजस्व...गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु
राजविराज । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु...निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, ६ वटा केन्द्र थप
भोजपुर । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सक्रियता बढाएको...सर्लाहीमा यात्रु बस पल्टिदा दुई जनाको मृत्यु १९ जना घाइते
सर्लाही । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको...पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न
ललितपुर । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं...बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम
मोरङ । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय...स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान
खलङ्गा । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका...अलैँची उत्पादनमा वृद्धिः किसानले पाएनन उचित मूल्य
उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य...इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा...

प्रतिकृया लेख्नुहोस्:
- गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु
- दिल्लीद्वारा सन्दीप लामिछानेलाई फुकुवा, अब अन्य टोलीबाट खेल्ने बाटो खुल्यो
- निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, ६ वटा केन्द्र थप
- तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च
- फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल