Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

खानेपानी गुणस्तरमा सुधार गर्नुपर्ने अनुगमन प्रतिवेदन उच्च अदालतमा

बागलुङ । जिल्ला जलस्रोत समितिले बागलुङ बजारमा वितरण गरेको खानेपानीको गुणस्तर सुधार गर्नुपर्ने सुझावसहित अध्ययन अनुगमन प्रतिवेदन उच्च अदालतमा बुझाएको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा खानेपानीमा क्लोरिनको मात्रा बढी भएको, सरसफाई नपुगेको र मानव स्वास्थ्यप्रति गम्भीर नभएकोले आवश्यक सुझावसहित अदालतलाई लिखित जवाफ दिएको हो ।

दुई साताअघि उच्च अदालत पोखराको बागलुङ इजलासले जलश्रोत समिति र समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीका नाममा १० दिनभित्र अनुगमन प्रतिवेदन पेश गर्न आदेश दिएको थियो । खानेपानीको समस्या बढेको, हिलाम्मे पानी पाइपलाइनमा पठाइएको र लामो समयसम्म पानी विरतण नहुँदा स्थानीय बासिन्दाले टाढासम्म पुगेर पानी खेप्न बाध्य भएपछि अधिवक्ता रमेशबहादुर खड्काले नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाविरुद्ध रिट दायर गरेका थिए । उनले रिटमा संस्थासहित जलश्रोत समिति, अध्यक्ष प्रअिज, बागलुङ नगरपालिका र नगरप्रमुखलाई विपक्षी बताएका थिए ।

समितिले पेश गरेको प्रतिवेदनमा नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा प्राविधिक कर्मचारी नभएको, भएका अन्य कर्मचारी पनि दक्ष नभएकोले खानेपानीको संवेदनशिलता, खानेपानीको प्राविधिक तथा विशिष्ट अवस्थाबारे उपभोक्तालाई दिन नसकेको उल्लेख छ । स्वास्थय कार्यालयमार्फत गरिएको परीक्षणको क्रममा पनि अत्याधिक क्लोरिन भेटिएको थियो । साथै सोझै खोलाको पानी ल्याएर पाइपलाइनमा पठाइएको भनेपनि अनुगमनको क्रममा भने नदेखिएको बताइएको छ । केही समयअघि नालीको पानी सोझै वितरण गरेका भिडियो सार्वजनिकसमेत भएका थिए । रात्माटामा रहेको फिल्टर ट्यांकी तथा अन्य ट्यांकी सफा नगरिएकोले प्रदुषित पानी वितरण भएकोपनि अनुगमन टोलीले भेटाएको हो । प्रजिअ सुरेश न्यौपानेसहित सरोकारवाला र पत्रकारसमेतले अनुगमन गरेपछि उक्त प्रतिवेदन बनाइएको थियो ।

मर्मत र निर्माणका क्रममा गुणस्तर प्रमाणचिन्ह प्राप्त उपकरण प्रयोगमा ध्यान दिनुपर्ने पनि सुझाव दिइएको छ । साथै नियमित सफाइमा ध्यान दिन पनि भनिएको छ । स्लो स्याण्ड फिल्टरपछिको डिसइनफेक्सन च्याम्बरमा दैनिक पानी वितरण गर्नु आधा घण्टाअघि क्लोरिनेसन गर्नुपर्ने, म्याद नगुज्रेका पाउडर प्रयोग गर्नुपर्ने, दैनिक अनुगमन र नियमित प्रयोगशाला नियमित संचालन गर्नुपर्ने सुझाव दिइएको छ । प्रयोगशाला भएर पनि कर्मचारी भने नभएको भेटिएको प्रतिवेदनमा उल्लेख छ । वैकल्पिक मुहानलाई स्थायी बनाउनुपर्ने तथा मध्यपहाडी लोकमार्गले क्षतविक्षत बनाएको तथा तत्काल सार्नुपर्ने स्थानको पाइपलाइनको बिकल्प खोज्नुपर्ने सुझाव पनि दिइएको हो । बागलुङ बजारमा रेशखोला, भुँदीखोला र रिठेखोलाको पानी ल्याइएको छ ।वर्षात्को कारण खसेको पहिरोले खानेपानीको १७ स्थानमा पाइपलाइन बगाएको थियो । यसअघि संस्थाले भने शुद्ध पानी खुवाउने प्रयास भैरहेको प्रतिवेदन बुझाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies