Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पहिरोले पुरिएर जुम्लामा दुई महिने शिशुसहित १० जनाको मृत्यु

जुम्ला । जुम्ला र कालिकोटको सीमाबजार नाग्ममा पहिरोले चार घर पुरिँदा दुई महिने शिशुसहित १० जनाको मृत्यु भएको छ । पहिरोमा परी एकजना गम्भीर घाइते भएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - आइतबार बिहान खसेको पहिरोले जुम्लाको तिला गुफा नगरपालिका– १ नाग्म बजारका चार घर पुरिएका हुन् । पूर्णा शाहीको घर पुरिँदा उनको परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, जुम्लाका डिएसपी लालबहादुर धामीका अनुसार पूर्णाका पति ४० वर्षीय प्रयाक, छोराछोरी आठ वर्षीया हिमा, पाँच वर्षीय नीराजन र दुईमहिने अब्बलको ज्यान गएको छ ।

त्यस्तै, पहिरोले घर पुरिँदा ३५ वर्षीय मनवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाईं, उनकी पत्नी २५ वर्षीया छोड्नु दमाईं, छोरा १० वर्षीय गजेन्द्र दमाईंको मृत्यु भएको डिएसपी धामीले बताए । पहिरोमा पुरिएर सुर्खेतको भेरी नगरपालिकाकी ४५ वर्षीया आइती खड्का र उमेर नखुलेका अमृत थापाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी ४० वर्षीया पूर्णा र १३ वर्षीय अर्जुन हमाल घाइते भएका छन् । पूर्णा गम्भीर घाइते भएकी छिन् । उनलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले पहिरोबाट उद्धार गरेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकी उनको अवस्था खतरामुक्त रहेको डिएसपी धामीले बताए । अर्का घाइते अर्जुन भने डिस्चार्ज भएका छन् ।

पहिरोले पूर्णा, मुनवीर कटुवाल, लाल नेपाली र वीर परियारको घर पुरिएको हो । पहिरो पन्छाउने काम भइरहेको डिएसपी धामीले बताए । ‘पहिरोमा चारै परिवारका सदस्य पुरिएका छन् । १० जनाको शव भेटिएको छ, अन्यको खोजी भइरहेको छ । तर, कति पुरिएका छन् भन्ने यकिन छैन,’ डिएसपी धामीले भने ।

उनीहरूको खोजीका लागि पहिरो पन्छाउने काम जारी रहेको छ । नाग्म बजारमाथिको खेतमा पानी छोडिएको थियो । जसले गर्दा भिरालो जमिन भासिँदा पहिरो गएको प्रहरीले जनाएको छ । यो क्षेत्रमा सञ्चार सुविधा नभएकाले उद्धारका लागि सुरक्षाकर्मीको टोली पुग्न समय लागेको थियो ।

बेपत्ताको खोजीमा जुम्ला र कालिकोटका सुरक्षाकर्मी परिचालन गरिएका छन् । जुम्लासँगै कालिकोटबाट पनि सुरक्षाकर्मीको टोली उद्धारका लागि खटिएको कालिकोटका डिएसपी श्याम ओलियाले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies